सुस्ताबासीले भत्काए गण्डक नहरको बाँध

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


नवलपरासी, ०२ भाद्र । गण्डक नहरका कारण डुबानमा परेको भन्दै बाँध भत्काउन गएका सुस्ताबासीलाई स्थानीय प्रशासनले रोकेको छ । साथै नेपाल र भारतका अधिकारीहरुबीच डुवान पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको छ ।

हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुवानमा परेको थियो । सुस्ताबासी गाउँमा जम्मा भएको पानीको निकास दिन भन्दै फलामे पुल नजिकै गण्डक नहरको बाँध भत्काउन पुगेका थिए ।

झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८ र १० मिटर लामो र झण्डै एक मिटर गहिरो कुलो समेत खने । तर, स्थानीय प्रशासनले नहरमा पानी खसाउन दिएन ।

प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले स्थानीयबासी बाँधमा पुगेको स्वीकार गरे । ‘खेतको पानी नहरमा हाल्नुर्पयो भनेर स्थानीय पुगेका हुन् तर, हामीले भारतीय पक्षसँग कुरा गर्छौ भनेर रोेकेका छौं’ रानाले भने ।

गण्डक जलविद्युत आयोजनाका लागि पानी ल्याउन नहर बनाइएको छ । विद्युत उत्पादनपछि यो पानीलाई भारतले सिंचाईका लागि लैजाने गरिएको छ ।

तर, नहरका लागि बनेको बाँधले सुस्ता डुवानमा परेको सुस्ताबासीले बताउँदै आएका छन् । बिहीबार स्थानीयले नहरको बाँध नै भत्काउन खोजेपछि बसेको नेपाल र भारतका अधिकारीहरुको बैठकमा तीन दिनभित्र समस्या समाधान गर्न भारतीय पक्ष सहमत भएको प्रमुख जिल्ला अधिकारी रानामगरले बताए ।

भारतीय पक्षले डुबानका कारण भएको क्षतिको क्षतिपूर्ति उपलव्ध गराउने, नहर सफा गर्ने र नहरको पानीलाई अण्डरग्राउण्ड गरेर लैजाने सहमति भएको जनाएको समाचार विभिन्न समाचार माध्यमहरुले जानकारीमा ल्याएका छन् । बाँधलाई भौतिक रुपबाट घन कोदालाले भत्काउने होइन भत्काउनै पर्छ भने दुई देश बीचको वार्ता द्वारा भत्काउनु पर्छ किनकि यो पनि जनता कै सार्वजनिक सम्पत्ति हो भन्ने कुराको विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *