शैक्षिक सांगितिक तालिम सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जिल्ला शिक्षा अधिकारी दुर्गादत्त विष्ट कार्यक्रमलाई सम्बोधन गर्नु हुदै ।

महेन्द्रनगर, ३१ भाद्र । ब्रिटिस काउन्सिल (British council) द्वारा प्रदान, शैक्षिक जनशक्ति बिकास केन्द्र शैक्षिक तालिम केन्द्र महेन्द्रनगर कञ्चनपुरको आयोजनामा यही भाद्र २६ गते देखि संचालिन भएको थियो ।

उक्त शैक्षिक सांगितिक कार्यक्रमको समापन भाद्र ३१ गते एक समारोहका बीच सम्पन्न भएको कुरा सहभागी शिक्षक लक्ष्मी प्रसाद भट्टले बताउनु भएको छ । सो कार्यक्रमको संचालन तालिम केन्द्रका मदनराज जोशीले गर्नु भएको थियो ।

जिल्ला शिक्षा अधिकारी दुर्गादत्त बिष्टको अध्यक्षतामा सम्पन्न सो समापन कार्यक्रममा सहभागीका तर्फबाट हर्का बोहरा र तारणी न्यौपाने ले तालिमको प्रभावकरिताको बारेमा प्रकाश पार्नु भएको थियो ।

सो तालिमका प्रशिक्षक अजर जंगमले तालिम दिदा जिल्ला शिक्षा कार्यालय, शैक्षिक तालिम केन्द्र र सहभागीहरूले प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा गरेको सहयोगको कदर गर्दै भन्नु भयो, ‘आफुले गरेको मेहेनतको प्रतिफल तब मात्र प्राप्त हुनेछ जब सहभागीहरुले ब्यवहारमा उतार्नु हुनेछ ।’ साथै सहभागीहरुले रुचि लिएर तालिममा भाग लिएकाले क्रियाकलाप गर्न आफुलाई सहज भएको कुरा समेत बताउनु भएको थियो ।

अध्यक्षको आसनबाट बोल्नु हुदै जिल्ला शिक्षा अधिकारी विष्टले सहभागीहरुले रुचि लिएर तालिम लिएको आफ्नो अनुभव बताउदै सिकेका कुराहरु बिद्यालयमा प्रयोग गरी अध्यापन गर्नु हुनेछ भन्दै आफ्नो नजीकको स्कूलमा समेत ट्रान्सफर गरिदिनु भएमा शैक्षिक गुणस्तरमा सुधार हुने कुरामा प्रकाश पार्नु भएको थियो ।

जम्मा २५ जना सहभागी रहेको उक्त तालिममा सहभागिताको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *