नयाँ नेताहरुले एकताको नयाँ दिशा समात्नु पर्दछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हाम्रा नेताहरुले यी कुरा पनि बुझ्न जरुरी छ गोबरको गणेश बनाई पूजा गर्छौ, ढुङ्गा रुपी लिङ्ग लाई ईश्वर ठानी पूजा गछौं । न गोवरमा गणेशजी छन् न ढुङ्गामा देवता । यी सबै हाम्रो आत्मा मन मस्तिष्कमा छन् परमात्मा आत्मामा अवश्य छन् । सबै मानव जातिले आफ्नै तरिकाले परमेश्वरलाई मानी आएका छन् र मान्ने पनि छन् । त्यस्तै हो संसार जीवित राख्ने प्राचिन तथा आधुनिक पद्धति ।

हो हामीले पनि नेपाल नया“ वा पुरानो नेपाल बनाउन समय, मानवियता, सामाजिक वातावरणलाई शुद्ध भावना बोकी देश चलाउनु प¥यो । जसरी एक दलितको रगत र एक राजा, बाहुन, क्षेत्री सबैको रगतमा समान रुपले राष्ट्र र राष्ट्रियता पौडी रहेको हुनुपर्दछ । प्राकृतिक नियमको पालना हुनैपर्छ । देशभरका नेता जनतालाई थाहा भइसक्नु पर्ने हो नेपालको प्रगति र आफ्नो भुमिको संरक्षणमा किन बाधा परिरहेको छ त्यसको यथार्थ अनेकतामा घर फुट्नु विदेशी दलाल बन्नु भनेको अर्थ हो अर्काका देशको राजनीतिका एजेन्ट हुनु ।

जसरी ठुला ठुला विदेशी उद्योग, कम्पनीका एजेन्ट नेपालमा पनि छन् विभिन्न मोटर साईकल, जीप, कार, बसहरु नेपालमा बेचि दिने र विक्री गरि दिएवापत् एजेन्टको कमिसन फिक्स गरी हामी सामान बेची दिन्छौं त्यस्तै आम चर्चामा आइ रहेको विषय एउटा राजनीति पनि छ । हामी हाम्रा नेताहरुलाई भन्ने गर्छाै त्यो त भारतको या चीनको दलाल हो, त्यसले पनि स्वीकारेको हुन्छ । हुन पनि त्यस्तै त्यस्तै देखियो । २००७ साल देखि २०४६ साल सम्ममा भारतिय नेताहरुका एजेन्टका रुपमा खुलस्त नभएपनि २०४५ सालको नाकाबन्दीमा नेपाली कांग्रेस लगायत केही नेताहरु भारत भुमिमा बसी नाकाबन्दीमा रमाई रहेका देखिन्थे । उनलाई दुःख लागेन ।

राजीव गान्धी द्वारा राजा माथि बौद्धिक राजनीतिक हमला हुदा नेपाली नेताहरु भारतीय नेताहरुको पक्षमा रहेकै हुन् । उनीहरुको विचारमा राजसंस्था शत्रु त हुन सक्तैन किनकि नेपाली कांग्रेस र राजाको जोडिएको घा“टी २०६२÷६३ मा गिरिजा द्वारा काटियो । यी क्रियाकलापहरु भारतलाई खुसी पारी राजसंस्था हटाई माग्ने खेलमा नै दिल्लीमा १२ बु“दे सम्झौता सरकार विरोधी ८ पार्टीहरुले गरेको तथ्य लुकाउन सकिदैन ।

व्यक्तिसरह नेपालका राजनीतिक पार्टीहरु समान हुन् कोइ ठूलो सानो होइन । जसरी सबै जातजाति समान छन् भन्छौं त्यस्तै सबै पार्टी समान हुन् । पार्टी व्यक्ति सानो भएपनि विचार उच्च हुनुपर्छ तर उच्च विचारकको अपमुल्यन भई रहेको पाइन्छ ।

यदि देश प्रति राम्रा धारणा छ भने सम्पूर्ण राजनीतिक पार्टी र राजाको एक स्वर हुनु प¥यो । नेपाल हाम्रो हो विदेशी दलालले कष्ट नगर्नाेस् भन्ने भावना हुनुप¥यो । यी सबै पक्ष राजसंस्था समेत अटाउने गरी संविधानको संशोधनमा विदेशी चलखेलका कुरा मात्र नराखी एक अटल विश्वमा एक मात्र हिन्दु राष्ट्रलाई पनि हाम्रो संविधान भित्र अटाउनु प¥यो । त्यसबाट नेपालको द्रुत विकास हुनेछ । स्वदेशमा चाहिने सामानको उत्पादन स्वदेशमा नै हुनु प¥यो । अरु त छोडौं सैनिक आवश्यक सामाग्रीहरुको उत्पादन पनि नेपालमा नै हुनुप¥यो । स्वदेशी कामदार नै प्रयोगमा रहनु प¥यो ।

आफै बनेका राजाको जस्तो व्यवहार हामीले बनाएका राजाले गर्दैन । श्रद्धापूर्वक सबै मिलि आस्थाको निसानीको रुपमा भएपनि एकताको लागि राजसंस्थाको स्थापना गरी सम्पूर्ण नेपाली एक भएर अभावहरुको मुकावला गरौं र शासन राजाले होइन कि हामी गरौं । उनलाई त केवल एकताको प्रतिकका रुपमा राखौं भन्ने जनमत रहेको पाइन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *