अपराध नियन्त्रणमा सहयोग गर्न प्रहरीको आग्रह

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दार्चुला, १७ भाद्र । प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले दार्चुला जिल्लामा रहेको शान्ती सुरक्षाको अवस्था र अपराधका घटनाहरुमा कम्तीमा आफ्नो कार्यकालमा ३० प्रतिशत सुधार गर्नेगरी काम गर्ने बताउँनुभएको छ ।

जिल्ला प्रहरी प्रमुखको रुपमा दार्चुला आएपछि शुक्रबार जिल्ला स्थीत सरोकारवालाहरु संगको सुझाब संकलन तथा परिचयात्मक कार्यक्रममा यस्तो बताउनुभएको हो ।

परिचयात्मक कार्यक्रमका सहभागिहरुले मदिरा र जुवातास नियन्त्रण गर्नमा प्रहरीले भुमिका खेल्न सक्नुपर्ने, त्रिदेशीय सिमामा सुरक्षा उपस्थिति बढाउँन पहल गरीनुपर्ने र प्रहरी पोष्टहरुको स्तरोन्नति गर्नुपर्ने, सदरमुकाममा सञ्चालित होटल र बियरबारहरुमा राखीएका युवतिहरु राख्न बन्द गर्नुपर्ने, यार्सागुम्बाको अबैध ओसारपसार रोक्नुपर्ने, राजस्व छली गर्नेलाइ कारबाहि गर्न सक्नुपर्ने, त्रिदेशीय सिमा क्षेत्रमा हुने सिमा अपराध अबैध चोरी सिकारी नियन्त्रण रोक्नुपर्ने र जनताले सुरक्षाको अनुभुति गर्ने गरी प्रहरीले काम गर्नुपर्ने लगायत सुझाब दिएका थिए ।

सहभागिहरुबाट प्राप्त सुझाव पश्चात प्रहरी प्रमुख साहीले सम्पुर्ण समस्या समाधानमा आबश्यकता अनुसार सबै पक्षसंग समन्वय गरेर शान्ती सुरक्षाको ब्यबस्थापनमा प्रहरी प्रसासन लागीपर्ने बताउँनुभएको छ ।

जिल्लाका बिभिन्न गाउँपालीका तथा नगरपालीकाहरुले सञ्चालन गरेको मदिरा नियन्त्रण र ब्यबस्थापनको कार्यमा प्रहरी प्रसासनको पुर्ण सहयोग रहने प्रहरी प्रमुख साहीले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

दार्चुलामा सञ्चार समस्या र भगौलीक कठिनाइ अपराध नियन्त्रणमा चुनौति बन्नसक्ने भन्दै यसमा आम नागरीकको सहयोग आबश्यक पर्ने बताउँनुभएको छ । सबैले सहि सुचना दिएर प्रहरीलाइ सहयोग गर्न डिएसपी साहिले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सहभागी जिल्ला स्थित राजनितिक दलका प्रमुख प्रतिनिधि, बिभिन्न कार्यालय र संघ संस्थाका प्रमुख प्रतिनिधि, महिला सञ्जाल, मानब अधिकारकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुले जिल्लाको समस्याहरु बारे सुझाब दिएका हुन ।

कुनै पनि कार्यालय प्रमुख नयाँ स्थानमा गई कार्यबहाली गर्दा आफ्ना जिल्लाका जनता तथा सेवाग्राहीहरुलाई आफ्नो चिनारी तथा काम गर्ने शैली सर्वसाधारणलाई जानकारी गराउनु आवश्यक नै हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *