‘बिपीको विचार आत्मसात गरे देश अघि बढ्छ’ ः डा. कोइराला

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


पोखरा, २४ भाद्र । विपि कोइराला तथा राजा महेन्द्र कुनै एक पार्टीका नभएर सम्पूर्ण नेपाली जनताका साझा नेता तथा राजा हुन् । यी दुबैका विचारहरु नेपालको हितमा छैनन् भन्न कोही सक्दैन । कुरा यत्ति हो जब विपि जवानीमा थिए त्यसबेला युवा जोस जागरण परिपक्कता नभएको कारणले मात्र भारतबाट अंग्रेज हट्ने बेलामा नेपालको भुमि समेत भारतले कब्जा गरेको विषयलाई लिएर कुनै वादविवाद भएको कुरा सबैलाई थाहा हुने गरी सार्वजनिक गरिएको छैन । बाँकी देश र जनताको प्रजातान्त्रिक लडाईको लागि विपि कोइराला उत्तर विचार बोकेर नेपाली समाजमा उभिएका व्यक्तित्व मानिन्छन् ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बिपी कोइरालाकोे विचारलाई आत्मसात गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताएका छन् ।

एक सय तीनौँ बिपी जयन्तीका अवसरमा काँग्रेस पोखरा लेखनाथ महा–नगरपालिका २६ वडा समन्वय समितिको आयोजनामा बिपी कुञ्ज उद्यानमा भएको प्रवचन कार्यक्रममा उनले २०१५ सालमा पहिलो जननिर्वा्चित प्रधानमन्त्री बिपीको प्रधानमन्त्रीत्वकाल देखि नै नेपालमा विकास निर्माणको थालनी हुन सकेको बताए ।

डा. कोइरालाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाएर बिपीको सपना पूरा गर्ने तर्फ कार्यकर्ता अग्रसर हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा बिपी चिन्तन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्री हर्ष कोइरालाले बिपीको चिन्तन र मननलाई आत्मसात् गर्न सके देशले छिट्टै विकासको फड्को मार्न सक्ने विचार व्यक्त गरे ।

वडा समन्वय समितिका सभापति कृष्ण मोहन भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, डा. तुल्सी भट्टराई, निर्मला ढुंगाना, चिनियाँ थापा लगायतले बिपीको योगदान माथि प्रकाश पारेका थिए ।

हरेक व्यक्ति इतिहास र ज्ञानका भण्डार हुन् तर हामीले उनीहरु र उनका विचारहरुलाई पढ्न अध्ययन मनन गर्न सक्नु पर्छ । ऊ व्यक्ति यो वा त्यो पार्टीका हुन् भनेर पन्छाउने कुरा आउँदैन । यदि प्रजातन्त्रको नारा विपि कोइरालाले नलगाएको भए नेपालमा प्रजातान्त्रिक अभ्यास हुन्थ्यो हुदैनथ्यो भन्न सकिदैन । त्यस्तै यस्ता यी महान पुरुषहरु राजा महेन्द्र जस्ता देशभक्तहरुको आज यस देशलाई खाँचो परेको छ । सकिन्छ भने अनायासमा जनताको क्षति नगराएरै नयाँ प्रजातान्त्रिक व्यवस्थाको सुरुवात गर्नुपर्छ । अरुलाई मारेर आफुले शासन गर्ने परिपार्टी भने एकदम नाजायज मानिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *