के नेता विनाको सु.प. भन्न मिल्छ ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


के नेता विनाको सु.प. भन्न मिल्छ ? सायद त्यो त मिल्दैन तर निरीह नेता भन्न मिल्छ । एक जमाना थियो देशमा भरखरै पूर्वपश्चिम महेन्द्र राजमार्गको सिलान्यास भएको थियो । काठमाण्डौं मेचीबाट बैतडी दार्चुला सडक पुग्न कर्यौ वर्ष लाग्ने अनुमान गरिएको थियो । राजमार्ग लगायत विभिन्न मार्गहरुको निर्माण जनश्रमदानबाट सुरु भयो ।

अन्तमा विदेशी मित्र राष्ट्रहरुलाई नेपाल प्रतिको आस्था जाग्यो । विश्व कै लगायतका हरेक अन्तराष्ट्रिय आर्थिक संघ संस्थाहरुको ऋण र अनुदान दियो । यातायात विस्तारको लागि २०३८ देखि २०४४ सम्म सबै समयको भन्दा बढी विकासमा अग्रसरता लिएको नेपालले २०४५ चैत्र १० गते देखि नेपाल भारतको व्यापार तथा पारवहन नाकाबन्दी १६ महिना भन्दा बढी रह्यो । स्थिति झण्डै नालापानीको किल्लामा गएको पिउने पानी तत्कालिन नेपालीहरुलाई मिलोमतोमा ल्याई पानीको मुहान बन्द गरेर वीर सैनिकहरुले प्यासिएर नालापानीको किल्ला छोड्नु प¥यो । त्यही झलक २०४५ सालमा देखिएको भए पनि राष्ट्रभक्त नेपाली मिलेर त्यसको सामना मित्रताले ग¥यो ।

देशका विभिन्न जिल्लाहरुमा अत्यावश्यक सामाग्री पु¥याउन र अन्य सेवा प्रदान गर्न वर्तमानको ७ नं. प्रदेश सुदूरपश्चिम क्षेत्रका प्रायः सबै जिल्लाहरुमा हवाई मैदानहरुको निर्माण भईसकेको थियो । २०३३÷३४ साल देखि चालु रहेका हवाई मैदान, महेन्द्रनगरको मझगाउ“, बैतडीको पाटन, दार्चुलाको गोकुले र बझाङको चैनपुर हवाई मैदानहरुलाई २०४६ को जनआन्दोलन र २०४७ को संविधान भित्र अटाएका नेताहरुले लगेर गएको कारणबाट जनताले जहाजको यात्रा गर्न पाएनन् बरु पैदल नै जान आउन थाले ।

अत्तरिया पाटन सम्म सडक कालोपत्रे गर्न के.डि.सी. को ठेक्का सदर भई पाटन सम्म नाली समेत बनाई सकेको अवस्थामा नाकाबन्दीको दुष्प्रभावले गर्दा ठेक्का छोड्नु प¥यो । करोडौं रुपैयाका निर्माण सामाग्री यन्त्रहरु यत्रतत्र छरिएर नष्ट भए । त्यस्तो अवस्थामा पनि सु.प.का कुनै पनि हवाई मैदानहरु बन्द भएका थिएनन् सबै चालु अवस्थामा थिए । सबैले देखेकै कुरा हो २०४७ देखि बन्द रहेका एयरपोर्टहरुका टावरहरुमा द्वन्दकालमा माओवादीहरुले आक्रमण आगजनी बम प्रहार गरी ध्वस्त पारेका पारेइ रहे । पुनः सञ्चालनमा धनगढीको हवाई मैदान बाहेक अरु कोही पनि आएनन् ।

करिब २७ वर्ष पछि बैतडीको पाटन एयरपोर्टको मात्र मर्मत सम्भार भइरहेको भएपनि मझगाउ“मा गाई गोरु चर्ने गौचरण तथा अन्य निकायले समेत अतिक्रमण गरेको छ । शुक्लाफा“टा राष्ट्रिय निकुञ्ज रहेको तथा पर्यटकीय क्षेत्र देहरादून, मनसुरी, तथा दिल्ली यहा“बाट बस द्वारा ७ घण्टाको छोटो यात्रा पारगरी महेन्द्रनगर शुक्लाफा“टा आरक्षमा घुम्न आउने भारतीय तथा विदेशी पर्यटकहरुको मुहान नै रहेको शुक्लाफा“टा राष्ट्रिय निकुञ्जबाट यी सबै आज अपरिचित रहेका छन् ।

२०४७ सालपछि उदाएका नेताहरुले पुराना नेताहरुको रिस साध्नको लागि होला भन्न नसकिए पनि काम कारवाहीबाट त्यस्तै देखिन्छ सबै हवाई मैदान बाझा बेवारिसे बनेका छन् । थप उपलब्धी केवल महाकालीमा बन्ने पक्की पुल रहेको छ त्यो पनि खास गरी भारतीय व्यापारी र उद्योगीहरुको हितको लागि भारतले प्राथमिकताको सूचीमा राखेकोले संभव भएको हो ।

आज रेल्वे लाईनहरुको विस्तार र निर्माण भई रहेको छ पूर्व तर्फबाट मात्र । सु.प.बाट पनि सुरु भएको भए विकासमा समानता आउने थियो । साथै सबैले सुविधा पाउने थिए । पूर्वका नेताहरु विकासमा जुटे भने सु.प.का नेता इतिहास मेटाउन र ठाउ“ गाउ“का नाम बदल्नमा मात्रै बहादुरी ठानी रहेका छन् । प्रमाणको लागि महेन्द्रनगरको नाम बदली भिमदत्त नामाकरण गर्नु जस्ता कार्यहरु बाहेक अरु नया“ काम हामीले देख्न पाएनौं । हवाई मैदानहरुको जिम्मा लिएको सरकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द अवस्थामा रहेका सम्पूर्ण हवाई मैदानहरुको अवस्थामा सुधार गरी व्यवस्थित बनाउनु पर्ने आजको आवश्यक रहेको छ भने यस क्षेत्रका सम्पूर्ण नेताहरुको एक स्वर समेत यस कार्यमा आवश्यक रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *