नागरिक समाज पार्टीकरण हुन नहुने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देशका नेताहरुले नागरिकहरुको इसारामा चल्नु पर्दछ नकि राजनिति गर्ने कार्यकर्ताहरुको इसारामा । नागरिकहरु वर्तमान युगमा आफ्नो नेता छान्ने बेला एक जुट भई आ–आफ्नो मनपरेको पार्टीलाई मत दिन्छन् । किनकि बिचार हरेक ब्यक्तिको अलग अलग हुन्छ । तर मतदान गरी सके पछि सम्पूर्ण नागरिक आफ्नै ठाउ“मा फर्किन्छन् र सरकार तथा राजनितिक पार्टीहरु माथि निरिक्षण नियन्त्रण गर्दछन् तर नेपालको हकमा त्यस्तो छैन । नागरिकहरु माथि नेताहरु कै हैकम चल्दछ । यदि नागरिक समाज सक्रीय रहे भने नेता अगुवाहरुलाई दिशा निर्देश गर्नेछ ।

नागरिक समाजको कुनै सिमा हुदैन । दैनिक आवश्यक हुदै जाने फेर बदल हुने र गर्नुपर्ने काम कुराहरुको आवश्यकता अनुसार नेता अगुवाहरुलाई निर्देशन दिन सक्दछन् । नागरिक समाज बलियो भयो भने देशले नै उन्नतिको बाटो समात्नेछ । मतदान जुन सुकै पार्टी ब्यक्तिलाई गरे पनि हमेसा उनकै अण्डरमा रहनु पर्छ भन्ने जरुरी छैन किनभने नागरिक समाजका उत्पादन नागरिक समाज कै हितका लागि गरिएका हुन्छन् ।

नेता, सरकार, राजालाई समेत नागरिक समाजले नै तह लगाएका इतिहास अमर छन् । नेपालमा निर्वाचनको बेलामा मात्र नागरिकहरु भगवान हुन् भन्दै चुनाव प्रचारमा हात जोड्दै भोट माग्दै खुट्टा छुदै जाने गरेका छन् नेताहरु । तर त्यस पछि आफ्नो फाइदा हुने काम मात्र गरेको पाइन्छ । नागरिकहरुले निर्वाचित गरि सके पछि नेताको लागि सबै नागरिक समान हुनु पर्छ । तर नेताहरुको रवैया भिन्नै देखिन्छ । नागरिकहरुलाई पटीमा बिभाजन गरेर आफ्नो समर्थकलाई मात्र नागरिकको संज्ञा दिन्छन् । अन्यलाई वास्ता गरेको देखिदैन ।

देशको विकास गर्ने निकायहरु सबै छन् । सडक, कृषि, सिचाई, शिक्षा, भौतिक निर्माण कार्यालयहरु र उनिहरुले गर्ने काम बिभाजन भई सकेका छन् । कामको आधारमा बजेट बिनियोजन गरिएको हुन्छ । यति हुदा हुदै पनि सांसद कोषको रकम अलग अलग निकासा दिएको पाइन्छ । जसको संचालन सोही पार्टीका कार्यकर्ताहरुले गरिराखेका छन् । यसको अर्थ के भने बजेट बिनियोजन गर्दा सभासद् कोषको नाममा जे जति आउछ ती सबैमा आफु र कार्यकर्ता को इसारामा योजना दिने गरेको पाइन्छ । यदि सभासदहरुलाई कुनै ठाउ“को योजना नभई नहुने देखिन्छ भने सभासदकोष नभएपनि निर्देशन दिन सक्छ ।

सभासदहरुले स्थानिय निकायबाट अलग भएर सभा भवनमा मात्र गएर बस्न मिल्दैन । आफ्नो क्षेत्रमा जे–जति खराब राम्रा काम भएका छन् त्यसको मुल्याङ्न अनुगमन गर्नु नितान्त आवश्यक छ । निर्वाचित भइसकेपछि उसको लागि सम्पूर्ण जनता समान हुन्छन् । न्याय अन्याय छान्नुपर्छ र बोल्नुपर्छ । भोली अर्काे पटक मलाई मत दिने होइन यिनको अपराध लुकाउ भनेर सोच्यो भने देश भ्रष्टाचारमयी हुने हुदा त्यसपछि नागरिक समाजको आवश्यकता रहन्छ र नागरिक समाजले आफ्ना प्रतिनिधिले गरेका क्रियाकलाप माथि कडा निगरानी राखी नागरिकहरुले सर्वश्रेष्ठ र न्यायिक रुपमा रहनुपर्छ । यदि नागरिक समाज तथा मीडियाहरु पार्टीहरुका भातृ संगठनका रुपमा रहन गएभने नागरिक समाज कै उन्नति हुने देखिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *