मातृ भाषा जीवित रहनुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

म जन्मेका गाउँको बोली भाषा अमर रहनु पर्छ भन्नेमा म पनि छु । त्यो हरेक स्थान, गाउँ, गर्खा, इलाकाको पहिचान हो । हाम्रो सु.प.को लागि डोटी राज्यको डोटेली भाषा, कुमाउको कुमौनी भाषा तथा गडवालको गडवाली भाषा विशाल नेपालका निशानी हुन् तर यी क्षेत्रिय भाषामा सरकारी कामकाज गर्न छुट्टै विद्यालय खोली पठनपाठन गर्न मिल्दैन । नेपाल सानो देश, गाउँ गाउँका भाषाका न विद्यालय खोल्न सकिन्छ न सरकारी कामकाजको भाषा बन्न सक्छ न बनाउन नै मिल्छ । बोलीचाली क्षेत्रिय पहिचान गराउनको लागि एकदम उत्तम ठान्दछौं । देशमा नेपाली भाषा बाहेक अरु भाषालाई सम्बद्र्धन गर्नु भनेको नेपाली भाषालाई हतोत्साह गराउनु जस्तै भएकोले देशभरका सारा जनतालाई नेपाली भाषामा पोख्त बनाउनु अति उत्तम छ ।

एक राष्ट्र एक भाषा हुनुपर्छ । भारत सितको तुलना गर्नु उपयुक्त छैन । भारतमा परापूर्व कालदेखि धेरै ठूलाठूला राष्ट्र थिए । आत्मबल नभएका त्यस कारण ब्रिटिसले कब्जा ग¥यो, एकिकरण गरी विशाल भारत बनायो । त्यहाँ कुनै पनि हालतले एक भाषा रहन नसक्ने हुदा प्रान्तिय भाषा (पुरानो देशको भाषा) कायम गरी थप अंग्रेजी र हिन्दीलाई सरकारी कामकाजको भाषा बनाएको छ तर नेपालमा संभव छैन । यहाँ एकतामा अनेकता उत्पन्न गर्ने खतरा मात्र रहेको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *