मत पत्र छपाई बारे निर्वाचन आयोग किन अन्यौलमा ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सातवटा प्रान्त र संसदको दुबै निर्वाचन एकै पटक गर्दा मत पत्रहरु ढुवानी तथा छपाई गर्न नसकिने भन्ने निर्वाचन आयोगको गुनासो जायज छैन । के मत पत्र छाप्ने अधिकार काठमाण्डौंका प्रेसलाई मात्र छ ? परिक्षाका पेपर हाईनन् लिक हुने, नमुना मापदण्ड दिएर सकेसम्म जिल्लाका मत पत्र जिल्लामा नभए छिमेकी जिल्लामा भएका प्रेसहरुको क्षमताको आधारमा सम्बन्धित क्षेत्रमा आवश्यक पर्ने मतपत्र पनि केन्द्रबाटत नै छपाउने हो भने प्रान्तहरुका प्रेसहरुले के पाउने ?

बरु उम्मेदवारी लिए पछि प्रचार प्रसारको समय एक महिना दिएर आवश्यक पर्ने मत पत्र मात्र छपाउनु प¥यो जसले गर्दा मतदाता लाई चुनाव चिन्ह खोज्न लामो समय नलागोस् ।

मत पत्र छपाउँदा ७ न. प्रदेशको लागि कैलाली र कञ्चनपुरको ३÷४ प्रेसलाई दिएमा रात साझँ गरी छाप्न सक्ने क्षमताका प्रेसहरु छदै छन् । बरु सुरक्षाको लागि प्रहरी तथा निर्वाचन आयोगका कर्मचारीलाई प्रेसमा खटाउनु पर्ने हामी देख्दछौ । सिंहदरवारका हरेक काम प्रान्तमा आउनु प¥यो । राजनितिक पाटीहरुको मात्र होइन कि ब्यापारी उद्योगीहरुले पनि आफ्नो हक भोग गर्न पाउनु प¥यो भन्ने जन धारणा र प्रेसहरुको सुझाव पनि रहेको छ । मत पत्र छाप्न र ढुवानी गर्न नसकिने भन्ने गुनासो निर्वाचन आयोगले गर्न छोड्नु प¥यो ।

स्थानीय व्यापारी उद्योगी प्रेसहरुको पनि अधिकार छ । त्यो अधिकारको भोग गर्न पाउने व्यवस्था सम्बन्धित क्षेत्रले गरि दिनु प¥यो । त्यसै बमोजिमको सुझाव निर्वाचन कार्यालयहरुले केन्द्र लाई समेत पठाइ दिनुपर्ने जनधारणा रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *