बाढीबाट जनता र देशलाई बचाऊ !








हरेक रोगको निदान भएपछि विरामी ठीक हुन्छ । त्यस्तै देशका विभिन्न ठाउ“मा डुबान, बाढीबाट रोक्न सकिन्छ तर निदान हुनुपर्छ । बाढीले जनतालाई सताई नोक्सान भएपछि राहतको नाममा भौतारिने सरकारी निकायहरुले यदि इमानदारी र लगनका साथ बाढी नियन्त्रणको काम गर्ने हो भने अवश्य संभव देखिन्छ ।
हाम्रा राजमार्गहरुको कारण पानी रोकिएर डुबान भएको हो भने त्यसको तथा भारतले बनाएका बा“ध, सडकहरुको कारणले डुबान हुन्छ भने उचाई नाप गरी कति डुबान हुने हो त्यसको अध्ययन दुबै देशको साझेदारीमा गरेर बच्ने उपाय गर्नु पर्दछ । भारतले बा“ध बनायो सडक बनायो नेपाल डुब्यो भनेर रेडियो, पत्रपत्रिका मात्र कराएर केही हुनेवाला छैन । देशभर बाढी नियन्त्रण, अनुसन्धान गर्ने एक विशेषज्ञको टिमको आवश्यकता साथै सरकारको ठोस कार्य नीतिको आवश्यकता रहेको छ ।
बाढी के कति कुन क्षेत्रमा आउछ भन्ने कुराको अध्ययन प्रत्येक गाउ“, खोलानाला, नदिहरुको आधार, नदि नियन्त्रण, नदि क्षेत्रको आवाद इत्यादिहरुबाट बाढीको संभाव्यता हेरी सोही अनुसार गाउ“को बस्ती निर्माण गरेमा बालीनालीको क्षति भएपनि मानविय क्षतिबाट बचाउन सकिन्छ । स्वयं गाउ“ले रोकथामको व्यवस्था गर्न नसक्ने भएमा जसरी भुकम्प प्रतिरोधी घर बनाउने अभियान चलेको छ त्यस्तै बाढीले क्षति कम गर्ने खालको बस्ती सरकारले बनाई दिनुपर्ने, गाउ“को वरिपरी बाढी नियन्त्रण गर्न भरान गरी त्यही अनुसार जनतालाई पक्की कच्ची घर निर्माण गर्न सिकाई सरकारले सहयोग गर्नुपर्ने देखिन्छ ।
नियमपूर्वक बस्ती बसेको छ छैन सरकारले समयमा पुस, माघमा नै एकिन गरी सक्नु पर्दछ । नदि र खोलाको बेल्ट नछोडी जग्गा दर्ता गरेको छ भने त्यस ठाउ“बाट बस्ती हटाई अन्यत्र सार्नुपर्छ वा मुवाब्जा दिएर बाढी लाग्ने ठाउ“बाट उठाउनु पर्दछ । नदि र खोलानालाको हिस्साको जमिन जनताले प्रयोग गर्न मिल्दैन । बाढी लागि सकेपछि दुःख व्यक्त मात्र गर्न सकिन्छ तर रोकथामको लागि ३÷४ वर्ष पूर्व देखि नै लागि रहनुपर्छ । सरकारले जो जहा“ बसेका छन् त्यही जग्गा दर्ता गरी दिएको हामी पाउ“छौं र त्यही अनियमित दर्ताले पनि आज बाढीको प्रमुख कारण बनेको छैन भन्न मिल्दैन ।
यो समीक्षा पूर्वी तथा मध्य तराईको क्षेत्रको मात्र नभएर पश्चिम तराई तथा पहाडी भेगको समेत रहेको छ । बैतडी, बझाङ, दार्चुला, अछामका जंगलहरु अन्तिम पटक भएको सर्पट नापीमा ठूला ठूला जंगलहरु पनि व्यक्तिका नाममा दर्ता भएका पाइन्छन् । ती जंगलहरु तथा नदी खोलाहरु व्यक्तिको नाममा दर्ता हुनुपर्ने कारण के थियो र किन भए यसतर्फ पनि सरकारले विशेष खोजी नीति गर्नुपर्छ । जंगल कटान गर्नुहुदैन भन्दा त्यहा“का जनता हास्छन् र भन्छन् आफ्नो नाममा दर्ता गरेको जग्गाको उपभोग हामीले किन गर्न नपाउने ? जहा“ ठूलाठालु भनिनेहरुको बस्ती छ त्यहा“का जंगल दर्ता छन् तर गरिव बस्तीका ऐ“सेलु, किरमडाका मुल्जा समेत बु“ट्यानमा राखेको छन् । जहा“ बोट विरुवाहरु छन् त्यो क्षेत्रलाई बुट्यान भनेर जनाएका छन्, दर्ता छैनन् ।







