पुस्तक दिवस भाद्र १५ गते

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १६ भाद्र । कतै पुस्तकालय छन् पाठक छैनन् कतै पुस्तकालय छन् पुस्तक छैनन् । महेन्द्रनगरमा पनि पुस्तक विनाको बाल पुस्तकालय छ ।

यहि भाद्र १५ गते आत्मज्ञान प्रतिष्ठान भिमदत्त नगरपालिका १ महेन्द्रनगरका अध्यक्ष ऋषिराज लुम्सालीको संयोजकत्वमा सामुदायिक पुस्तकलाय शुक्लाफाँटाको सहभागितामा नेपालको १० औं तथा शुक्लाफाँटा सामुदायिक पुस्तकालयको ८ दिवसको आयोजना शुक्लाफाँटा पुस्तकालयको हलमा भएको थियो ।

समारोहका प्रमुख अतिथि भिमदत्त नगरपालिका महेन्द्रनगरका मेयर सुुरेन्द्र विष्ट रहनु भएका थिए भने सभाको संचालन मानसखण्ड विकास समाजका आचार्य घनश्याम लेखकले गरेका थिए । सो पुस्तकालय दिवसको उपलक्ष्यमा आत्मज्ञान प्रतिष्ठानका अध्यक्ष ऋषिराज लुम्साली द्वारा अथर्व शिरादि ४२ उपनिषद्हरुको नेपाली भावानुवाद नामक अनुदित ग्रन्थको लोकार्पण गरियो भने त्यस्तै साहित्यकार भवानी दत्त चटौत द्वारा गरिएको गिताको भावानुवाद नामक अनुदित ग्रन्थ गरी ८ वटा पुस्तकहरुको लोकार्पण गरिएको थियो ।

सो लोकार्पण मध्ये साहित्यकार ऋषिराज लुम्सालीको ‘व्यक्तित्व र कृतित्वको अध्ययन’ शोधपत्र पनि सोही समारोहमा लोकार्पण भएको थियो । उक्त समारोहका बीच विभिन्न महानुभावहरुलाई पुस्तकालयको तथा आत्मज्ञान प्रतिष्ठान द्वारा सम्मान गरिएको थियो ।

प्रमुख वक्ताहरुमा पण्डित लक्ष्मीकान्त जोशी, पूर्व डिन डा.टेकराज पन्त, पूर्व रजिष्टार भवानी दत्त चटौत, शारदा विद्यापीठका प्राचार्य भोजराज जोशी, संस्कृत विश्वविद्यालयका सह–प्राध्यापक लक्ष्मी नारायण पौड्याल, उप–प्राध्यापक उत्तम प्रसाद खतिवडा, वरिष्ठ कृषि विज्ञ नरबहादुर साउँद, आचार्य सुदर्शन जोशी थिए भने वरिष्ठ अधिवक्त थानेश्वर प्रसाद भट्ट एवं अन्य विशिष्ठ महानुभावहरुको उपस्थिति समेत रहेको थियो ।

शारदा विद्यापीठमा माध्यमिक तह पश्चात् मात्रै संस्कृत पढाइ हुने भएकाले जग बलियो बनाउन नगरपालिकाको सहयोगमा माध्यमिक तहमा समेत संस्कृत विषय राखी पाठशालाको स्थापना गरिनु पर्ने विषयमा विभिन्न उपस्थित वक्ताहरुले जोड दिनुभएको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *