निडर भई कानूनी राज्य माथि हमला

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १० भाद्र । यही भाद्र ७ गतेको राती विष्णु मन्दिर जाने सडक नहरको छेउमा थुपारेको ढुङ्गा माथि सशस्त्र प्रहरी बलका जवान नरेन्द्र कुँवरको हत्या भएको थियो ।

भाद्र ८ गते विहान ढुङ्गामा लास देखेपछि स्थानियले प्रहरीलाई खबर गरेपछि तुरुन्त आफ्नो अनुसन्धान जिल्ला प्रहरी कार्यालय बाट कारवाही सुरु भईसके पछि गैरजिम्मेवार केही उश्रृङ्खल युवाहरुले विहान १० बजे तिर भानु चोकमा टायर बाली यातायात अभद्र तरिकाले बन्द गराउने गरेको र लगत्तै १०÷१५ जनाको हुलले मोटर साईकल चलाएको जहाँ देख्यो उतै गएर आमाचाक्ली गाली गर्दै मोटर साईकल, रिक्सा, टेम्पो समेत रोकाउँदै गरेको र १÷२ टेम्पु माथि फलामे रडले प्रहार समेत गरेका थिए ।

मदन चोक सम्म अभद्र रुपले बन्द गर्दै हिडेका तर मुख्य बजारमा पुग्दा बन्द गराउन गाली गलौच समेत गरी बलजफ्ती बन्द गराउन लागेको बेला १÷२ जना व्यापारी तथा स्थानियले जिल्ला प्रशासन कार्यालय लाई फोन मार्फत् खबर गरेका थिए । फोन गरेको लगत्तै एक गाडी सशस्त्र तथा दंगा प्रहरी भानुचोक पुग्दा त्यहाँ जम्मा भएका अपरिचित युवाहरु हतास गर्दै त्यहाँको एरिया छोडी भागेका भएपनि धेरै पसलहरुले बन्द हुनाले खोल्न पाएनन् ।

बन्दको महत्व नै नबुझेका युवाहरुलाई कसले बुझाई सक्दथ्यो । अन्तमा सशस्त्र प्रहरी र दंगा प्रहरीको भ्यानले सम्झायो । सबै बेपत्ता भए । चोकमा आगो बालेकै छोडी टाप कसे मानौं अपराधी यिनै हुन् जस्तो गरेर भागाभाग ग¥यो । यदि यस देश र मृतक तथा कानूनको खातिर त्यस्तो गरेका भए बरु प्रहरीको लाठी खानु पथ्र्याे भाग्नु हुदैनथ्यो यदि ती बन्दकर्ताहरु निरअपराधी भएका भए तर उनीहरु नै कानून मुठीमा च्यापी बजारमा व्यापारीहरुको बेइज्जत ग¥यो । न उद्योग वाणिज्य संग बोल्यो न प्रहरी प्रशासन । मोटर साइकल चालकहरुलाई आमाचाक्ली गाली समेत दिदै थिए । यदि मोटर साइकलवालामा सहनशिलता नभएको भए दोस्रो दुर्घटना हुने निश्चित नै थियो ।

२÷४ जना प्रहरीहरु थिए उनीहरु पनि मौन थिए । बरु पसल तथा सवारी साधनलाई बन्द गर नचलाउ भन्ने तर्फ लागेको कारण गुरु वा अफिसरको आदेश त्यस्तै थियो होला । आदेश बेगर २०७३ भाद्र ७ गते टीकापुरमा प्रहरीका निर्देशकलाई समेत भाला रोपी मार्दा प्रतिकार गर्ने प्रयास सम्म गर्न सकेनन् । यस्तो कुराको स्थाई आदेश दिई राख्नु पर्दछ ।

भाद्र ८ गते भानु चोक मा टायर जलाई यातायात बलजफ्ती बन्द गर्ने कार्य गरे । सबैले लुरुलुरु बन्द गर्नु प¥यो । यातायात व्यवसायी हरु को संस्थाका बस व्यवसायी समिति, अञ्चल यातायात कार्यालय, ट्राफिक तथा अन्य प्रहरी टुलुुटुलु हेरी रहे ।

राज्यको संवेदनशील यातायात, मेलगाडीलाई समेत रोक्दा अपराधीहरुको हातमा जान दिनु जनता र सुरक्षा दिने सुरक्षाकर्मीका निर्देशक दोषी छन् । समयमा नै यातायात र बजार माथि अमानविय गाली गलौच गर्दै बन्द गराई राख्दा राज्यको नियम पालनमा सरकारको तुरुन्त एक पसल एक यातायातको सवारी साधन माथि आक्रमण गर्दा खेरी नै किन कारवाही भएन ? देशको नेतृत्व लिनेहरुले पनि कुनै अपराधी माथि स्थानिय स्तरबाट कारवाही हुन्छ भने प्रोत्साहन दिनुको सट्टा राजनीतिक संरक्षण गर्नु र सरकारबाट ऐन कानूनको प्रयोग गर्न नदिनु पनि अपराध हो । सुरक्षाकर्मीहरुलाई भने प्रत्यक्ष आदेश निरन्तर दिई रहनुपर्दछ । निरअपराधी व्यापारी तथा मोटर साइकल, टेम्पो, रिक्सावालाहरुलाई आमाचाक्ली गाली गर्दा केही सुरक्षाकर्मी साथै थिए तर चुपचाप केही बोल्ने र गर्ने हिम्मत गरेनन् किन ? यस्तो प्रकृतिले अपराधीकरणमा बढावा हुने हुदा तुरुन्त रोक्नु पर्दछ ।

यस्तै गरी आफ्नो नगर क्षेत्र भित्र रहेका मदिराजन्य व्यवसायलाई पनि नगरपालिकाले नियमित गर्नुपर्छ । नियमित गर्ने क्रममा सार्वजनिक स्थानमा रक्सी विक्री गर्ने तथा खाने खुवाउने समयको पनि निर्धारण र नियमति गर्नुपर्छ । राती सुरक्षाकर्मीको कडा गस्ती रहनुपर्छ भन्ने महेन्द्रनगर बजारका
व्यापारीहरुको जिज्ञासा रहेको पाइन्छ ।

उद्योग वाणिज्य संघले पनि बजार, व्यापारमा ध्यान पु¥याउनु पर्छ । व्यापारी माथि यसरी हमला गरिदा चुप नबसी कानूनलाई क्रियाशिल गराउन सरकारका सम्बन्धित निकाय सित भन्नु पर्नेमा किन बोल्दैन संघ भन्ने आरोप पनि नलागेका होइनन् । जे भएपनि बजार यातायात बन्द गर्नु जघन्य अपराध हुदा सरकारको ध्यान तुरुन्त जावस् भन्ने चाहना र भनाई रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *