पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

डडेल्धुरा, ०३ भाद्र । एकातिर वर्षातको समय छ भने अर्काे तर्फ प्राविधिक तथा ट्रान्सर्फमरको अभावले गर्दा समय समयमा विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।

प्रदेश नं. ७ का पहाडी जिल्लाहरुमा विद्युत सेवा अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि नै डडेल्धुरा लगायतका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो ।

कैलालीको अत्तरियामा रहेको सबस्टेशनमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख राजमणि बजगाईले जानकारी दिएका छन् ।

अवरुद्ध विद्युत सेवा सुरु गर्न अत्तरियाको सबस्टेसनमा कर्मचारीहरु खटाइएको र छिट्टै विद्युत सुरु हुने प्रमुख बजगाइले बताएका हुन् ।

विद्युत नहुँदा सुदूरपश्चिम का पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, डोटी र अछाम क्षेत्रका उपभोक्ता अध्यारोमा बस्न बाध्य भएका छन् ।

विद्युत नहुँदा यस क्षेत्रका सञ्चार माध्महरु बढी प्रभावित भएका छन् । शनिबार बिहानबाट नै विद्युत सुविधा प्रभावित हुदा यस क्षेत्रका अधिकांश संचार माध्यमहरु बन्द रहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *