तस्करले एम्बुस थापी हात्ती मारे

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


पुनर्वास, ०९ भाद्र । नेपाल भित्र सबै नेपालीले जब सम्म साझा सम्पत्तिको अर्थ बुझ्दैनन् तब सम्म देशको सम्पत्तिको संरक्षण हुन सक्दैन । यस बारेमा सरकारबाट धेरै पहल हुनु बाँकी नै देखिन्छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका– १० नौरगां स्थित नमुना सामुदायिक वनमा तस्करको समूहले विद्युतीय एम्बुस थापेर एक जंगली हात्ती मारेका छन् ।

जिल्ला वन कार्यालयका निमित्त वन अधिकृत वीरबहादुर ठगुन्नाले सामुदायिक वनभित्र तस्करको समूहले हात्ती मारेको पुष्टी गर्दै भन्नुभयो, ‘प्रारम्भिक जानकारी अनुसार तस्करले बँदेल मार्न विद्युतीय एम्बुस थापेको जस्तो देखिन्छ तर सो एम्बुसमा भाले हात्ती परेको मरेको थाहा भयो ।’

हात्ती मारेको खबरपछि महेन्द्रनगरबाट जिल्ला वन कार्यालयको टोली पुनर्वास पुगेर अनुसन्धान गरिरहेको छ । अहिले चिकित्सकको टोलीले हात्तीको परीक्षण गरिरहेको र यसको विशेष अनुसन्धानका साथ वन्यजन्तु तस्कर समूहको पनि खोजीकार्य भइरहेको उहाँले जानकारी दिनुभएको समाचार प्राप्त भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *