सुदूरपश्चिम विकासमा कायापलट हुने प्रमको उद्घोष

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


महेन्द्रनगर, १७ भाद्र । कुनै समयमा पनि स्वतन्त्र अस्तित्व राखी स्वाभिमानका साथ बाचिरहेको नेपालले २०४७ साल देखि के–कस्तो रुप लिन आटेको हो खासै भन्न नसकिएपनि हर कोही प्रधानमन्त्री पद धारण गर्नासाथ दिल्ली दरबारमा हाजिर लगाउन पुग्नु दुर्भाग्यपूर्ण रहेको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी १० वर्ष भित्र सुदूरपश्चिमको विकाशमा कायापलट हुने दाबी गर्नुभएको छ । केही दिन अगाडी भएको आफ्नो ५ दिने राजकीय भारत भ्रमण सुदूरपश्चिमका लागि बढी उपलब्धिमुलक भएको उहाँले बताउनु भयो ।

भिमदत्त नगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने महाकाली नदिमा ४ लेनको आठ सय मिटर लामो पुलको शिलान्यास गर्न कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री देउवाले शुक्रबार विहान नेपाल प्रेश युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अब ७ नम्बर प्रदेशको विकाशको ढोका खुलेको उद्घोष गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह, डडेल्धुरा, बैतडी र दार्चुलाबाट भारत संग जोड्ने महाकाली नदीमा पक्की पुलहरु र तटबन्ध निर्माण, पञ्चेश्वर परियोजनाको गतिलाई तीब्रता एवं कैलालीमा सुदूरपश्चिम कै महत्वपूर्ण आवश्यकताका रुपमा लिइएको प्राविधिक शिक्षालय स्थापना लगायतका विषयमा भारत सरकारसंग गहन छलफल भएको बताउनु भयो ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ संबिधानको सफल कार्यान्वयनका लागि आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन तोकिएको समय सीमा भित्रै गर्न आफ्नो नेतृत्वको सरकार लागि परेकोले सबैले आ–आफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्नुपर्ने बताउनु भएको थियो । पञ्चेश्वर परियोजनाको सम्बन्धमा २००७ साल देखि नै लागि परेको भारतले भने बमोजिमका शर्तहरु प्रधानमन्त्री सूर्यबहादुर, लोकेन्द्र बहादुर चन्द, मनमोहन अधिमारी, कृष्णप्रसाद भट्टराई तथा त्यसभन्दा पूर्वका प्रधानमन्त्रीहरुबाट नमानिएका शर्तहरु मध्ये यसपटक र महाकाली सन्धीको सिलसिलामा के कति मानिनेछन् त्यो भविष्यले देखाउनेछ ।

नेपाली जनता हमेसा प्रधानमन्त्रीको भारत भ्रमण हुदा किन तर्सित हुन्छन् यसबारेमा विज्ञहरुले नेपाली भावनाको अनुसन्धान गर्नु जरुरी देखिन्छ । यसपटकको भ्रमणमा पनि प्रधानमन्त्रीले चोखो रहन सकेको देखिएन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *