स्वदेशी फिर्तिको माग संयुक्त राष्ट्र संघमा उठाइदिन अपिल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


काठमाण्डौं, ३१ भाद्र । नेपालका नेताहरुलाई २०४६÷४७ को आन्दोलनको लगत्तै नेपालमा प्रजातन्त्र आयो त्यसै सिलसिलामा प्रजातन्त्रवादी जनताहरुलाई पनि हामी साथ दिन्छौं हामीले नेपालको राजालाई झुकाई प्रजातन्त्र ल्याई सक्यौं तपाईको त्यहाँ पनि आन्दोलन गर्दैजानुस् त्यहाँ पनि प्रजातन्त्र ल्याउँछौं भन्ने वाक्यहरु अझै कानमा गुन्जीरहेका छन् । तर नेपालमा ल्याएको प्रजातन्त्र गई पनि सक्यो ।

भुटानमा प्रजातन्त्र आउनुको सट्टा त्यहाँका जनतालाई देश निकाला गरियो । देश निकाला गरिएका जनतालाई नेपालको सरकारले शरणार्थीको दर्जा दिएर अन्तराष्ट्रिय दर्जा दिएर नेपालमा बसालि राखेको थियो । अन्त अन्त तिर खसी बोकाहरु निरोगी र रोगी छानेझैं काम गर्न सक्ने खालका तन्दुरुस्त युवाहरुलाई शरणार्थी स्थानान्तरणको नाममा जुन देशले हप्सीहरुलाई परापूर्व कालमा खरीद गरेर लैजान्थ्यो त्यसले भुटानी शरणार्थीलाई बाधा मजदुर सरह आफ्नो देशमा लगेर गएको घटना लुकाएर लुक्न सक्तैन ।

भुटानी शरणार्थीले आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार ज्ञापनपत्र पठाएका छन् ।

अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जान लाग्नुभएका प्रधानमन्त्री देउवालाई भुटानीको संस्थाले अपिल पठाउँदै त्यस्तो माग दोहो¥याएका हुन् । भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका प्रवक्ता सन्तवीर घलेले अमेरिकाको राजधानी न्युयोर्कमा हुन लागेको ७२ औँ महासभा बैठकमा नेपालमा शरणागत जीवन बिताइरहेका भुटानीको समस्यालाई गम्भीर ढंगले उठाइदिन आग्रह गरिएको बताउनुभयो ।

विज्ञप्तिमा भनिएको छ, ‘झापा र मोरङका दुई वटा शिविरमा आश्रित भुटानी शरणार्थीलाई स–सम्मान स्वदेश फिर्तीको मुद्दा सशक्त बनाउन पनि अब यो मुद्दालाई राष्ट्र संघमा उठाइदिन जरुरी छ ।’

लामो समयदेखि भुटानी शरणार्थीको स्वदेश फिर्तीको कुरा ओझेलमा परेको स्मरण गराउँदै संस्थाले महासभाको बैठकले सो मागलाई मुख्य कार्यसूचीका रुपमा उठाइदिन प्रधानमन्त्री देउवासँग माग गरेको प्रवक्ता घले द्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

उहाँले भन्नुभयो, ‘भुटान सरकारलाई दबाब दिनका लागि महासभाको बैठक अत्यन्त अनुकूल छ, यसबाट शरणार्थी आशावादी रहेका छन् । हामीले वर्षौंदेखि स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै आएका छौँ, हाम्रो समस्या महासभामा उठाइए अन्तर्रा्ष्ट्रिय मुद्दा बन्ने छ ।’

यदि संयुक्त राष्ट्र संघले निष्पक्ष छानविन गर्छ र ऊसंग फिर्ता गर्ने ताकत छ भने बाँकी रहेका भुटानी शरणार्थीको मागलाई पुरा गराउन तर्फ नेपालको प्रमुख दायित्व रही आएको छ । भुटानीहरुको यो अधिकार समेत रहेको छ कि स–सम्मान पूर्वक आफ्नो देश फर्किने र यो कुराको प्रत्याभुतीको जिम्मेवारी नेपालको समेत रहेको छ किनभने उनीहरु शरणार्थीको रुपमा नेपालमा रहेका छन् यसमा नेपालीहरुको समेत जोड रहेको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *