पहिलो भत्ता बाढी पीडितलाई प्रदान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

डडेल्धुरा, ०२ भाद्र । अजयमेरु गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले पहिलो बैठकको भत्ता बाढीपीडितलाई दिने निर्णय गरेका छन् ।

देशका विभिन्न क्षेत्रमा भएको बाढी पहिरोको पीडालाई कम गर्न देशैभरीबाट राहत संकलन गरेर सहयोग होस् भनेर आफूहरुले पाउने भत्ता दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्टले बताएका छन् ।

गाउँपालिका अन्तगरतका सबै जनप्रतिनिधिको एकदिनको भत्ता, शिक्षक र कर्मचारीको एकदिनको तलव, गाउँपालिका अध्यक्ष राहत कोषमा जम्मा गरि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको अध्यक्ष भट्टले बताएका छन् ।

उनले अन्य इच्छुक व्यक्तिहरुलाई पनि सहयोगको लागि आग्रह गरेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *