पूर्व सहायक मन्त्री लुहारको निधन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


महेन्द्रनगर, २४ भाद्र । सुदूरपश्चिमका एक मात्र आफ्नो धर्म संस्कृति, रितिरिवाज बचाइ राख्ने, स्वाभिमानी, इमानदार, कर्मठ, देशभक्त, बहुआयामिक व्यक्तित्वका धनी प्रतापराम लुहारले यो संसारबाट सधैको लागि विदा लिएका छन् तर उनका सबै कीर्तिहरु युगौयुग सम्म अमर रहने छन् ।

पूर्व विज्ञान तथा भौतिक सहायक मन्त्री प्रताप राम लोहारको ७२ वर्षको उमेरमा शुक्रबार बेलुका ५ बजे निधन भएको छ ।

उनको दुवै किड्नी फेल भई लामो समय देखि उपचारको क्रममा थिए ।

उनी सुदूरपश्चिमको दार्चुला जिल्लाको दुर्गम गाउँमा जन्मिएका थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका लुहारले राजनीति शास्त्रमा एम.ए. गरेका थिए । धेरै वर्ष पूर्वप्रधानमंत्री लोकेन्द्र बहादुर चन्दको पिए भएर काम गरे । उनी तत्कालिन गाउँ फर्क राष्ट्रिय अभियानका महाकाली अंचल सचिव समेत भएर काम गरेका थिए ।

२०४६ पछि उनी २०६७ साल सम्म कमल थापासंग पनि नजिक रहेर काम गरे । त्यही बेला शाही शासनको समयमा विज्ञान तथा भौतिक सहायक मन्त्री बनेका हुन् । पछि नेपाली काँग्रेसमा प्रवेश गरे लगतै मानार्थ केन्द्रीय सदस्य पनि भए । उनी शिक्षाप्रेमी पनि थिए । उनकै नेतृत्वमा काठमाडौं र महेन्द्रनगरमा वालगृह निर्माण भएको छ । जहाँ निर्धन, गरीब, असाहय बाल बालिकालाई निःशुल्क पढाईन्छ भने उनी फ्लोरिडा इन्टरनेशनल बोर्डिङ उच्च माध्यमिक विद्यालय र फ्लोरिडा इन्टरनेशनल कलेजका सञ्चालक रहनुका साथै महाकाली ओभरसिज पनि सञ्चालन गरेका थिए । उनले दलित समुदायको विकासको लागि काम गरेको हुदाँ भारत सरकारले डा.अम्बेडकर पुरस्कारले सम्मान गरेको थियो ।

उनका एक मात्र छोरा स्पेनमा रहेका र शनिबार आइपुगने हुनाले आइतबार विहान सानेपा स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीको लागि राखि उनको पार्थिव शरीरलाई दिउँसो पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिने भएको छ ।

मानिस ठूलो र सानो जातले हुदैन कर्मले हुन्छ भन्ने कुरा लक्ष्मी प्रसाद देवकोटाले उहिले बोलिसकेका थिए । त्यस्तै आफ्नो जातपातलाई उच्च श्रेणीमा राखेर आफ्नो जातिलाई प्रेरणा दिनु भएको छ । आशा छ उनको प्रेरणा नेपाल र नेपालीको हितमा हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *