आचार संहिता विकासको बाधक: मन्त्री बलायर

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


डोटी, १७ भाद्र । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिर बहादुर बलायरले निर्वाचन आयोगले आक्रमण शैलीमा आचारसंहिता लगाउदा विकासमा बाधा पुगेको आरोप लगाएका छन् ।

नेपाल प्रेस यूनियन डोटीले शनिवार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बलायरले यस्तो बताउनु भएको हो । आचार संहिताले नै यसरि दिन जाने हो भने जनताका समस्या सम्बोधन गर्ने तथा विकास निर्माणका काम गर्ने दिन कहिले आउने यो ठुलो बिडम्बना भएको मन्त्रि बलायर बताए ।

‘सरकार निर्वाचन आयोग जस्तो जिम्मेबार संबैधानिक अंगले ल्याएको आचारसंहिता मान्दैन भन्ने होईन’ मन्त्री बलायरले भने ‘कम्तीमा यसले नागरिकको जनजीवनमा पार्ने असरका बिषयमा छलफल गरिनु पथ्र्यो ।’ उनले आचारसंहिताका बिषयमा सरकार संग छलफल नभएको पनि बताए ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री बलायरले भने, प्रदेश नं ७ मा देशकै ठूला विकास निर्माणका योजनाहरु निर्माण भैरहेकाले अब समृद्धि पश्चिमबाट उदाउने कुरामा दुईमत नभएको बताएका छन् ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला डोटी पुगेका मन्त्री बलायरले महाकाली नदिमा ४ लेनको पुल निर्माणका लागि सिलन्यास भैसकेकाले यो समृद्धिको पहिलो ढोका भएको बताए । त्यसैगरी कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दगाह बनाउनका लागि समेत भारत संग सम्झौता भएको पनि मन्त्री बलायरले बताए । उनले भने,भारतको कलकत्ता बन्दगाहबाट सिधै दोधरा चादनीमा निर्माण गरिने बन्दरगाहमा भित्राउन सकिन्छ ।

त्यसैगरी कैलालीको धनगढी सिमावर्ती बजार जोड्ने गौरीफन्टा नाकाको स्तर उन्नती गर्नका लागि समेत भारत संग सम्झौता भएको पनि मन्त्री बलायरले बताए । कैलालीको धनगढी बिमानस्थललाई देशकै दोश्रो अन्तराष्ट्रिय बिमानस्थल बनाउनका लागि प्रकृया थालिएको पनि मन्त्री बलायरले खुलासा गरे । यसका लागि मात्रै २० करोड रुपिया आवश्यक पर्ने छ यसमा प्रधानमन्त्री पनि गम्भीर छन् । चाडै काम सुरु हुन्छ ।

त्यसैगरी नेपाल र तिब्बत जोड्ने (बझाङ्ग– ताक्लाकोट)सडक तिन बर्ष भित्र निर्माण गरिसक्ने गरि काम अगाडी बढाईएको बलायरले बताए । मन्त्री बलायरले सडक निर्माणका लागि टेन्डर प्रकृया थालिसकेको बताएका छन् ।

नेपालबाट चिन जोड्ने यो सबैभन्दा छोटो मार्ग बन्ने छ भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री बिर बहादुर बलायरले भने, त्यसका लागि बझाङ्गको चैनपुर देखि धुली ताक्लाकोट सडक निर्माणको टेन्डर भैसकेको छ । यो सडकको दुरी धनगढीबाट तिब्बतको ताक्लाकोट सम्म ३ सय किलोमिटर मात्रै हुने पनि मन्त्री बलायरले बताए । हिमपातका कारण सडक अबरुद्ध नहोस भन्ने उदेश्यले ताक्लाकोट सडक ३ किलोमिटर सुरुङ्ग मार्ग बन्ने बलायरले बताए । यो सडक निर्माणका लागि बझाङ्गको चैनपुरमा परियोजना कार्यालय समेत स्थापना भैसकेको छ ।

यो सडक निर्माण भए प्रदेश नं ७ दुई छिमेकी देशलाई जोड्ने ट्रान्जीट प्वाईन्ट बन्ने पनि मन्त्री बलायरले बताए । त्यसैगरी डोटी जिल्लामा मात्रै २९ वटा पुल निर्माणको प्रकृया लगायत यहाका पर्यटकिय सम्भावना बोगेका योजनाहरुको समेत काम अगाडी बढाईएको पनि मन्त्री बलायले बताए भन्ने समाचारहरु विभिन्न समाचार माध्यमहरुबाट प्रकाशित भएका छन् ।

सरकार र निर्वाचन आयोगको साझा कार्यक्रम रहेकोले सभासदहरु, सरकार र निर्वाचन आयोग विचको छलफलबाट आचारसंहिताको निर्माण गरी राष्ट्रिय गौरवका प्राथमिकता भित्र परेका योजनाहरु देखि लिएर ग्रामिण योजना सम्मका विकास निर्माणका काम गर्दा, कर्मचारी सरुवा बढुवा वा नियुक्त गर्दा अथवा नियमित प्रक्रिया भित्र परेका तथा गतविगत देखि क्रमाङ्गत रहेका कामकारवाहीहरु मध्ये कसलाई निर्वाचनको अवधिभर स्थगित गर्ने कसलाई नगर्ने भन्ने कुराको यकिन सर्वप्रथम हुनुपर्ने र त्यसपछि दुबैको ठहराईमा र नेपालका राजनीतिक पार्टीहरुको समझदारीमा समेत रही कुन कामलाई कति हद सम्म के को लागि किन रोक्ने, रोकेमा के प्रभाव पर्छ र नरोकेमा के हुन्छ त्यस कुराको समेत विस्तृत छलफल गरेर मात्र आचारसंहिताको निर्माण हुनुपर्ने हो तर यहाँ त्यस्तो देखिएन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *