उहिले नेपालीका शोषक नेपाली थिए आज विदेशी छन्

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी

म लगभग १५ वर्ष उमेरको थिए, सोच्दै थिए कोही मानिस दादागिरी गर्ने, गरिबहरुले खेती गर्न ठीकपारी रोपाईको तयारी गरी रहेको विउ झिक्दै गरेको दिन ठालुहरुका नजिकका मानिस आई भोली मेरो रोपाई छ गोरु समेत लिएर आउनु भन्ने निमन्त्रणा गरेर जाने, यदि गएन भने आफै आएर गोरु खोलेर लैजाने, बेठबेकारी गराउने, आफ्नो काम समयमा गर्न नपाउने जनता पनि मौन भएर बस्ने त्यो बेलाका केही सम्झनाहरु छन् । सीमित घेरा भित्र बैतडी पुर्चौडी कै कुरा गर्छु त्यहाँ कुनै स्कुल थिएनन् । मेरो जन्म २००५ सालमा भएपनि २००४ सालको ऐतिहासिक घटना मेरो मानसपटलमा भिज्न गएको छ ।

डम्बर बहादुर बम पुर्चौडी हाट कै हुन् । उनी अध्ययनको लागि आफ्नी फुपुको घर अस्कोट पिथौरागढमा गए । पिथौरागढमा नै आफ्नो इच्छा अनुसार अध्ययन मेट्रिक पास गरीसकेपछि अन्यत्र गई थप अध्ययन गर्ने इच्छा छदाछदै पिथौरागढ त्यहाँका मानिसको रोजगारी गरेर जीविका गर्ने थलोको रुपमा रहेको र घरेलु सरसामान पनि २००५ साल पूर्व टनकपुर अल्मोडा थियो भने पछि पिथौरागढ नै बन्न पुग्यो ।

बैतडी दार्चुला बझाङका धेरै मानिसहरु स्वयं पाक्य हुदा बाटोमा चिया पनि आफैले पकाएर खाने पकाउने र खाने बेला नाङ्गै लगौठीको भरमा रहने भएको अवस्थामा जुन स्कुलमा डम्बर बहादुर बम पढ्नु हुन्थ्यो त्यहाँका विद्यार्थीले उनलाई गिज्याउने हुदा युवा अवस्था रहेको कारणले सहन नसकी बैतडीको पुर्चौडीमा स्कुल खोल्न राणाहरुका हजुरमा हाजिर भई अनुरोध गर्दा ३ वर्षको कठिन परिश्रम पछि २००४ सालमा मात्र स्कुल खोल्न स्वीकृति दिएकोले उनी असाध्य खुसी भएको कुरा म स्वयं सित भनेका थिए ।

गाउँ इलाकामा स्कुल छदाछदै केही ठालु सामन्तीहरुले बमले खोलेको स्कुलमा किन पढाउने बैझाङ चैनपुर भोपुरमा बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंहले खोलेको सञ्चालन रामदत्त अवस्थीबाट गरिएको विद्यालयमा पढाउने गरेका थिए । त्यसबेला जनता यति सोझा रहेछन् कि भन्न नसकिने जब सामन्ती असामाजिक व्यक्तिहरु आफ्नो छोराको लागि सामल खाद्य सामाग्री पु¥याउन लगाउँथे त्यस बेला मैले पनि आफ्नो छोरालाई पढाउनु पर्छ भन्ने सोच राख्न सकेनन् । यस्तै प्रकारका व्यक्तिहरुबाट सोझा जनता शोषित भएका थिए ।

अचेल परिस्थिति बदलिएको छ । ५५÷६० वर्ष पूर्व हामी सुन्दथ्यौं कि दक्षिण अफ्रिकाबाट हप्सी जातिका मानिसहरुलाई अमेरिकनहरु आफ्नो देशमा लगेर कम्पनी कारखानाहरुमा खरीद विक्री गर्दथे । पछि अब्राहम लिंकन जस्ता व्यक्तिहरुको उदयले त्यो व्यवसाय बन्द
भयो । नेपालमा चाही केही थारु जातिलाई कमैयाको रुपमा मातेमा राख्न थाले । पछि उनीहरु माथि शोषण प्रक्रिया बढी चल्यो र सरकारले उनलाई मुक्ति दिलायो तर जसका उनी हलिया थिए उसबाट केही आवश्यक जग्गा खिची वितरण भने गरेनन् ।

आजको प्रजातान्त्रिक युग २०४६ पछि जसले जे गरेपनि हुने जहाँ गएपनि हुने मनपरीतन्त्रले गर्दा नेपाली नागरिक कुनै कुनै देशमा आज बाधा मजदुरको जीवनयापन गरी रहेका छन् । नेपाल सरकारले उच्च वैदेशिक मुद्राको ढुकुटी भर्न आफ्ना नागरिकहरुलाई वैदेशिक रोजगारीको नाममा दलाल मार्फत् शोषण गरेका छन् । त्यसको यथार्थ हेर्ने हो भने प्रमाणको लागि मलेसियाका जुनसुकै कारखाना कम्पनीमा गएर हेर्न बुझ्न सकिन्छ ।

नेपालीहरु माथि अत्यन्त शोषण भई रहेको छ । उनीहरुका पासपोर्ट मालिकले थुती आफै सित राखी आफ्ना कामदारहरुलाई शहर बजार तर्फ जान पनि नपाउने यदि कहिल्यै नपरेमा कम्पनी कै मानिस साथमा गई पशुतुल्य विश्वाशिलो व्यवहार गरी नेपालीहरुको धज्जी उडाएका घटनाहरु प्रत्यक्ष कामदारबाट जानकारी प्राप्त हुने गरेका छन् । त्यस्तै डि.भी. परि अमेरिका जानेहरु पनि सन्तुष्ट छैनन् । मुद्रासटहीबाट भएको नेपाली रुपैया सितको फरकले गर्दा बढी तलब देखिदा युवाहरु सकि नसकि नोकरी गरि रहेका छन् ।

कानूनी राज्य भएको अमेरिकाले केवल जिऊ धनको सुरक्षा दिई रहेपनि विरामी पर्दा उपचार गराउने हैसियत भने अझै नेपालीहरुले राख्न सकेका छैनन् । आफ्ना केटाकेटीको रेखदेखको लागि घरबाट आफ्ना आमाबुबा मध्य कसैलाई साथमा लिएका छन् भने पनि विरामी पर्दा उपचारको हैसियत नहुदा सुगरका विरामीहरुले नेपालबाट नै पटक पटक औषधी मगाई रहेका छन् । नेपालमा २ सय रुपैयाको खर्चले पुग्ने ठाउँमा त्यहाँ २ सय डलर खर्च हुने बताउँछन् डि.बि. परि अमेरिका जाने युवाहरु ।

२०४५ साल पूर्व नेपालबाट सुती कपडा गलैंचा अमेरिका पठाई विदेशी मुद्रा आर्जन गर्दथे । देशभर खासगरी काठमाण्डौं लगायतका शहरहरुमा गारमेन्ट गलैंचा उद्योगहरु प्रशस्त थिए । उद्योग कलकाराखाना थिए । कञ्चनपुर जिल्लाको बेलडाँडीमा पनि कपास खेतीको लागि जमीन थियो । बुटवल धागो कारखानाको भरमा हेटौंडा कपडा कारखाना चलेको र विभिन्न ठाउँमा युवाहरुले रोजगारी पाएका थिए । त्यो रोजगारी प्रजातन्त्र र लोकतन्त्रको आगमन संगै लोप भएर गएको सबै सामुछ । हरेक पदाधिकारीहरुको मति विग्रिएकोले नेपालमा प्रगति होला कि नहोला ठोस रुपमा भन्न सकिने अवस्था छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *