अजामील ब्राह्मण, आकाशे कित्ता र पीलु मोदी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट

कुनै पनि शिर्षक, विषय, अभिव्यक्तिहरु अकारण आउँदैनन् । अन्तर तहमा भइरहने उथलपुथल, देश कालीक वातावरण, सामाजिक परिवेश कारक तत्वका रुपमा अनिवार्य भएर रहन्छन् ।

हाम्रा शास्त्रीय ३ थानका पात्र तिनको निहितार्थ गहिरो पनि छ र अलंकारिक पनि देखा परिरहन्छ । सप्ताह पुराण लगाउने क्रममा प्रारम्भिक तह मै त्यसको उत्पत्तिको मुल पात्र धुन्धुली, उनका छोराहरु, धुन्धुकारी, गोकर्ण आख्यानबाट प्रारम्भ हुन्छ । त्यसै पृष्टभुमिमा अजामील नामका ब्राह्मणको प्रसंग मानस पटलमा बारम्बार आउने गर्दछ किनभने यो सर्वकालिक घटनाक्रम संग तादात्म्यता राख्दछ ।

के भएछ भने अजामील बामको व्यक्ति जातिले ब्राह्मण भएपनि तामसी वृत्तिहरुले व्याप्त थियो, नराधम थियो । उसका सन्तान पनि धेरै भए । सबभन्दा कान्छो छोराको नाम नारायण थियो । त्यस पुत्र प्रतिको आसक्ति अजामिललाई यत्ति थियो कि खादा सुत्दा जागृत स्वप्नावस्था लगायत हर समय नारायण भनेर सामुन्ने वा पछाडि आफ्नो त्यही कान्छो छोराको स्मरण उच्चारण गरी रहन्थ्यो र कालक्रमले अजामिल मर्न लाग्यो । दृष्ट भएकाले यमदूतहरु आएर पिट्न तर्साउन लागे । स्वभाव तह आफ्नो छोरा नारायणको स्मरण गर्दै चिच्याएर नाम उच्चारण गर्ना साथ हरिका दूत विमान लिएर आइ यमका दूतहरुलाई मारपीट गरी अजामीलको रक्षा गर्न लागे ।

हरिका दूत भएर यस्तो अन्याय अनर्थ किन गछौं भनि यमदूतहरुले भन्दा यो दुष्ट पापी थियो तर अन्तमा नारायण शब्द उच्चारण गरेको हुनाले सब पाप कट्टि भएर धर्मात्मा भएकोले दिव्य धाम लग्न आयौं भनि छुटाएर लगे । ज्यान, बलात्कार, भ्रष्टाचार, बाहुबली जे भएपनि ताकतवर दलसंग आबद्ध हुनासाथ ती सब नष्ट भइ योद्धामा रुपान्तरित हुने, राजाको जयकार गर्ने घोर गणतन्त्रवादीको रुपमा महिमा मण्डित हुन पाउने वर्तमान नेपालका घोषित अघोषित अजामिलका विषय जान्न कुनै भागवत पढी रहनु पर्दैन ।

कानूनी भाका आकाशे कित्ताको निहितार्थ पूर्जा दर्ता, पोत तिरेको स्वामित्व सबै छ तर स्थलगत अस्तित्व कही देखा पर्दैन । त्यसैले त अरबौंका खोला नाला बगर स्वामित्व भएको मानि पास हुने गर्दछन् । आयल निगम खरीद प्रकरण लगायतका घटनाक्रम यसका साक्षी बने । हालै सम्बन्धन दिएको काठमाण्डौंको एक तथाकथित मेडिकल कलेज कागजी रुपमा सर्वाधिक सुविधा सम्पन्नको प्रतिवेदनका रुपमा मान्यता पाएको हाकाहाकी उदाहरण । त्यस्तै साझा प्रकाशन लगायतका भागवत पुराणहरु नेपाली नयाँ स्वरुपमा अरण्यरोदन गरी
रहेको देखिन्छ ।

देशमा भ्रष्टाचार व्याप्त छ । यस विषय नबोल्ने कोही छैन तर स्वयं इमानदार अरु सब बेइमान देख्ने सुशिला कार्की प्रवृत्ति अनि भारत विरोधी समर्थक कोही कसैको एजेण्ट तर सबले इन्कार गरेको देख्दा सुन्दा छिमेकी देश भारतिय राज्य सभाका माननिय सदस्य पीलु मोदीको स्वतः स्मरण आउँछ । तत्समय के.जे.बी. अर्थात् सोभियत गुप्तचर संस्था, सी.आइ.ए. अमेरिकी जासुसी संस्थाका एजेण्ट प्रायः जसो दलहरुमा रहे भएको आक्षेप लाग्ने तर किटान कोही नगर्ने प्रवृत्तिको समाधानका लागि माननिय पीलु मोदी सेतो कपडामा लाल अक्षरमा लेखेर मै सी.आइ.ए.का एजेण्ट भन्ने साइन बोर्डलाई आफ्नो शरीरमा देखिने गरी लपेटेर गए ।

किन यस्तो गरेको भनि रुलिंग हुदा प्रायः जसोले एक अर्कालाई दोषारोपण गर्छन् तर खुलेर किटान गर्न नसकेको देख्दा कोही त हुनुप¥यो भनेर आफ्नो पहिचान गराए भनि जवाफ दिए । यो केही वर्ष अगाडीको वास्तविकता थियो र त्यसैले नयाँ नेपालको नारा दिएका वीरहरु हो ! त्यस्ता महान अभियानका बाधक यी हुन् भनेर नबताई रहन सकेन र अभिव्यक्ति दिइ रहेको छु ।

नयाँ नेपालमा नयाँ संविधान आइ सक्यो । त्यसमा कोही भोको रहन नपर्ने, इलाज उपचारको हक सबले पाउने लगायतका मौलिक अधिकार राखिएका छन् । त्यसको पालन भयो भएन यसमा कुनै तर्क गर्नुपर्ने अधिकार छैन किनभने यो सबको दोष हामी निरीह सर्वसाधारणको नै हो । किन विरामी परे वा किन भोकै बसे ? यसको जवाफदेही त विरामी र भोकाएकैमा छ ।

त्यसैले नायक अभियन्ताहरुले चिन्ता लिन पर्दैन । एक सह–सचिव बृहत पूर्ण इजलाशको आदेशबाट स–सम्मान तारिखमा छुट्छन् । अरब खरब जति भ्रष्टाचार भएपनि त्यसको जवाफदेही बन्नुपर्ने भन्नु नयाँ नेपालको अपमान ठहरिन बेर छैन । अझ त गुण्डा नाइके भनेर संबोधिन गरिएका दीपक मनाङे लगायत निरपराध शुद्ध ठहर्दै आफ्ना नियमित गतिविधि गर्न पाउने र के के हेर्न र सुन्न सकिने हो निकट भविष्यले त्यसको लेखाजोखा गर्ने नै छ तर हाम्रा प्रतिकात्मक पात्रहरु कालजयी अनुकरणीय छन् । यिनको विकल्प हुनै सक्तैन र आजका दिनमा बुझेको सार यही हो । अर्धशतक पार गर्न लागेको राष्ट्रध्वज गाट, पैसा, मान पाउने बीरहरुको क्रम बढ्दै गएपछि नयाँ नेपाल नबनेर कहाँ जाला ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *