दुई जना जिशिअ एकै जिल्लामा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धनगढी, २३ भाद्र । जिल्ला शिक्षा कार्यालय कैलालीमा दुई जिल्ला शिक्षा अधिकारी भएपछि कामकाजमा समस्या देखिएको छ ।

यस अघिका जिल्ला शिक्षा अधिकारी मानसिह विष्टको सरुवा नहुँदै गणेश बहादुर सिंह जिल्ला शिक्षा अधिकारी भएर आएपछि समस्या देखिएको हो ।

शिक्षा मन्त्रालयबाट कैलालीको जिल्ला शिक्षा अधिकारीको रवाना पत्र ल्याएर आउनु भएका सिंहले शुक्रबार मात्रै हाजिर लगाउनु भएको छ ।

अहिले कार्यरत जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले आफ्नो सरुवाको आधिकारीक जानकारी नआएको भएपनि अछाम सरुवा भएको हल्ला सुनेको बताउनुभयो ।

यस अघि सिंहको सरुवा भएका बेला पनि विष्ट र सिंहमा को जिल्ला शिक्षा अधिकारी हुने भन्दै विवाद देखिएको थियो । त्यतिबेला सिंहको क्षेत्रीय शिक्षा निर्देशनालयमा सरुवा भएपछि विष्टले जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी पाउनु भएको थियो भन्ने कुराको जानकारी प्राप्त भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *