दुई चरणमा चुनाव गर्न निर्वाचन आयोगको सुझाव








काठमाण्डौं, ०३ भाद्र । वर्तमानको समयमा निर्वाचनलाई मतपत्रको छपाईको बहानामा मात्रै निर्वाचन दुई चरणमा गर्नु उपयुक्त छैन किनभने मतपत्र छपाई र ढुवानीको काम गर्न सक्ने क्षमता भएका प्रेसहरु सबै प्रदेशहरुमा छन् । लोकतन्त्र, गणतन्त्र, संघीयता केवल राजनीतिक क्षेत्रको लागि मात्र होइन यसमा त उद्योगी व्यापारी सबैको लागि हुनुपर्दछ ।
उद्योगी व्यापारीको अधिकार खोसेर केन्द्रीकरण गर्न मिल्दैन भन्ने धारणा बोकेका छन् रामसिंह धामीले । यदि सम्बन्धित प्रदेशका प्रेसहरुबाट मतपत्र छपाउने हो भने उम्मेदवारीको दरखास्त लिएको १५ दिन भित्र अर्थात् प्रचारप्रसार अवधिसम्म मतपत्रहरु नमुना अनुसार छापी निर्वाचन आयोगमा बुझाउन सक्ने क्षमता राख्दछन् कञ्चनपुर जिल्लाका प्रेसहरु ।
एकै पटकमा संघीय संसद् र प्रदेशसभाको निर्वाचन गर्न सहमत प्रमुख तीन दललाई निर्वाचन आयोगले ती निर्वाचन दुई मितिमा गर्न सुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भदौ १ गते साँझ भएको तीन दलका शीर्ष नेता र आयोगका पदाधिकारी सहितको बैठकमा मतपत्र छाप्न नभ्याउने कारणले हिउँ पर्ने जिल्लामा आगामी मंसिर ४ र अन्य जिल्लामा मंसिर २१ गते दुवै तहको निर्वाचन हुने गरी मिति तोक्न प्रस्ताव गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा भएको सो छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने भए एक दुई दिनमा मन्त्रिपरिषद्बाट मिति तोक्न, ५ भदौ भित्र प्रतिनिधि सभा र प्रदेश सभा सम्बन्धी विधेयक संसद्बाट पारित गर्न र १५ भदौ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन माग गरेको छ ।
निर्वाचन सम्बन्धी ती दुई विधेयक संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन भएकाले त्यसलाई सहमतिमा छिटो पारितका लागि प्रमुख दलका प्रमुख सचेतक र समितिमा रहेका सदस्य समेत रहेको राजनीतिक संयन्त्र बनाउने सहमति भएको छलफलमा सहभागी नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
राष्ट्रिय जनता पार्टी नेपाललाई चित्त बुझाउन संविधान संशोधन विधेयकमा ४ भदौमा मतदान हुने कार्यतालिका छ ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आयोगले उक्त मिति प्रस्ताव गरे पनि २ भदौमा थप छलफल गरेर सरकारले टुङ्गो लगाउने बताए । बैठकमा प्रधानमन्त्री देउवा सहित, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादव सहभागी थिए ।
यसरी एकैपटक निर्वाचन गराउँदा पैसा र समयको बचत हुनेछ । जनताले पनि पटक पटक धाइराख्नु नपर्ने, मतपत्र छपाई तथा ढुवानीको लागि समस्या नहुने भएको कारणले निर्वाचन एकैपटक गर्नु वेश छ भन्छन् कञ्चनपुरका छापाखाना सञ्चालकहरु । सम्बन्धित प्रान्तमा नै छपाई गरी सकेपछि ढुवानी गर्नलाई पनि अत्यन्तै सजिलो हुने देखिन्छ ।
सुरक्षाको प्रत्याभुति सरकारबाट पाएमा छापाखाना सञ्चालकहरु रात साझँ गरेर भएपनि समयमा काम फछ्र्यौट गर्ने हिम्मत राख्दाराख्दै निर्वाचन आयोगले कुनैपनि स्थानिय छापाखाना सित सल्लाह नै नगरी जनतालाई प्राप्त अधिकार पुनः सिंहदरबारमा फर्काउनु उपयुक्त छैन ।







