स्थानिय तहका केन्द्रमा सडक नहुदा समस्या

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, ३१ भाद्र । विगतको स्थानिय तहहरुको संरचना र प्रारुपलाई सरकारले परिवर्तन नयाँ स्थानिय तहहरुको संरचना निर्माण गरेको थियो जसले विकास निर्माणमा टेवा पुग्ने अनुमान थियो तर बैतडीका विभिन्न स्थानिय तहहरुमा यातायातको समस्या देखिएको छ ।

बैतडीका चार स्थानीय तहका केन्द्रमा सडकको पहुँच नहुँदा नागरिकलाई समस्या भएको छ । स्थानीय तहका केन्द्रमै पुग्न ५, ६ घण्टाको पैदन बाटो हिँड्नुपर्ने बाध्यता रहेको नागरिकले बताएका छन् ।

जिल्लाको सूर्नया गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केन्द्रमा सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको हो । गाउँपालिकाको केन्द्रमा पुग्न ५ घण्टा हिँड्न परीरहेको सिगास गाउँपालिकाका सुरेन्द्र साउदले बताउनुभयो ।

स्थानीय तहको केन्द्रमा पुग्ने सडक नहुनाले सेवा लिन निकै गाह्रो भइरहेको उहाँको भनाई छ । यस्तै सूर्नया गाउँपालिकाको वडा ७ र ८ का नागरिकलाई गाउँपालिकाको केन्द्रमा पुग्न असजिलो भइरहेको छ । डिलाशैनी गाउँपालिकाको केन्द्रमा पुग्न पनि निकै झण्झट हुने गरेको डिलाशैनी–९ गोकुलेश्वरका कृष्णनाथ योगीले बताउनुभयो ।

गोकुलेश्वरमा सडक पुगेको भएपनि गाउँपालिकाको केन्द्रमा पुग्न चारघण्टा उकालो हिँड्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । चार स्थानीय तहका केन्द्रमा सडकले छोएको छैन भने धेरै वडाहरुमा पनि सडकको पहुँच छैन् ।

गाउँपालिकाको केन्द्रसम्म सडक नपुगेका स्थानीय तहले सडक पु¥याउन बजेट बिनियोजन गरेको भएपनि कहिले सम्म सडक पुग्ने यकिन भएको छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *