अतिक्रमित भवन ढल्ने खतरामा








महेन्द्रनगर, ०३ भाद्र । महेन्द्रनगर नगर विकास समितिले खानेपानी सित जोडिएको सडक एरिया कब्जा गरी व्यापारिक भवन निर्माण गरेको २० वर्ष भन्दा पनि बढी भइसकेको छ ।
त्यसले गर्दा मदन चोक एरियामा सवारी चलाउन अप्ठ्यारो मात्र होइन अशोभमिय समेत भएको छ नै सडकको एरिया समेत हाल सम्म खाली गरेको छैन । त्यसबारे सडक कार्यालय तथा प्रशासनिक निकाय समेत मौन बसेको छ ।
त्यति मात्र होइन मदन चोक स्थित कैनोडा कम्युनिकेशन रहेको भवनको माथिल्लो तलाको सिँढी छेउमा रहेका इट्टा समेत खस्न लागेका छन् । उक्त भवन पूर्ण रुपले चर्किएको छ ।
कुनैबेला पनि मानविय क्षति हुन सक्छ । यस बारेमा त्यस क्षेत्रका व्यापारी र माथि पसल सञ्चालन गरेका व्यक्तिहरु सित त्यसबारेमा किन जानकारी नदिएको भन्दा ‘हामीले मौखिक जानकारी गराएका हौं, हुन्छ हुन्छ भन्यो, भाडा असुल्न आएका थिए भाडा बुझायौं तर यी टुट्न लागेका भवनहरुको कुनै मर्मत सम्भार गरिएन, बाहिर भित्र जाने बेला ठुलो खतरा महसुस भएको छ ।’ यस बारेमा जो कसैले बुझ्न चाहेमा प्रष्ट देख्न सकिन्छ ।
यदि समयमा होस् पु¥याउने होइन र जिम्मेवार व्यक्ति तथा निकायले नगर विकास समितिलाई भन्ने होइन भने यसबाट ठूलो क्षति नहोला भन्न सकिदैन ।







