हिन्दु राष्ट्र धर्मको लागि मात्र होइन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी
आज हिन्दु राष्ट्र किन चाहियो संविधानमा बरु धर्मको बारेमा केही बोल्नु हुदैन भन्ने उद्गारहरु देखिएका सुनिएका छन् । आफु खुसी हुन् वा बाह्य जगतको लाचार छाया हो भन्न सकिदैन हाम्रो जनमानसको बुझाईमा ।

नेपालमा सबै तप्कामा विश्वका सबै देश सरह आफु बाँच्न चाहन्छ र गर्न चाहन्छ । विभिन्न देशहरुका अलग अलग पहिचान हुन्छन् । जसरी भारतमा ठूल्ठूला १०÷१२ र साना राज्यहरु ४ सय ५० भन्दा बढी थिए । १०÷१२ ठूला देशहरुको आफ्नै भाषा धर्म पहिचान थियो । जब व्यापारको बहाना गर्दै इष्ट इण्डिया कम्पनीले भारतमा जरा गाड्यो त्यसपछि उसले सबै आफ्नो देशको रितिथिति धर्म यी देशहरु माथि लाद्न थाल्यो । जनतालाई सुख सुविधा भए पुग्यो भन्ने अन्जान खेलमा पसेका थिए । जसले शासन ग¥यो जो बलवान छ उसै सित मिलि कार्य व्यवहार गर्नु राम्रो हो । भारत वर्षमा बाडिएर रहेका साना ठूला देशहरुलाई इष्ट इण्डिया कम्पनीले कब्जा गरी आफ्नो धर्म संस्कृति चलाउनमा जोर गरेपनि हिन्दुहरुको धर्म संस्कृति मास्ने प्रयास गर्दा पनि सकेन ।

नेपालमा सुगौली सन्धीपछि भएको मैत्री सहमति अनुसार प्रमुख हिन्दु राष्ट्र नेपालका जनता भारतमा रहेका तीर्थहरुमा यात्रा गर्ने हुदा हिन्दु अर्थात् नेपाली तीर्थ यात्रीहरुको सुविधाको लागि नेपालको राजा द्वारा लालमोहर लगाई प्रत्येक तीर्थ स्थानमा नेपाली पन्डा नियुक्ति गरेका थिए । भारतका हरेक तीर्थमा नेपाली लाल मोहरिया पन्डाको नामले अझै परिचित छन् । राणाकालमा पनि अंग्रेज सितको वैदेशिक नीति अन्तर्गत नै ती कार्य पर्दछन् । भनिन्छ अंग्रेज सित गोर्खा सैनिक भर्ति केन्द्र राखी सेनामा नेपाली नागरिकलाई ब्रिटिसलाई दियो ।

आजको परिवेशमा पनि हेर्दा हामी कुनै देशलाई सरकारी कामकाजको लागि नेपाली नागरिकहरुलाई विदेश पठाई रहेका छैनौं कि मुसलमानहरुको घरेलु नोकरको रुपमा हामी आफ्नी श्रीमती छोरी बहिनीहरु पठाई रहेका छौं त्यो पनि दलाल मार्फत् बेची पैसा खुवाएर । अन्तमा उनीहरुबाट हामी दर्दनाक घटना सुन्न पनि सक्छौ, सुनेका छौं देखेका छौं । मलेसियामा नेपाली युवाहरुलाई विभिन्न वैदेशिक कम्पनीहरुले नेपाली तथा अन्य देशका नागरिकहरुलाई रोजगारी दिएको छ तर अवश्य पनि पारिश्रमिक माथि शोषण भएको छ । त्यहाँका नागरिकलाई आधिकतम् सुविधा दिएको छ । नेपाली कामदारलाई घटी बरु विदेशी भएको नाताले नेपाली या कुनै पनि विदेशीलाई बढी दिनुपर्नेमा ठीक उल्टो हुने गरेको छ । प्रमाणको लागि प्रजातान्त्रिक मानव अधिकारयुक्त ब्रिटेनमा हेरौं, गोरखाली सेनाहरु र स्थापित सेनाहरुको तलब भत्ता हेरौं कति ठूलो फरक पाउँछौं ।

हिन्दु राष्ट्र धर्मको लागि मात्र किन होइन भने हरेक देश व्यक्ति एक अर्का सित देश प्रतिस्पर्धा गर्न खोज्दछ । राज्य व्यवस्थापनमा वा अन्य उद्योग कलकारखाना वैज्ञानिक स्तरमा, नेपालीहरु विश्वमा अलगै बेजोड पहिचान देखाइ नेपालको आत्म गौरव र स्वाभिमान बचाई राख्न चाहन्छन् ।

जसरी भन्ने गरिन्छ नेपाल कृषि प्रधान देश हो तर कृषिमा आत्म निर्भर अझै पूर्ण रुपले हुन सकेको छैन त्यो कमि नेपाली कृषि वैज्ञानिक र सरकारको हो, थप कृषक स्वयंको लापरवाही हेलचक्रयाईले अब कृषि प्रधानताबाट देश चाकरहरुको बन्दैछ । देश परदेशमा हामी आफ्ना युवायुवती द्वारा चाकरी गराई रहेका छौं । सबैभन्दा घिन लाग्ने कुरा यहि नै हो । जब नेपाल कृषि प्रधान थियो भने अरु पेशालाई कुनै नोक्सान थिएन अरु पेशेवर पनि खुसी थिए । त्यस्तै हिन्दु धर्मको नाममा राज्य चलाउने भन्ने होइन कि हिन्दु धर्म प्रधान देशलाई जीवित राख्न खोजिएको हो ।

हिन्दु राष्ट्रको छत्रछायामा सबैलाई अटाउन र अरुलाई पहिले झंै सम्मान दिन खोजिएको हो । विश्व हिन्दु राष्ट्र विश्व चिनारीको एक माध्यम भएको छ । विश्वमा धेरै राष्ट्रहरु औद्योगिक, वैज्ञानिक, अनुसन्धानमुलक तथा उत्पादन कार्यमा लागेकाले चिनिएका छन् भने कोही राष्ट्रहरु गृहयुद्धको नामले प्रख्यात भई विश्वभरी आफ्नो पहिचान राखेका छन् । समुदायहरुमा पनि त्यस्तै, मुसलमान र क्रिश्चियनहरुले पनि सबै सामु आफ्नो पहिचान बनाई राखेका छन् भने नेपालले विश्वमा वीरता, इमानदारिता र विश्वमा एक मात्र हिमालयको गोदमा रहेको हिन्दु राष्ट्रको नामबाट परिचित मर्यादित थियो तर हाम्रा महान भनिने बाबुराम भट्टराई, प्रचण्ड तथा त्यसमा अहम भुमिका खेली क्रिश्चियनहरुबाट व्यक्तिगत लाभ, एस, जस लिई महान विश्व हिन्दु राष्ट्रलाई हटाई देशमा नक्कली क्रिश्चियन बन्न केही दलित, केही थारुहरुलाई अनेक लोभमा पारी धर्म परिवर्तन गराउनमा सहयोग पु¥याउने हाम्रा नेता तथा हाम्रो सरकार प्रति हामीले नचाहेर पनि आपत्तिका साथ घोर विरोध गर्नु परेको छ ।

पश्चिमी राष्ट्रहरुको निर्देशनमा नेपालीपन नेपाली पहिचान हटाउने काम गर्नेहरु आज हाम्रा नेता रहेपनि भविष्यमा यिनीहरुको निश्चित विनाश हुनेछ । न जनताको भावनाको कदर भयो न प्राकृतिक नियमको । यस्तो अपराध राणाकालिन सरकारले गरेको थिएन । जनतालाई दूधभात खुवाउने कोसिस गरी नेपालको सबैभन्दा ठूलो तराईको भु–भाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई इष्ट इण्डिया कम्पनीको सरकारबाट फिर्ता लिएका थिए भने हाम्रा नेताहरुले प्रजातन्त्र सित साटेको भु–भाग अझै सम्म न आफुहरुले फिर्ता लियो न राणा सरकारलाई सुझाव दिई वा उसको विरोध गरी फिर्ता लिने दिलाउने काम नै ग¥यो । त्यसैले हामी भन्छौं राष्ट्र राष्ट्रियताको विषयमा अवश्य राणा सरकार र राणाजीहरु बढी राष्ट्र प्रेमी थिए ।

समग्रमा नेपालमा धर्मको नाममा शासन चलाउन लागि परेका नभई नेपाल र नेपालीको स्वाभिमान गौरव बढाउन लािग परेका हुन् भन्न सकिन्छ । तर धर्म र अधर्मको बारेमा हामी केही भन्न सक्ने अवस्थामा छैनौं । मुस्लिम, क्रिश्चियनहरुका परम्परालाई हामी धर्म भन्न सक्दैनौं । त्यसकारण साधारण तथा जहाँ जे चलेको छ त्यही ठीक छ । धार्मिक नियमले समाज परिचालन भएको अवस्थामा ती धार्मिक ऐन नियम प्रायः सबैले मान्दथे । सर्वमान्य वैज्ञानिक धार्मिक नियम थिए । सबैको लागि आजका ऐन नियम जसबाट समाजलाई चलाएको छ त्यसको कुनै ठेगान छैन । नियम बनाउनेको हातमा छन् ती नियमका पानाहरु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *