कालाजारका विरामी फेला








महेन्द्रनगर, ०२ भाद्र । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ ।
कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उहाँमा कालाजार भएको पुष्टि भएको हो ।
पदमका दाजु राजु चौधरीले भाइलाई कालाजार भएको पुष्टि भएकाले उपचारका लागि आर्थिक अभाव भएको बताउनुभयो । निःशुल्क उपचारका लागि नगरपालिकाबाट सिफारिस बनाएपनि अझै खर्च जुटाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
एक सातादेखि पदमलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । चिकित्सकका अनुसार सेन्डफ्लाइ नामक भुसुनाको टोकाइले सार्ने लिस्मेनिया नामक परजीवीको संक्रमणका कारण कालाजार हुने गर्छ । साँझ र राति भुसुना बढी सक्रिय हुने गर्दछन् ।
लिस्मेनिया संक्रमित कुकुरलाई भुसुनाले टोकी मानिसलाई टोकेमा कालाजार हुने गर्दछ ।
रासस
Please follow and like us:







