बार र बेन्चमा तालमेल हुनुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देश ऐन कानूनले चल्छ विश्व यसरी नै चलेको छ । नेपालको हकमा पनि त्यस्तै हुनुपर्छ । ऐननियम कानून बमोजिम नै चल्नु पर्दछ । न्यायमूर्ति वकिल न्यायाधिशले पनि व्यवस्थापिका सभासदहरुले बनाएका नियम कानूनको आधारमा न्याय दिने गरेका छन् गर्नु पनि पर्छ तर त्यतिले मात्र पुग्दैन । ऐन कानून बनाउ“दा प्राकृतिक नियम संगत छन् कि छैनन् त्यो पनि समयानुकुल हेर्नै पर्ने हुन्छ किनभने बनेका कानून न्यायमूर्तिहरु कै सल्लाहमा निर्माण भएका होलान् भन्ने धारणा जनताको रहन्छ ।

सबै जनताले न ऐन कानूनको अध्ययन गरेको हुन्छ न कानून पढेका हुन्छन् । तसर्थ जसरी विरामी पर्दा डाक्टर प्रति विरामीको भरोसा विश्वास आसा हुन्छ म अवश्य रोगमुक्त भई बाच्ने हु“ भन्ने कुरामा ढुक्क हुन्छ त्यस्तै न्याय पीडित जनताले न्यायाधिश वकिल प्रति भावना र आसा राखेका छन् । वकिलले आफ्नो पक्षलाई जिताउने मात्र उद्देश्य र अन्य न्यायमूर्तिले पनि बनेका ऐन नियम मुताविक गर्ने कानूनी सिद्धान्त रहेको होला तर कानून बन्ने बेलामा त्यो कानून ठीक छ छैन भुलवस कुनै कानून बनिसकेपनि समयमा तुरुन्त संशोधन गराउने तर्फ सम्बन्धित निकायलाई भन्नै पर्ने ठान्दछौं । केवल नेपालको कुरा गर्दा सम्पूर्ण देश ऐन कानूनमा नचली सहमति सम्झौता र भागबण्डामा चलेको पाउ“दा यस्तो नियम संसारको कुनै पनि भागमा नहुन सक्छ तर हाम्रो यहा“ छ । यस बारेमा जनताका धरोहर आस्थावान न्यायमूर्तिहरुले कुनै राजनीतिक पार्टीको दबाव र मुलाहिजामा नबसी आफ्नो योग्यताको र इमानदारिताको भरमा म टिक्छु, म काम गर्छु केवल म मेरो देशको लागि भन्ने भावनाहरु आफुमा जागृत गराई समाजलाई पनि दर्पण बन्नु पर्ने आजको आवश्यकता रहेको देखिन्छ ।

उसरी भनिन्छ बार र बेन्च मिलेपछि न्याय प्रणालीको शक्ति सन्तुलन खल्बलिन्छ कि भन्ने बाध्यात्मक विषय हो तर व्यवहारिक रुपले हेर्ने हो भने दुबै इमानदारिको आ“खाले नियाल्न सक्छन् भने कुनै हालतमा पनि देशमा अन्याय अत्याचार हुन सक्दैन । जनविद्रोह हुन्छ जनविद्रोह नै अन्तमा गएर न्यायमूर्तिका हतियार हुन सक्छ । चाहे बाटो जति लामो भएपनि कार्यान्वयन गर्ने पक्ष सरकार नै भएकोले केही ढिलो हुन सक्छ अन्तमा गएर पानीले आफ्नो स्थान आफै बनाएझैं प्राकृतिक न्यायले स्वयं बाटो देखाउनेछ ।

देशका जुनसुकै कुनामा रहेपनि नेपाली जनता दुई कुरालाई मान्दछन् एउटा ईश्वर र स्थानिय देवीदेवता अर्काे सही इन्साफको लागि न्यायमूर्तिको भरोसा बोक्दाबोक्दै पनि यदि कुनै परिबन्धले इन्साफ पाउन सकेन र बार र बेन्चको तालमेलबाट पनि इन्साफ मिलेन भने अनि देवीदेवताको शरणमा गएका हुन्छन् । हामी देख्दैछौं स्थानिय पूर्णागिरी माता, सिद्धबाबाको शरणमा पर्न मित्र राष्ट्र भारतबाट निम्न वर्गिय स्तर तथा मध्यम वर्गिय स्तरका लाखौंलाख मानिसहरु आएर दर्शनका साथै आफ्ना मर्काहरु पोखेर इन्साफको माग गरी फर्किएका हामीले पाएका छौं । देवी देवताले इन्साफ दियो या दिएन त्यो अदृश्य हुन्छ तर न्यायमूर्तिका आदेशहरु कुनै न कुनै दिन ढिलो चाडो जस्तोसुकै तानाशाहको सरकारले पनि मान्नै परेको देखिन्छ । त्यसकारण न्यायालय र सरकारलाई भिन्दाभिन्दै धारमा राखिएका हुन् ।

आज नेपालको संविधान बनेको छ संविधान बमोजिम नेपाल चल्नुपर्छ । यदि संविधान गलत लेखिएको छ भने हाम्रा आस्थाका धरोहरहरुले कडा विरोध गर्नुपर्छ र जनताको हितमा सर्वमान्य संविधानको निर्माण गर्नुपर्छ । यस देशका संविधानहरु सबै जनताका भावना अनुसार बन्नुपर्नेमा २०७२ को संविधानलाई भावनाको विपरित छ भन्ने व्यापकता छ संशोधनको लागि देश परदेश सबै किन लागि परेका छन् ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *