भारतीय हस्तक्षेप नेताहरुको आग्रहमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी
आजको परिवेशमा एउटा कुरा भन्न र जान्नै पर्ने के देखिन्छ भने हाम्रा नेताहरु जानेर वा नजानेर सकेर वा नसकेर भारतको छाता मुनि बस्न बाध्य भएका छन् जुन कुरा हाम्रा प्रधानमन्त्रीहरुले अवकास पछि खुलासा सबैले गरेका छन् भने पदमा
रहदा–रहदै जानेर वा नजानेर जे जसरी भएपनि पुष्पकमल दाहाल प्रचण्डले प्रथम पटक पदमा रहदारहदै विरोध गरेपनि अन्तमा दिल्लीमा गरिएको १२ बँुदे सम्झौताको डोरीले बाँधिन पुगे ।

१९ सौं शताब्दी पूर्व देखि नै जब अंग्रेजहरुको राज्य थियो भारतमा राणा सरकारले हरतरहको सहयोग दिएका थिए र लिने पनि गरेकाले सम्बन्ध सुगौली सन्धीपछि राम्रो रह्यो । भारत अंग्रेजकै अधिनमा भएको बेला नेपालका सबै शासकहरु जो आज सम्म नेपालका प्रधानमन्त्री भए ती सबैभन्दा बढी फाइदा नेपाल र नेपाली जनताको लािग राणा प्रधानमन्त्री जंगबहादुरको मित्रताबाट भयो । नेपाल अधिराज्य भरी सबैभन्दा बढी तराई क्षेत्र रहेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सुगौली सन्धीमा गुमेको क्षेत्र फिर्ता पायो त्यो नै नेपालको ठूलो हितमा रहेको छ । देशमा जंगबहादुर पनि रहेनन् तर उनको शासन भाईहरुमा स¥यो । अंग्रेजहरुले भारत वर्ष छोडेर जाने एकिन १९४०÷४१ मा नै भइसकेको थियो ।

अंग्रेज सित सुगौली सन्धीले लगेको भुमि पनि थियो । जाने बेला जस–जसको भुमि हो उसैलाई फिर्ता दिने क्रममा हाम्रा नेता भरखरै उदाउदै थिए । दशरथ चन्द, शुक्रराज शास्त्री, वि.पि., मनमोहन यी सबै पंडित जवाहर लाल नेहरु सित सम्बन्धित रहेका थिए । राणा सरकार र राजाको भन्दा बढी विश्वास जवाहर लाल नेहरुजी सित नै थियो ।

बडो आनन्द र विश्वासका साथ हाम्रा नेताहरुलाई धन्यवाद दिदै भने तपाईहरुले पनि अंग्रेज हटाउ अभियानमा समेत भाग लिई जेलनेलमा सहभागिता जनायौ त्यसको प्रतिफल भारत स्वतन्त्रको बाटोमा पुगिसकेको हुदा नेपालमा पनि प्रजातन्त्र ल्याउँछौं तयार हुनु भनेपछि नेपालमा नेहरुको कुटील चालबाजीले गृहयुद्धको सुरुवात गराई अंग्रेजले छोडेको भु–भागमा दाबा नगर्न समेत बेवस बनाएको सही हो । २००७ सालको कुरा धेरै पटक लेखि सकियो । अब केही थप तथ्यहरु लेख्न र सार्वजनिक गर्न जरुरी नै देखिन्छ । त्यस कारण केवल १÷२ वृत्तान्त दिएका छौं ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले स्वीकार गरी सकेका छन् कि आज सम्मका सबै परिवर्तन भारतको अभिभावकत्वमा मात्र भएका हुन् तर जब म विद्यार्थी थिए त्यस बेलामा भारतीय विस्तारवाद मुर्दावाद भनि नारा लगाउँदा भारतीय जेलमा पनि बस्नु परेको थियो । नेपालमा रक्तपात सशस्त्र आन्दोलन नगरी बौद्धिक शान्तिपूर्वक आन्दोलन के गर्न सकिदैन थियो त भनि पत्रकार विजय पाण्डेयको प्रश्नको जवाफमा उनले भनेका छन् विश्वमा भएका अरु घटना परिवर्तनहरु हिंसाबाट नै भएकाले हामीले पनि यही बाटो अपनाएका हौं । भारतलाई सहभागिता नगराएमा हामी कुनै पनि परिवर्तन गर्न सक्दैनौं र भारतको सहारा लिनै पर्ने देखिन्छ । नेपालमा भारतीय राजनीतिक एजेण्ट नभएका त होइनन् सबैले मान्ने गरेकै छन् । उहाँले विजय पाण्डेयको एक प्रश्नको उत्तरमा भनेका थिए ‘भन्न त मलाई पनि भारतीय एजेन्ट ‘रअ’ को मान्छे भन्छन् त्यो सही हो तर म एजेन्ट होइक कि भारतबाट नै मैले पढे, अन्तमा विद्यावारिधी पनि उतैबाट गरेको थिए । भारतले नेपालमा यस्तो उस्तो गर्नाेस् भनेर आफै त भन्दैन गर्दैन पनि तर हामी राजनीतिक पार्टीका प्रमुखहरु गएर
मेरो पार्टीको लागि यस्तो उस्तो गरी देउ भन्छन् र जान्छन् । २०६२÷०६३ को दिल्लीमा भएको १२ बँुदे सम्झौता पनि त्यसैमा आधारित छ ।’

यी सबै चलखेलको अध्ययन गर्दा भोलीका दिनहरुमा नेपालले सिक्किम नबनेपनि भुटान अवश्य बन्नेछ यदि नेपालका नेताहरुको रवैया यस्तै रहने हो भने । यी नेताहरुलाई राजसंस्था सित मिलेर होस् वा पार्टी पार्टी मिलेर देश चलाउन लाज लाग्ने तर भारतीय नेताहरुको आदेश शिरोधार्य गर्न मनासिव ठान्दछन् भने त्यो भन्दा ठूलो अन्याय यस देशको लागि केही हुन सक्दैन । सार्क सम्मेलनमा राजीव गान्धी र उनकी श्रीमती सोनियाले पशुपतिमा जान खोज्दा राजीवलाई जान हुन्छ तर सोनियालाई हुदैन भनेको दिन देखि नै नेपाल भारतको पेचापेच बढेको थियो । बहुदलिय व्यवस्थाको पुनरबहाली पनि भयो । त्यति बेला नै नेपाललाई धर्म निरपेक्ष राजाविहिन देश बनाउने सोचमा उनी उनको परिवार लागि परेको थियो । त्यसकै फल हो २०७२ को संविधानले धर्मनिरपेक्ष राष्ट्र पाएको ।

भारतमा ४÷५ सय देशहरु थिए । अंग्रेजले एकिकरण गरी एक देश बनाइ दियो । भारतको जन्म दिने र विकास गर्ने यी दुई काम अंग्रेजले गरेका हुन् । अंग्रेज नै भारतको भाग्यविधाता हो भारतलाई स्वयं गर्ने ठाउँ छैन । नेपाल माथि अचेलको जस्तो त्यो बेलाको शासकले हुन दिएन । बरु नेपाललाई ब्रिटिसले सम्मान दिएको थियो । दुई देश बिच जे कुराको छलफल हुने गथ्र्याे यथार्थलाई आधार मानी गर्दथे । वर्तमानमा नेपाल र भारतका नेताहरु बिच जे सहमति सम्झौता हुन्छ दिल खोलेर हुदैन केवल नेपाल र भारतका सिधा सोझा जनतालाई झुक्याउने काम मात्र हुने गरेका छन् । त्यस्तो कुराको पोल पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईबाट समेत खुलेको छ । पत्रकार विजय पाण्डेयको एक प्रश्नको उत्तर दिदै भनेका थिए ‘जुन कुरा समझदारी सहमति सम्झौता सार्वजनिक हुन्छन् ती त केवल देखावटी मात्र हुन् ।

भारतले अझै सम्म आन्तरिक भित्री मनले आडम्बरी नेपाल माथि अदृश्य हस्तक्षेप कायम राखेको सन्दर्भमा उसले आफु खुसी नभई नेपाली पार्टीहरु कै अनुरोधमा गरी रहेको संकेत पनि दिएका थिए । हुन पनि हो २०४५÷४६ को आन्दोलनमा नेपाली नेताहरु कै अनुरोधमा नाकाबन्दी लगाएको थियो । त्यस्तै दिल्लीमा ८ दलले गरेको १२ बँुदे सम्झौता पनि हो । पहिले झुकेपनि एक दुई नेता झुक्दथे । १२ बँुदेमा पुरै ८ दलका सबै नेताहरुले आत्म समर्पण गरेको कुरा कुनै हालतमा पनि नलुक्ने रहेछ । अझै यस्तै कुकर्ममा हानथाप भइ नै रहेको हामी पाउँछौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *