सुनका लागि आफ्नै साथीको हत्या

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

प्रदर्शनकारी आक्रोशित, हल्दुखालमा प्रशासनको कफ्र्यु


महेन्द्रनगर, ३१ भाद्र । चार दिनअघि स्कुलबाटै हराएका कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालका १३ वर्षीय बालक तिलक चन्द बुधबार राति हत्या गरिएको अवस्थामा फेला परेका छन् ।

स्थानीय महाकाली जनसेवा माविमा कक्षा ८ मा अध्ययनरत चन्द गत आइतबार विद्यालयबाटै हराएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चन्दको हत्या गरिएको अवस्थामा शव फेला परेको बताउनुभयो ।

उहाँका अनुसार चन्दको शव हल्दुखालकै स्थानीय खोलाको छेउमा फालिएको अवस्थामा भेटिएको हो । विद्यालयको टिफिन टाइममा हराएका चन्दलाई सोही दिनदेखि प्रहरी, विद्यालय प्रशासन र स्थानीयले खोजी गरिरहेका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ७मा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मृतक कै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारै जनालाई हिरासतमा राखी अनुसन्धान शुरु गरी सकेको छ ।

पक्राउ परेकाहरुको प्रारम्भिक बयानका क्रममा मृतकको कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि बालकको हत्या भएको बयान दिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताउनु भएको छ ।

चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए । विद्यालयबाटै बेपत्ता भएका विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि बुधबार राति करिब ८ बजे तिर प्रहरीलाई खबर गरेका थिए ।

आक्रोशित स्थानीयवासी तथा मृतकका आफन्तहरुले हत्याको विरोधमा प्रदर्शन समेत गरेका छन् । विरोध प्रदर्शनका क्रममा प्रहरी र स्थानीयवासी बीच झडप हुँदा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्दले जानकारी दिनुभयो ।

चन्दको हत्यामा संलग्न रहेको आशंकामा उनकै साथी आशिष अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । अधिकारीले चन्दको हत्या गरेको
प्रहरी समक्ष स्वीकार गरेका छन् । हत्यामा संलग्न अधिकारीको घरमा स्थानीयवासीले तोडफोड गरेका छन् भने उनीहरुले अधिकारीको गोठमा आगजनी समेत गरेका छन् ।

कञ्चनपुरको हल्दुखाल क्षेत्र अहिले तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले शुक्रबार राति साँझ ८ बजे सम्मका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *