३ अर्ब लगानीमा महाकालीमा पक्की पुल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १६ भाद्र । नेपाल तथा भारतको एकातिर मित्रता बढी रहेको छ भने दुबै मित्रराष्ट्रहरुले एक अर्कालाई सहयोग गर्ने क्रम पनि जारी रहेको छ । नेपालको भु–भागबाट अलगै हो कि भनि ठानिने दोधरा चाँदनी जादा भारत भएर जानु पर्ने अवस्था रहेको बेला प्रसिद्ध झोलुङ्गे पुलको निर्माण भएको थियो । अब जनसंख्या तथा कारोबारमा बृद्धि भएको कारणले गर्दा दोधरा चाँदनीलाई मिलाएर एउटै महाकाली नगरपालिकाको निर्माण भएपछि नेपाल अधिराज्यबाट समान रुपमा त्यहाँका जनताले पनि सुविधा उपभोग गर्न पाउने कुरालाई समेत ध्यानमा राखी भारत सरकार समेतको सहयोगमा महाकाली नदीमा महाकाली नगरपालिका र भिमदत्त नगरपालिका जोड्ने चार लेनको पक्की पुलको सिलान्यास भएको छ ।

कञ्चनपुरको नेपाल–भारत सीमा महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन् । शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले अब पश्चिमबाट समेत नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् । ‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ प्रधानमन्त्रीले भने, ‘यो पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्वपूर्ण विकास परियोजना हो ।’

भारतका औद्योगिक सहरसँग सिधा सम्पर्क र सुख्खा वन्दरगाह विकासका लागि यो पुल कोसेढुंगा सावित हुने भन्दै प्रधानमन्त्रीले भने, ‘लामो समयको प्रतीक्षा सकिएको छ अव सुदूरपश्चिमवाट विकास अभियान सुरु भएको छ ।’

उनले भर्खरै सम्पन्न आफ्नो भारत भ्रमणका बिषयमा ‘दुई देशबीचको सम्वन्ध निकै ठूलो उचाइमा पु¥याएको बताउँदै प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा सुदूरपश्चिममा ठूलो प्राविधिक शिक्षालय स्थापना हुने, गौरीफण्टा नाकाको स्तर उन्नती गरिने लगायतका बिषयहरुमा महत्वपूर्ण सहमति भएको पनि जानकारी दिए ।

यस पुलको निर्माणका क्रममा शिलान्यास स्थल देखि गड्डाचौकीसम्म केही जग्गा अधिग्रहण हुने भएकोले जग्गाको मूल्यांकन गरी मुआब्जा दिने योजना रहेको र ऐलानी जग्गाको उचित क्षतिपूर्ति दिने बताउनु भएको छ ।

सदरमुकाम महेन्द्रनगर देखि ५ किलो मिटर दक्षिणमा बन्न लागेको सो पुलले महाकाली पारीका गाउँ चाँदनी तथा दोधारालाई जोड्ने छ ।

आठ सय मिटर लम्बाइ रहेको उक्त पुलको ठेक्का कुमार सीएफईसी जेभीले पाएको छ । झण्डै तीन अर्बको लागतमा निर्माण हुने ४ लेनको पुलको लम्बाई ८ सय मिटरको हुने छ भने ३ वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।

यसका साथै पञ्चेश्वर परियोजनाको डिपिआर एक महिना भित्र तयार गर्ने र यस बाट प्रशस्त मात्रामा विद्युतीकरणको उपयोग गर्नुका साथै आधा पानीको प्रयोगमा ल्याउने भारत सरकारसंग सहमती भएको बताउनु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीर बहादुर बलायरले यस चार लेनको पक्की पुलको निर्माणले महाकाली पारीको दोधारा चाँदनी भूभाग जोडिएको र भिमदत्त नगरपालिकामा रहेको एयर पोर्टका साथै धनगढीमा अन्तराष्ट्रिय स्तरको हवाइ मैदान बनाउन बजेट विनियोजन भएको कुरा उल्लेख गर्नु भएको छ ।

अर्का भौतिक राज्यमन्त्री सीता गुरुङले यस चार लेनको पक्की पुलको निर्माणले ७ नं. प्रदेशको व्यापार, उद्योगको विकास भइ आर्थिक क्रान्ति ल्याउने विचार ब्यक्त गर्नु भएको थियो ।

उक्त शिलान्यास कार्यक्रममा कञ्चनपुर जिल्लाका बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, महाकाली नगरपालिका र भिमदत्त नगरपालिकाका मेयरहरुले यस क्षेत्रको समसामयिक समस्याका बारेमा प्रधानमन्त्री शेर बहादुर देउवालाई जानकारी गराएका छन ।

उक्त शिलन्यास कार्यक्रममा सुदूरपश्चिमको संस्कृति झल्काउने गौरा नाच सिद्धनाथ अमर ज्योति महिला समूहले प्रस्तुत गरेका थिए भने जागृति महिला समूहले डेउडा खेल र छलिया नृत्य समेत प्रस्तुत गरेका थिए ।

सो शिलान्यासकोपूर्व सन्ध्यामा शिवधाम क्षेत्र विकास समिति महेन्द्रनगरबाट सञ्चालित रहेको गुरुकुलका विद्यार्थीहरु द्वारा स्वस्ती वाचन पाठन गरिएको र बाचक विद्यार्थीहरुलाई समारोहबाट रु पाँच पाँच सयका दरले दक्षिण समेत दिइएको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *