जंगली पशुतुल्य छन् नेताहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेताहरुको निर्देशनमा जनताका मत च्यातिन्छन् भने के त्यो हर्कत प्रजातन्त्र लोकतन्त्रको हो ? आज नेपालको प्रदेश नं. २ को स्थानिय निर्वाचन सम्पन्न भएको छ । मतगणना स्थलमा दुई हाते दुई खुट्टे जंगली पशुतुल्यहरुबाट मतच्यात्ने नष्ट गर्ने हर्कत गर्छन् कि भन्ने भुक्तभोगी निर्वाचन आयोगले मतगणना स्थलमा ग्याविन तारजालीको पक्की बार राखी मतगणना भई रहेको छ । त्यस्ता कार्य मानव समाजकै लागि घृणाको विषय होइन कसले भन्न सक्छ ।

वर्तमानको समय युगमा विश्वभरी यस्तो हर्कत कतै भएको छैन । मूर्ख र दृष्ट नेतृत्वबाट अझै जनता अज्ञात रहेका छन् । बल्छीमा चरा राखी माछा लोभ्याएझैं जनतालाई नेताहरु लोभ्याइ रहेका छन् । के को लागि हुन् भन्ने अनुसन्धान विज्ञहरुले गरी सार्वजनिक गर्नुपर्दछ । यो देश हात उठाएर राजा हटाउने मात्र होइन हात उठाएर हिन्दु राष्ट्र हटाउने देशका नेता के नेता कहाँबाट परिचालित भएका छन् प्रष्ट हुनु जरुरी छ । विभागिय प्रमुख द्वारा भ्रष्टाचार गराई सुविधा लिन खोज्नेहरुको नेतृत्वमा रहेको यो देशको खातिर विदेशिएका युवाहरुले नजुर्मुराए देश रहलाकी नरहला कुनै ग्यारेन्टी छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *