यसरी लज्जित छन् जनता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कञ्चनपुर र कैलालीका जनताको मात्र यथार्थता हो कि यहाँका जनता आफैले गरेका गलत कामबाट आफै लज्जित छन् । ठूलो धनराशी खर्च गरी रोपाई लगायो तर राती राती १२ बजे देखि ५ बजे सम्मको अवधिमा विराई विराई धानबाली चर्न थाल्छन् । जसको खेत सम्म जाने बाटो छ त्यहाँ नपुगेको दिन खाली छैन । राती सुत्न पाएका छैनन् । आफ्नो खेतमा चरिरहेको छ भने सुटुक्क अर्काको खेतमा लगाई दिने प्रवृत्ति हाबी भएको देखिन्छ ।

महेन्द्रनगर बजार, झलारी बजार, अत्तरिया बजार लगायतका विभिन्न ठाउँहरुमा गाई गोरु सडकमा सुतेका, दिउँसो भरी जो कोहीले पनि देख्न सक्छ । जताततै गोबरै गाबरले सडक लतपतिएको पाइन्छ भने कुनै ठाउँमा पानी नपाएर घाममा प्राण त्याग गर्न लागेको पनि देख्न सकिन्छ ।

जनताको अन्याय नभएको भए जनता हड्ताल गर्थे । बजार यातायात बन्द गराउँथे, नगरपालिका, जिल्ला प्रशासन घेराऊ गर्थे तर के गरुन अपराधी प्रवृत्तिका केही जनता जसले वर्षभरी गाईलाई दोहन गरी दुध खायो अन्तमा मध्यरातमा गोठबाट निकाली राजमार्ग र बजारमा लगेर छोडे । यस्ता ठाउँका यस्ता जनता, जे भएपनि आफ्ना बच्चाहरु फोहरमा लतपतिए भनेर छोड्न मिल्दैन समाल्नु पर्छ त्यस्तै आफ्ना मतदाताले गरेका अपराध जे सुकै घिन लाग्दा भएपनि समाल्ने काम जनप्रतिनिधिको पनि रहेको छ ।

घर–घर वडा–वडामा जनप्रतिनिधि छन् । या यस्तो कार्य रोकाउनु प¥यो दण्ड गर्नुप¥यो या जसरी भएपनि समाल्नु पर्ने दायित्व नगरपालिकाहरुको हामी पाउँछौं । जनताले भोली आफैले दिएको मतबाट पनि लज्जित हुने अवस्था नआउँला भन्न सकिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *