प्रहरी हाम्रो टोलमा अभियान सुरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


बैतडी, ०६ असोज । गृहमन्त्री जनार्दन शर्माको ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र अन्तरगत ‘प्रहरी हाम्रो टोल’मा अभियान देशभरी शुक्रबारबाट सुरु भएको छ । विभिन्न जिल्लाहरुमा विभिन्न औपचारीक कार्यक्रमका बिच उद्घाटन सो अभियानको थालनी
गरिएको हो ।

‘शान्ति सुरक्षा र सुशासन, जनमैत्रि प्रहरी प्रशासन’ भन्ने मुल नाराका साथ बैतडी जिल्लामा पनि प्रहरी हाम्रो टोलमा कार्यक्रम सुरु भएको छ ।

नागरिक र प्रहरी बिचको सम्बन्ध बलियो बनाई समाजमा हुने आपराधिक घटना न्यूनिकरण गर्नुका सथै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालय को आयोजनामा प्रहरी, नागरिक समाज, वालवालिका, महिला, जेष्ट नागरिक एवं सम्पुर्ण सरोकारवालाहरुको उपस्थितिमा बैतडीमा पनि प्रहरी हाम्रो टोलमा कार्यक्रम सुरु भएको छ ।

जिल्लाको गोठलापनी बाजारबाट निकालिएको बृहत र्यालीले जिल्ला समुन्वय समितीको हलमा औपचारिक उद्घाटन गरेको थियो ।

नागरिक र प्रहरी बिचको सम्बन्धि सुमधुर बनाई समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी हेरम्ब शर्माले बताए ।

हामी बर्दि लगाएका प्रहरी हौँ समाजमा बस्ने सबै नागरिक बिना बर्दीका प्रहरी हुन् अब हामिले संगै मिलेर समाजमा शान्ति सुव्यवस्था कायम गर्नु पर्छ उनले भने ।

कार्यक्रममा उपस्थित प्रधानन्यायाशिस धुर्बकुमार शाह, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, विभिन्न स्थानीय निकायका जनप्रतिनिधि, बाल क्लबका अध्यक्ष, नागरिक समाज लगायत सरोकारवालाहरुले प्रहरी हाम्रो टोलमा कार्यक्रम एकदमै प्रभावकारी हुने विश्वास गरेका छन् ।

त्यस्तै दार्चुला जिल्लामा पनि सरोकारवाला निकाय र नागरिकको सहभागितामा मौन ¥यालीको आयोजना पश्चात एक औपचारीक अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरी उक्त अभियान सुरु भएको हो ।

गुण्डागर्दीको नियन्त्रण, महिला हिंसा र दुव्र्यवहारको अन्त्य न्यूनीकरण, तस्करी, ठगी, लुटपाट लागुऔषध तथा यसका कारोवारहरुको नजिकवाट निगरानी तथा नियन्त्रण गर्ने, घटनाहरू घट्नुपूर्व सावधानी अपनाउन् सहयोग पुर्याउने, अपराध अनुसन्धानमा प्रभावकारी सहयोग पुरयाउने, टोलसुधार र सुरक्षा एवं सामाजिक संगठन क्लवहरूलाई शान्तिसुरक्षा कार्यमा प्रत्यक्ष सहभागी वनाई आपसी सहयोग तथा प्रहरीसंग भाईचाराको सम्वन्ध विस्तार गर्ने, सामाजिक सदभाव र सह अस्तित्वको भावना विकास गर्ने, समाजमा भैरहेका आवान्छित गतिविधीहरुको निगरानी गर्ने कार्यमा जनतालाई जागरुक बनाउने, नागरिकको जनसांख्यिक अभिलेखमा पहुँच बृद्धि गर्ने, स्थानीय सरकारको काम कारवाहीमा सहयोगीकोे भूमिका निर्वाह गर्ने लगायत क्षेत्रमा अभियान सञ्चालन गरेर सफलता प्राप्त गर्ने उदेश्य लिइएको दार्चुला जिल्ला प्रहरी प्रमुख डिएसपी जनक बहादुर साहीले जानकारी दिनुभयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *