लोक कल्याणकारी शासन व्यवस्थामा प्रशासनको भुमिका

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-पृत बहादुर विष्ट

लोक कल्याणकारी शासन व्यवस्थाका लागि राम्रो कुशल प्रशासनको आवश्यकता पर्दछ । कुशल प्रशासनको अभावमा लोक कल्याणकारी राज्य स्थापना हुन सक्दैन । कुशल प्रशासन र लोक कल्याणकारिता एक सिक्काका दुई पाटा मानिन्छन् ।

संसारमा लोक कल्याणकारी राज्य व्यवस्थाले राम्रो शासन संचालन गर्ने पवित्र उद्देश्य राखेको हुन्छ । यस्तो उद्देश्य केहि मुलुकहरुले हासिल गरेका हुन्छन् भने केही मुलुकहरु चाहे जस्तो शासन संचालन गर्न असफल देखिन्छन् । लोक कल्याणकारी शासन व्यवस्थाका महत्वपूर्ण तत्वहरुले ठाउँ पाएन भने राम्रो शासन व्यवस्था संचालन हुदैन र कुशासनमा परिणत हुन जान्छ ।

प्रजातान्त्रिक मुलुकहरुमा राजनैतिक सरकार केहि समयका लागि खडा हुन्छ तर प्रशासनको महत्वपूर्ण जिम्मेवारी बोकेको कर्मचारीतन्त्र स्थायी सरकारले नै राज्य व्यवस्थामा जिम्मेवारी लिएको देखिन्छ । स्थायी सरकार कुशल भएमा मात्रै स्वच्छ प्रशासनको परिकल्पना गर्न सकिन्छ ।

स्वच्छ प्रशासन भयो भने राज्य व्यवस्था पारदर्शी हुन्छ जसलाई असल शासनको संज्ञा दिइन्छ । कानूनका दृष्टिमा सबै नागरिक समाज हुन् र जसले समान हक अधिकार स्थापित गर्ने गर्दछन् । राज्य व्यवस्थाको क्रियाकलापबाट कुनै पनि नागरिक अनविज्ञ हुनुहुदैन । छोटकरीमा भन्नुपर्दा कानून सम्मत प्रशासन संचालन भइ कानून द्वारा गरिने शासन प्रणाली नै लोक कल्याणकारिता हो र त्यो नै असल शासन हो । त्यसैले असल शासन राज्य संचालनमा पूर्ण रुपेण कानुनको परिधि भित्र संरक्षित हुनुपर्दछ ।

अस्थिर राजनीतिक वातावरण, भ्रष्टाचार असल शासन र स्वच्छ प्रशासनका बाधकतत्व मानिन्छन् । जुनसुकै शासन व्यवस्थामा पनि व्याप्त भ्रष्टाचारले स्वच्छ प्रशासनको छवि धमल्याइ दिन्छ । हाम्रो देशमा वर्तमान समयमा यहि काम भइरहेको छ ।

हाम्रो मुलुकमा चलिरहेका व्याप्त भ्रष्टाचारले सामाजिक राजनैतिक आर्थिक विकासमा अवरोध सिर्जना गरी रहेको देखिन्छ । प्राकृतिक सम्पदाबाट वैभवशाली जनता गरिबि र बेरोजगारी लगायत विभिन्न मारमा परिरहेका छन् र गरिब मुलुकको तल्लो सूचीमा देश परेको छ । निजिकरण र उदार अर्थ नीतिका नाउँमा राज्यका उद्योग कलकारखानाहरु समाप्त भएर गए । नेपालमा जन्मिने नाबालकले झण्डै २० हजारको ऋणभार खेप्नु परेको छ । यो अभिसाप हाम्रो नियति होइन केवल राजनैतिक तथा प्रशासनिक जिम्मावालहरुको गैरजिम्मेवारी र भ्रष्टाचारीकारीको प्रतिफल हो ।

असल शासन र स्वच्छ प्रशासनको अभावमा भ्रष्टाचारले बढावा पाएको देखिन्छ । प्रशासनिक क्षेत्रमा स्वच्छता शुन्य प्रायः छ । असल शासनको परिकल्पना सम्म गर्न सकेको छैन । असल शासनको मुलमन्त्र भ्रटाचारमा अंकुश लाग्नु हो तर हाम्रो देशमा भ्रष्टाचारको विगविगि दिनानुदिन बढ्दो छ ।

हाम्रो देशको परिवेशमा हेर्दा प्रशासनिक संयन्त्र कस्तो हुनुपर्छ भन्ने सवालमा कर्तव्यनिष्ठ इमानदार अनुशासित नैतिकवान स्वच्छ छविवाल जिम्मेवारी बहन गर्ने, सेवाभावी कार्यकुशल मितव्ययि आज्ञाकारी र बफादार राष्ट्र सेवकहरुको नितान्त आवश्यकता देखिन्छ । उल्लेखित गुणवान व्यक्तिहरु प्रशासनिक क्षेत्रमा कार्यरत देखिदैनन् । तल्लो तह देखि उच्च ओहदा ओगटेकाहरु राजनैतिक शक्ति केन्द्रबाट संचालित भएकाले शक्ति केन्द्र कै आदेश निर्देशनमा काम गर्दछन् । सर्वसाधारणलाई पु¥याउनु पर्ने सेवा निष्पक्ष छिटो छरितो होला भन्नु कल्पना गर्नु मात्र हो केवल लाभ हानीको हिसाबमा मात्र सेवा निर्धारण गरेको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *