विस्थापित परिवारले पाए राहत सामाग्री

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दार्चुला, १० भाद्र । आजसम्म नेपालमा विशुद्ध तरिकाले सहयोग गरिरहेको नेपाल रेडक्रस सोसाइटीको भुमिका ज्यादै प्रशंसनिय रहेको छ र यसको इतिहास पनि गहिरो रहेको छ । यो संस्थाबाट दिइने हरेक सेवाहरु विशुद्ध तरिकाले मुलाहिजा रहित रहेको छ । त्यसैले यस माथि जनताको ठूलो विश्वास रहेकोले पनि सहयोग गर्नमा हौसला पाएको संस्था हो ।

दार्चुलामा पहिरोका कारण विस्थापित ३० घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाले राहत सामग्री वितरण गरेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानी शिखर मा पहिरोका कारण विस्थापित ३० घर परिवारलाई कम्बल, टेन्ट, लत्ता कपडा लगायतका राहत सामग्री विरतण गरिएको हो ।

भाद्र ४ र ५ गते परेको अविरल बर्षाका कारण खसेको पहिरोबाट विस्तापित ३० घरपरिवारलाई राहत सामग्री विरतण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाका कोषाध्यक्ष भुवनसिँह डागाँले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी र शैल्यशिखर नगरपालिकाको सहयोग तथा जिल्ला दैबी प्रकोप उद्धार समितिको समन्वयमा राहत सामग्री वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी संग अहिले सय घरपरिवारलाई मात्र वितरण गर्न पुग्ने राहत सामग्री रहेको रेडक्रस सोसाइटी कोषाध्यक्ष डागाँले बताउनु भयो ।

५० घरधुरीलाई पुग्ने राहत सामग्री कञ्चनपुर गोदानमा छन् । उक्त राहत सामग्री ढुवानीको लागि जिल्ला दैवि प्रकोप उद्धार समितिले पहल गरी छिट्टै उद्धार गरिने कोषाध्यक्ष डागाँको भनाइ छ ।

बाढी लागेको ठाउँमा राहत वितरणको लागि जिल्ला रेडक्रसहरु सित प्रशस्त बजेट नभएपनि सामाग्रीहरु भने अन्तराष्ट्रिय निकाय हरु बाट उपलब्ध भएको हुन्छ । त्यसको ढुवानीको लागि दैवी प्रकोप उद्धार कोषले व्यवस्था गरिदिएमा जनता र संस्था दुबैलाई सुविधा हुने देखिन्छ ।

रेडक्रसबाट वितरण गरिएका सामाग्रीहरुमा आज सम्म कुनै किसिमको धाधली गरिएको देखिएको छैन । रेडक्रसका पदाधिकारी हरु पनि सेवाको भावनाले ओतपोत भएका हामी पाउँछौं । महेन्द्रनगर शाखाका संस्थापक स्व.गणेश शमशेर जबराले आफ्नो जीवन यसैमा समर्पित गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *