असोज मै प्रदेश प्रमुख र अस्थायी राजधानी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, ०७ असोज । विभिन्न प्रदेशका राजधानीहरु स्थापना गर्ने बारेमा अरु प्रदेश झैं ७ नं. प्रदेशमा दार्चुला, बैतडी, बmझाङ, अछाम लगाएका ९ वटै जिल्लाका जनताहरुले भौगोलिक समानताका आधारमा र ४ हजार फिट भन्दा माथि ठूलो मैदान क्षेत्र रहेको ठूला ठूला जहाज समेत बस्न सक्ने बैतडी र बझाङको बोर्डर वित्थडमा राख्नुपर्ने सुझाव दिएका छन् त्यो सुझाव आजको मात्र होइन २०३७ सालमा पाँचौ विकास क्षेत्रको सदरमुकाम कहाँ राख्नु उपयुक्त हुन्छ भनी राजा वीरेन्द्र बाट पाटन क्याम्पमा नेताहरु संग सल्लाह माग्दा बैतडी डडेल्धुरा लगायतका जिल्ला सभापतिहरुले तीन ठाउँ पाटन क्याम्पमा राजा लाई बुझाएका थिए ।

ती ठाउँ हुन् दिपायल, पाटन तथा भौगोलिक हिसाबले सबैलाई बराबर पर्ने स्थान वित्थड । तर त्यसबेला वित्थड अति दुर्गम क्षेत्रको कारण हुन सकेन । आज बझाङ जाने सडक वित्थड कै किनारा बाट गएको छ । त्यसकारण वित्थडमा पहिले भन्दा केही हदसम्म विकास भएको छ ।

मंसिरमा चुनाव तोकिएका देशभरका सातै प्रदेशको प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने काम असोज महिनाभित्र गर्ने र त्यसमा राजनीतिक सहमति गरेर निर्णय गरिने गृहमन्त्रीले बताएका छन् । राजनीतिक सहमतिका लागि दलका शीर्ष नेताहरुलाई भनि सकिएको र प्रमुख विपक्षी दल नेकपा एमालेलाई पनि समावेश गरेर निर्णय गरिने गृहमन्त्री जनार्दन शर्माले बताए ।

हाल तोकिने राजधानीहरु अस्थायी हुने र निर्वा्चित प्रदेश सभाले त्यसको अन्तिम टुङगो लगाउने पनि उनले बताए ।

संघीय संरचना अनुसार प्रत्येक प्रदेशमा सरकारको प्रतिनिधिका रुपमा प्रदेश प्रमुख रहने र उसले प्रदेश सरकारको गठन प्रकृया अघि बढाउने जिम्मेवारी संविधानमा तोकिएको छ ।

प्रदेशको निर्वाचनको प्रकृया शुरु भइसकेकाले मन्त्रिपरिषदले दिएको जिम्मेवारी अनुरुप प्रदेश प्रमुख र राजधानी तोक्ने प्रकृया अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

यसरी नियुक्त हुने प्रदेश प्रमुख राजनीतिक नियुक्तिको हुने भएकाले यसै महिनाभित्र दलहरुको सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरुलाई भनिएको गृहमन्त्री जनार्दन शर्माले बताए ।

उनले भने, ‘छलफल र सहमतिबाट एउटा धारणा बनाएर प्रस्ताव पेश गर्नुपर्ने भएको हुनाले शीर्ष नेताहरुलाई समय सीमा सहित यो कुरा भनिएको छ र असोज महिना भित्रै यो विषयलाई हामी टुङग्याइ सक्छौं ।’

विगतमा जुनसुकै दलको सरकार हुँदा पनि संवैधानिक पदहरुमा नियुक्ति गरिँदा प्रमुख दलहरुलाई समेट्ने गरिएको प्रचलनलाई निरन्तरता दिने गरी प्रदेश प्रमुख नियुक्तिमा प्रमुख विपक्षी दल नेकपा एमालेलाई पनि समावेश गर्ने योजना रहेको उनले बताए ।

योग्यता पुगेका सम्भावित व्यक्तिहरुका बारेमा पनि अध्ययन शुरु गरिसकिएको बताइएको छ ।

उनले भने,‘कतिपय राजधानीहरु सर्वसम्मत नै छन्, सिफारिस गर्न र निर्णय गर्न मात्रै बाँकी हो । फरक फरक दावी भएका ठाँउका हकमा पछि प्रदेश सभाले निर्णय गर्ने गरी काम संचालन गर्न सहज हुने ठाउँलाई तत्कालका लागि हामी तोक्छौं ।’

मंसिरको १० र २१ गते प्रदेशको निर्वाचन भएर प्रदेशसभा सदस्यहरु निर्वा्चित भइ आउने बेलासम्म प्रदेश विधायिकाको बैठक बस्ने भवन, मन्त्रालयको स्थापनादेखि त्यहाँका मन्त्री निवास सम्मको सबै तयारी गर्नुपर्ने चुनौती सरकार सामु रहेको छ ।

त्यसका लागि राजधानी तय हुनु र प्रदेश प्रमुख नियुक्ति चाँडै भइसक्नु अनिवार्य मानिएको छ ।

प्रदेश प्रमुख कसलाई बनाउने भन्ने कुरामा जनताको चासो छैन । पार्टीहरुले जसलाई बनाएपनि राम्रो मान्छे बनाउनुपर्छ तर जनताको धारणा प्रदेशको राजधानीको हकमा २०३७ देखि हालसम्म वित्थडलाई नै रोजेको पाइन्छ । हुनत जनताका इच्छाअनुसार कुनै पनि काम कुरा भएको हामी पाउँदैनौं । जनतालाई आज सम्म भोट माग्ने काम बाहेक सोधेकै छैन । अरु त छोडौं राजा हटाउन समेत हटाई देशलाई धर्म निरपेक्ष घोषित गरेको छ तर जनताका माग यथावत रहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *