सशस्त्र प्रहरी जवानको हत्या








महेन्द्रनगर, ८ भाद्र । कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार सशस्त्र प्रहरीका एक जवानको हत्या भएको छ । गड्डाचौकीमा रहेको सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर बुधबार राति काम सकेर घर फर्किने क्रममा बिहीबार बिहान भीमदत्त नगरपालिका ६ मा हत्या गरिएको अवस्थामा भेटिएका थिए । उक्त हत्या प्रकरणमा शंकास्पद दुई युवती सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनालगत्तै विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने अन्य शंकास्पद व्यक्तिलाई पनि सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाउने काम भइरहेको जनाएको छ ।
‘‘हामीले अहिले सम्म १२ जनालाई प्रहरी कार्यालयमा बोलाएर अनुसन्धानका क्रममा सोधपुछ गरि सक्यौं ।’’ कार्यालयका प्रहरी नायब
उपरीक्षक ज्ञानबहादुर सेटीले भन्नुभयो–‘अनुसन्धान सघन रुपमा
भइरहेकाले हत्यारा पत्ता लाग्छन ।’ हत्या गरिएका कँुवरले प्रयोग गरेको मोटरसाइकल घटनास्थल छेउमै रहेको नहरको झाडीमा फालिएको थियो भने शव थुपारिएको ढुंगा माथि राखिएको अवस्थामा भेटिएको थियो ।







