सेनालाई समयानुसार आत्मनिर्भर बनाउनुपर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालको सेना पृथ्वीनारायण शाहको समय देखि नै आत्म निर्भर थियो तर अचेल १९५० मा नेपाल भारतको मैत्री नामको सन्धी पछि पराधीन हुदै गएको छ । कुरा के भने जसरी कृषकहरुका औजार तन्दरुस्त हुनुपर्छ तिनलाई लुहारले संरक्षण गरी कृषकलाई दिएको छ, त्यस्तै नेपाली सेनाहरुका औजार हतियारहरु बाह्य शक्तिको प्रतिकार तथा आन्तरिक भरोसाको लागि नेपाली सेनालाई सबै थोकमा आत्मनिर्भर बनाउनु आजको आवश्यकता हो ।

मानवता छैन हराई सक्यो । विश्वास गुमी सक्यो । बाह्य शक्तिको चपेटमा परिसकेको छ । कसै सित जाई लाग्नु हुदैन, आईलागे प्रतिकार गर्नैपर्छ । आजको मित्र भोली मित्र नरहन सक्छ । आफ्नो सुरक्षाको बन्दोबस्त मिलाई राख्नु बुद्धिमानी ठहरिन्छ । नेपालको सारा अस्त्र शस्त्र भनेको शान्ति क्षेत्र प्रस्ताव थियो तर त्यो बदनियत पूर्वक नेपाली नेताहरुको मिलोमतोमा १ सय ६१ देशको समर्थनपछि तुहियो ।

दक्षिण एसिया महादेशमा सबैभन्दा जेठो सेना नेपाली सेनालाई मान्ने गरिन्छ । देश पनि जेठो स्वतन्त्र देश नेपाल नै हो भने नेपाली सेनाले आत्म सुरक्षाको लागि आर्म अम्नेसन्स (हातहतियार, खरखजाना) विकास गर्दा के विग्रन्छ ? हतियार खरिद मात्र गर्ने नभई विक्री गरेमा के हुन्छ ? वर्तमानको युगमा स्वदेशी विदेशी हरकहीबाट देशलाई खतरा हुन सक्छ । तसर्थ अन्तमा देशको अभिभारा सेनाले नै लिनुपर्ने विश्वमा चलिआएको चलन अनुसार पनि सैनिक सतर्कता हुनैपर्छ । सतर्कता हुदैमा कसैले डराउनु खिसाउनु पर्दैन ।

एक दिन नेपालमा भयावहको दिन आउन सक्छ जसको मुकावला नेपाली सेना र जनताले मिलेर गर्नुपर्नेछ । यो देश मेरो हो यस भित्रका सबै साझा सामाग्री मेरा हुन् भन्ने धारणा हामी सबै नेपालीमा पैदा भएमा भ्रष्टाचार स्वयं भाग्ने प्रयास गर्नेछ । हतियार खरिद गरेको अरबौं रुपैया भारतलाई पनि दिन बाँकी रहेको छ भन्ने कुराहरु नेपाली कांग्रेसका महामन्त्रीबाट समेत जानकारीमा आई सार्वजनिक भई सकेकोले हतियार किन्न होइन कि निर्माण गर्ने तर्फ सेना र सरकार अग्रसर हुनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *