आमा समूहको आग्रहमा मदिरा निषेध

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दार्चुला, १७ भाद्र । नेपालमा मदिरा सम्बन्धमा नेपाल सरकारले छिमेकी राष्ट्रहरुको जस्तै नियमित गर्नुपर्ने देखिन्छ । अधिराज्यका कुनै समुह नगरपालिका वा प्रान्तले मात्र नियन्त्रण गर्न खोजेमा स्थिरता रहदैन ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ शिखरमा आमा समूहको आग्रहमा वडापालिका कार्यालयले मदिरा निषेध गरेको छ ।

मदिराको कारण समाजमा विकृति बढेको भन्दै आमा समूह, महिला समूहले सामूहिक हस्ताक्षर गर्दै मदिरा निषेध गर्न माग गरेपछि वडापालिका अध्यक्ष भरतबहादुर खडायतको अध्यक्षतामा बसेको बैठकले मदिरा बन्द गर्ने निर्णय कार्यान्वय गर्ने निर्णय गरेको हो ।

वडापालिकाले मदिरा सेवन गरेर हो–हल्ला गर्नेलाई पहिलो पटक २ हजार, दोहोर्याएमा २ हजार ५ सय पटक पटक दोहोर्याएमा ३ हजार रुपैयाँका दरले जरिवाना थप्दै जाने निर्णय गरेको छ ।

यस्तै मदिरा ओसार पसार गर्ने व्यक्तिलाई पहिलो पटक ३ हजार पटक पटक दोहोर्याएमा ५ हजार रुपैयाँ, जरिवाना हुने उल्लेख छ । बेचबिखन गर्ने व्यक्तिलाई पहिलो पटक ५ हजार रुपैयाँ तथा दोहोर्याएमा १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको अध्यक्ष खडायतले बताउनुभयो ।

वडापालिका कार्यालयले मदिरा व्यवस्थापनमा सहयोग गरेबाफत प्रहरी चौकीलाई ४० प्रतिशत, मदिराबारे सूचना दिने आमा समूह महिला समूह लगायतलाई ३० प्रतिशत र बाकी बचत हुने आउने ३० प्रतिशत रकम वडापालिका कार्यालयको आम्दानी हुने जानकारी प्राप्त भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *