जङासै पुर्चौंडी परिचय

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather
 बल बहादुर कुँवर

मडपूजी खानु भडजुजी खानु भन्ने उपमा रहेको पुर्चौडी गर्खाको प्रारम्भिक आदीकाल रिषि मुनिहरुको तपस्या गर्ने ठाउँ हिमखण्ड फुलझाडी चारैतीर हराभरा वनजंगल भएको र चारै दिशाबाट झरेको जलधाराले भरिएको कालो डरलाग्दो झिल तलावकोे तप्का हुदा कालझाडी भन्ने गरिएको जनवोल छ । देव भाषामा अहिले पनि धामी झाग्रीबाट काल झाडी टुक्साको डल्ली विषको भाडी भनी वोल्ने गरेको पाइन्छ ।

देवी देवताहरुको वासास्थान रहेको र देख्दा डरलाग्दो तप्का हुदा दक्षिणबाट प्रवेश गर्ने मानिसहरुले वसोवास गर्ने आँट गर्न नसकि फुलचुणी देवगणहरुलाई चढाई फर्कने गरेको कारण फुलचुडी भन्ने गरेको र फुलचुडिको अपभंस भएर पुरचुणी र त्यसबाट पुर्चौडी भन्ने गरिएको पाइन्छ । विज्ञहरुको भनाइमा यस तप्काको भूभाग फराकिलो रहेको र जन समूदायको बस्ती ठूलो रहेको हुदा संस्कृत भाषामा फराकिलो क्षेत्रलाई चौडा र ठूलो बस्ती भएको ठाउँ लाई पुर भनिने गरेको कारण ठूलो बस्तीबाट पुर र फराकिलो क्षेत्रबाट चौडाको अर्थ समिकरण गरि पुरचौडा हुन गएको भनाइ पनि रहेकोछ ।

पुर्वाधमा हिमाली भाग तिब्बतको मुगु, हुम्लाबाट झरेका जाड मगौँल, लामा, भोटे जातका मानिसहरु आइ बसोवास गरेका र जुम्ला सिजाका बैश्य राजा नाग मल्लको अधिनमा रहेको थियो । आठौ सताब्दी सम्म यो भेगमा अवादी थिएन । त्यस पछिको आवादी हो भन्ने अतित छ । यस गर्खाको वहुचर्चित मान्साहारी डिङेराजा गोकर्ण जाडको भगनाशेष डिङकोटले पनि यस कुराको पुष्टि गर्दछ । यस गर्खाको क्षेत्र दिनभर हिडन नसकिने तप्का हुदा जङासै भन्ने गरिएको पाइन्छ । आस त्रासमा देवी देवताहरुको नामबाट र डिलेस्वरी आधार हाइस्कुलको नामबाट प्रख्यात यस तप्काको आदिकाल चार किल्लामा पुर्व धौलकाणाँ कोट पश्चिम छिना लेक उत्तर गनैको खनैचो दक्षिण धाणाँलेक रौलेश्वरको पनढाल रहेको छ । धनुशाही (धनुष्क) वंशावली लिपिका अनुसार यी चार किल्लाको प्रारम्भ नेपाल एकिकरणको सिलसिलामा १९ सौ सताब्दी तिर बहादुर शाहले डोटी राज्य कब्जा गरि यस गर्खाको डिठ्ठामा ध्यान धनुष्कलाई नियुक्त गरि पठाउदा पुर्वमा बझाङ वित्थद पश्चिममा पन्ज्यूकानया उत्तरमा लेकमवारिल सुकुराडी दक्षीण माल्लेक तोकिएको भन्ने लिपि छ । पुरघाट मौजा डिठ्ठा धनुष्क काजी भई +सिमापनि तोकियाँ
पुर्व बझाङ वित्थड र पश्चिममा + पन्ज्यूका नया तोक्या
उत्तर लेकम वारिल सुकुराडी +दक्षीण माल्लेक भया
चौदिशा चौकिल्ला सिमनाको + रक्षायाँहा धनुष्क डिठ्ठा ग¥याँ

पौना धनुष्कबाट तयार पारिएको यस लिपिमा र वि.स २००४ सालमा स्थापित डिलेश्व।री आधार हाइस्कुलको छापमा पुरघार भन्ने रहेको छ । प्रहरी चौकी स्थापनामा पनि पुरघाटकै नामबाट संचालित रहेको पाइन्छ ।

एकिकरणको नेपाल १८ रौं सताब्दी पछिको शासकिय भाषा राणाकाल वि.स २००७ साल सम्म जिल्लैडोटी इलाका बैतडी दार्चुला अमिनी पुर्चुणी गर्खा भन्ने अभिलेख रहेको यस गर्खालाई निर्दलिय पञ्चायती ब्यवस्था वि.स २०१७ साल पछि र बहुदलीय प्रजातन्त्रको पुनरवहाली वि.स.२०४६ सालपछिको शासकिय भाषामा भटना, न्वादेउ, माहादेव, डिलासैनी, मटैराज, तल्लादेही मल्ला देही, कोटिला, भूमिराज, कुवाकोट, कटौजपानी, विजयपुर एवं हाट गाउँ पञ्चायत तथा गा.वि.सका नामबाट विखण्डन भएर चिनिने गर्दछ ।

पञ्चायत कालको रा.पं.सं. बहुदलिय कालको सांसद सदस्य तथा लोक तन्त्रात्मक गणतन्त्रको संविधान सभा सदस्यको निर्वाचन क्षेत्र न.१ भित्र पर्ने यस गर्खाबाट राष्ट्रिय पञ्चायत सदस्यका लागी भएको वि.स २०४३ सालको निर्वाचनमा श्री डम्बर बहादुर बम ज्यू सांसद सदस्यको निर्वाचन वि.स २०४८ र २०५६ मा निज डम्बर बहादुर बमज्यूँका सुपुत्र श्री नरेन्द्र वम ज्यू नेपाली काग्रेस उम्मेदवार र संविधानसभा सदस्य निर्वाचन वि.स. २०६३ मा श्री नरेन्द्र बहादुर कुवँर (विजय सुन्दर) माओवादी उम्मेदवार निर्वाचित भएको पाइन्छ । जल सम्पदाको क्षेत्रमा यस गर्खाको विच भागबाट वग्ने नदी लाई जमाडी भन्ने गरिन्छ । पुर्चौडी गर्खाको पन्ढाल चारै दिशाबाट वगी आउने खोलाको पानी जमा भएर बग्ने नदी हुदा र प्राचीज कालमा विश्व पर्वत वित्थडमा जामदी रिखिले तपस्या गर्दा स्वर्गबाट ल्याएको जाहवी नदीको पानी मिसिएको हुदा जमाडी नाम रहन गएको हो यस नदीमा वित्थड एवं धाणाालेक बाट झरेको पानी बाट वग्ने नदीलाई ऐराडी कोटिला गाड, धौल काणाँ एवं शिरकाणाँबाट झरेको पानी वग्ने नदीलाई वागा गाड, गैरगोलेक देखि वगी आउने जल धारालाइ लोली गाड भन्ने गरिएको छ । तिनै गाड एक ठाउमा मिसिएर वनेको त्रिवेणी सतेसेलो वाट जमाडीको रुप लिएर वग्ने यो नदी पन्ज्यूका नयाँ पुगेर चौलानी नदीमा विलय भएको छ ।

जमाडी नदीको दक्षीणबाट लामुडी गाड, सल्लेचोर लिमरी गाड, मौभेरी गाड, गोरङगाड, रिमखोला, र उत्तरबाट घट्टेगाड, ढाणालीगाड, जोखल्ली गाड, सिमचानीगाड, मिसिएको पाइन्छ । यिनै खोला नालाबाट आदीकालका झिलतलावको पानी निकास भए पछि बसोवास योग्य करेटा नुवाकोट, धन्नासी, पेलतडी, खडखेत, लोलि, हाट, भवने र ऐराडी सम्मका खेत जलबाट थल तयार भएका हुन भन्ने छ ।

लेख तयार पार्दा सम्म विद्युतिय क्षेत्रमा सामुदायिक विद्युतिय प्रणाली अन्तर्गत वागागाड, लोलीगाड, कोटिलगाड, जोखल्लीगाडबाट विद्युत उत्पादन गरि केही गाउवासीहरुले विजुली वत्ती उपभोग गर्न पाएका छन । अन्य खोलागाडहरुबाट पनी सामुदायिक विद्युतिय प्रणाली अन्तरगत विद्युत निकाली उपभोग गर्न सकिने प्रवल संभावना रहेको पाइन्छ ।

विकासको हरेक क्षेत्रमा निक्कै पछि परेको विकट मानिने यस गर्खामा शिक्षाको क्षेत्रले अग्रिम पाइला चाली मा.वि. उच्च मा.वि. संचालित छन् । वि.स. २००४ सालमा स्थापित डिलेश्वरी आधार हाइस्कुल हाल पुर्चौडी वहुमुखि क्याम्पसको रुपमा संचालित भई अग्रिम स्थान हासिल गरि धरोहरको रुपमा रहेको छ ।

घनाजंगल लेक नङरको बस्ती रहेको यस तप्कामा ओखर, काफल, आम, अमरुद, आल्पोखरा, केरा सन्तोला, चुक, जामिर, आदी किसिमका फलफुल, धान, मकै, कोदो,जहुँ, गहुँ अनाज, खेतीमा र दाल दलहनमा मास, भट्टमास, गहत, मसुर, उत्पादन हुने र पशु पालन खेती कृर्षानी नै मुख्य पेशा रहेको यस गर्खाको अधिकान्स भू भाग वाडीपहिरोले क्षेत्री ग्रस्त छ । यातायातका सवालमा ढोलेमोडबाट जाने सडक, खोचेलेकबाट जाने सडक र वित्थड दोतलाबाट झर्ने सडक पुर्चौडी गर्खालाई जोडने निर्माणाधिन छन् । भाङाको खेती भाङाको लोतबाट वुनिने वोदलाको पहिरन एव लुवाको धौखानी जाती भातला यस गर्खालाई चिनाउने सिप्लकला थिए । कानूनी प्रतिवन्ध र पुर्चुणाहरुको सिल्पकला देखि डाहा गर्नेहरुले गिज्याउने गर्दा लोप हुनुले आफ्नो परिचय गुमाएको पाइन्छ । पुर्वजहरुले लुवा तामाको धौखानीबाट ढुङ्गा गलाई लुवा तामाको उत्पादन गरि भाँडा वर्तन वनाउने गरेका धौखानीका अवशेषबाट यो गर्खा लुवा तामाको खानी भएको भन्ने पाइन्छ । खरी ढुङ्गाका खानी रहेको यस गर्खाको धौलकाणाँ पत्थरखानी परिचयको प्रतिक छ ।

आफ्नै भिरपहराको उत्पादन निङलाबाट आफ्नै सिपश्रोतबाट तयार गरिने सुप्पो, मौनो, डोको, नाली माना, छाप्रो, कुरु, फिर जस्ता निङलाका भाँडा आदीकाल देखि चलन चल्तीमा आएका थिए । जडीबुट्टीको धनी वनजंगल रहेको छ । विकास गर्न सके धौलकाणाँ कोट रौलाकोट, शिरकाणाँ जस्ता रमणीय पर्वत प्रयटकीय क्षेत्रको रुपमा ग्रहण गर्न सकिने क्षेत्र रहेका छन् ।

लेकपुजी खानु नङरजुजी खानु भन्ने मान्यता पाएको यो तप्का देवभूमिको रुपमा रहेको छ । केदार, मालिका, महादेव, डिलासैनी, मौभेरो टिस्कले, औरेतो, भौतले, अटयाल, निमुन, जसैराज, हुकन्ने, मठैराज, रुदेपाठो रतेसेलोक कैलपाल, लोखाडी, धौलपाठ माहादेव, विणेश्वर महादेव, भूमिराज, दडमेटो माहादेव, आदी देवताहरु विराजमान रहेका छन । यस गर्खाको भाटनालाई देउथली देवताको सभा लाग्ने भन्ने र मोडमण्डपलाई आदी कालदेखिको देवभूमिको मुल स्थान मान्ने गरेको पाइन्छ ।

मानिसको मासु खाने डिञकोटका डिञेराजा गोकर्ण जाडको कालखण्डमा देवगण लोप भएका थिए । पछि पहिलो प्रादुभाव वि.स.१२६० साल तीर भएकी माता भगवती तल्लादे डिलासैनी हुन भन्ने छ । शक्तिरुप डिलासैनी भगवती गर्खावासी सबैकी कुलदेवी हुन् ।

परम्परा रिति रिवाज प्रथा अनुसार पर्वपर्वमा जात चैतोली लाग्ने देवी देवताहरुका माँणौ मण्डपमा वँजाइने चँढाइने नौमती वाजा, विकुल, झ्याली, मिजरा वासुली विणै भोकर ढाँका एवं जात चौतोली गौरामा खेलिने ठाडोखेल देउडा, ढुस्कु, फागँ रागँ, रतेडा, सगुन गर्खाको संस्कृती रहेको छ ।

नयाँवर्ष विशुत्यार, गौरा, नवरात्री दशै, दिपावली, माघेसँक्रान्त्री, नरहरी माघे पन्चमी, गर्खाका चाँडवाँड तिहार मानिन्छन् । यस मध्येमा नयाँ कपडा फेर्ने महिलाहरुले तिनदिन षष्टी, सप्तमी, अष्टमी सम्म व्रत उपासनामा बस्नुपर्ने अठवाली मंत्र पुरा गरि दुवधागो प्रशाद ग्रहण गर्नु पर्ने पञ्चमीका दिन पञ्च अनाज गहु कलौ गत मास गुराँसका दाना भिजाई विरुरा राख्नु पर्ने गोरा पर्वको तिहार महत्वाकांक्षी रहेको पाइन्छ । यस पर्वमा सकेसम्म घरका सकै परिवारको उपस्थिति जमघट हुने गर्छ । बटुक भात, सेल पुरी भोजनका मुख्य आक्रसक हुन् । मनोरञ्जनको लागी झ्याली, विणै, वासुली जस्ता नौमती वाजाँ वजाइने गर्दछन । यसबाट पुर्चौडीगर्खाको संस्कृती भेषभुषा झल्केको हुन्छ ।

यो गोरा पर्व शिव पार्वतीको गाँथा गानमा आधारित छ । पुत्र प्राप्ती गर्न नसकेकी विक्रमादित्य राजाको रानीबाट शिव पार्वतीको उपासना गरी कृर्तिमान पुत्र भोजको जन्म भएपछि रानीले यस व्रतलाई निरन्तरता दिन आफ्नो राज्य भरीकी नारीहरुलाइ उपासना व्रत बस्न लगाएपछि यस गोरापर्वले परम्परा पाएको भन्ने किमदन्ती छ । शास्त्री लक्ष्मीकान्त जोशी ज्यू बाट प्रकाशन गौरा सप्तमी, दुवौअष्टमी ब्रत कथा नामक पुस्तकबाट गौरा पर्व प्राचीन कालदेखि चलिआएको भनी भविश्य पुराण उत्तर पर्वमा श्री कृष्ण युधिष्टीर सम्वाद भएको वर्णन गरेको पाइन्छ । विरुरा पञ्चमीदेखि अष्टमी सम्म मनाइने यस गर्खाको ठूलो चाडपर्वमा शिव पार्वतीको प्रेम गाथा गाइने गर्दछ । राजा हिमालको गोदमा पार्वतीको जन्म भए पछि पार्वतीले शिवजीलाई वर प्राप्त गर्न रचेको वाल प्रेमरसलाई महेश्वर र महेश्वरीको रासलिला गाइने गरिन्छ । लोक लयमा यिनै महेश्वरी पार्वतीजीलाई गोरा भन्ने गरिएको र शिवजीलाई महेश्वर भनी पुकार्ने परम्परा छ । प्रत्येक गाउँ एव जनसमुदायमा आ आफ्नो गोरेघरको निर्माण गरि राख्ने गरेको छ । यस गोरा पर्वमा विवाहीत महिलाहरुले व्रत बस्नु अनिवार्य छ । नौलो व्रतारा महिलाको पुरुषले षष्टमीका दिन व्रत बसी शुद्ध ठाउँबाट धान, सौँ, ओल्सा, बेरुल्ला समेत पञ्च झारको गोरा वनाइ पटलो ओडाई सिँगार पटार गरी गोरे घरमा ल्याउने चलन छ । गाइ गाँैदान गरि व्रत उपासन शुरु हुन्छ । खासगरी यो पर्व राजा विक्रमादित्यको राज्य कुमाँउ गढवालबाट विस्थापित भई यस क्षेत्रमा बसोवास गर्ने जनसमुदायले मान्ने गरेको पाइन्छ ।

नाग पञ्चमी नागको पुजा बसन्त श्री पञ्चमीका दिन नाक कान छेडने पठनपाठन शुरु गर्ने नयाँ कपडा लगाउने छ्यौर मुन्डन गर्ने र हरबोधनी तुल्सी एकादशीका दिन तुल्सी विवाह गर्ने, कृष्णजन्माष्ठमी शिव चर्तुदशी गर्खा वासीका मुख्य व्रत उपासनका पर्व रहेका छन । भाइ बहीनीको विचको सम्बन्ध कायम राख्न रक्षा पुर्णीमाका दिन भाइलाई वहीनीले रक्षा राखी दिने दिपावली दुत्तेका दिन भाई टिका लगाउने । खेतीपाती राम्रो होस रोग ब्याज नलागोस भन्नाका लागी गाउँले मिलि साझा वोका किनि भुमिराजलाई वली चढाउने । नयाँ अनाज गहुँको न्वागी दिने नौँ कलइ लगाउने धानको कुन्नेमा भिजाएको चामल वा झ्याउका सेल पकाइ वाँस उठाल्ने पित्रीश्राद्ध गर्ने गर्खावासीको संस्कृति रहेको छ ।

क्षेत्री ब्राह्मण बैश्य, र दलित गरि चार जात छत्तीश वर्णका मानिसहरुको वसोवास रहेको यस गर्खाको जनसमुदाय मध्ये सल्याल, स्वड्याल, डाडाकोटी, भन्याल जोशीहरु र साल विसाल एव वगाललाई संरचनाका धनी भन्ने र काला गोरा चिरपरचितको रुपमा रहेका छन । यस गर्खाको प्रत्येक गाउँको जनसमुदाय भित्र जनसख्याको चाँैथो स्थानमा दलित वर्गको वसोवास छ । नकालीका धरेणीलुहार सलकाटैका पार्कि, कोटिलाका ओखडा र दँेका लुहार आदीवासी हुन भन्ने छ ।

देवतामा डिलासैनी राजामा लटैवम शासकमा धारा धिरा गाउँलेमा काला गोरा भन्ने जनजिव्रोमा रहेको छ । पिडामा डिङकोट डिञेराजा गोकर्णजाडको घरपालो लगाई मानिसको बलि गरि मासुखाने कालखण्ड एगारौ सताब्दी तथा एकासौ सताब्दी वि.स. २०५२ साल देखिको १० वर्षे जनयुद्धको जन अभियानको काल खण्ड सुनको गहना खोल्नुपरेको पकाएकोरोटी विछ्याएकोओछ्यान छोडनु परेको पिडा स्मरण गर्ने गरेको पाइन्छ । तल्दे, मल्दे, भाटना, काफलखानाको जात कोथला, वोदला मट्टा चितराको ब्यापार गर्खावासीमा आक्रसण मानिन्छ ।

नेपाल एकिकरण भन्दा पुर्व स्वसासित रहेको यस गर्खामा ११ रौ सताब्दीको डिञकोट डिञेराजा गोकर्ण जाड, १२ रौ सताब्दीको नयाँकोट नुवाकोट धिराचन । वि.स. १३८० सालको संरचना रुजकोट लटैवम १५ आँै सताब्दीको दिकाकोट पिथैवम । १६ औँ सताब्दीको धौलकाणाँकोट नरदपनेरु । रौलाकोट पुरीपनेरु । गर्याडी पिपलकोट जैवम । डाडाकोट रन्जीतकोर । श्रीकोट सुन्दरवम । जाडराज्यका कफलकोट, जरकोट, हाडाकोट, गुनाकोट र उकुरचनको वुङाकोट अतितको रुपमा छन् । आदीकालको पुर्चौडीगर्खा संचालनमा रिति थिति कलभरको पजनी माता डिलासैनी वाट हुने । अँलकारी राजा वमलाई मान्ने । वाह्य आक्रमणको सुरक्षाका लागी धिरा वंशमा वाहु टिको लागेको । भवनेको सभाखलामा पजनीको मुख्य सभालाग्ने र सल्याल, स्वराड डाडाकोटी, भन्यालको अनिवार्य उपपस्थिती रहने । साल, विसाल, वगाल, परिचालक थिए भन्ने जनवोल छ । प्राचिन कालको पुर्चाैडी गर्खाको बारेमा स्कन्द पुराण र माहाभारतको अनुशासन पर्वमा वर्णन गरिएको पाइन्छ ।

पुर्चौडी गर्खाको विच भागमा बग्ने जमाडी नदीको पवित्रताको बारेमा वर्णन गर्दै सकन्द पुराणले यस भू– भागलाई मानस खण्ड मान सरोवरको तट पवित्र तिर्थ स्थल भएको भनि ब्याखया गरेको पाइन्छ । सौनका ऋषिहरुले हे सुत वर्त ब्यास जी जाह्वी नदी (जमाडी नदी) को उत्पती कहाँबाट कसरी भएको हो र त्यसको नाम जाह्वी कसरी पर्न गएको हो । यस मनुश्य लोगमा कसले प्रकाशित गरेका हुन । जाह्वी नदीमा स्नान गर्नाले के फल पाइन्छ । यी नदीका तटमा कती तिर्थहरु छन् भनी राखेको जिज्ञाशा प्रश्नबाट ब्यासजीबाट आज्ञा भएको छ ।

चमल्या नदीको बाङ भागमा गण पर्वत (गनैको लेक) छ । त्यो पर्वत लड्डु जस्तो शिखरा कारको छ ।त्यस गणदी पर्वतमा उक्लिएर उत्तर स्थित गणेशको पूजा गर्नाले प्रारम्भमा गरेका कार्यको कहिले पनि विघ्न वाधा पर्दैन । त्यस गणदी र्पितको दक्षीण पाश्र्वमा विश्य संग्यक पर्वत (विथ्थड) छ त्यस विश्य संग्यक पर्वत विचभागमा माहालिङ्ग नामले प्रसिद्ध माहादेव विराजमान छन् । माहालिङ्गको पश्चिम भागमा सकन्द कुमार (कार्तिकेय) लाई काखमा लिएर शिवजीको समिपमा भवानी पार्वती विराजमान छन् । माहालिङ्ग नामले प्रसिद्ध देव देवेश माहादेवका परिवारको पुजन गर्नाले माहा फल प्राप्त हुन्छ । यस विश्य संग्यक पर्वत (विथ्थड) मा आएर जमदन्गी ऋषिले विणेश्वर माहालिङ्गको पुजन गरे अनि त्यहा आफुलाई पानी चाहिएको हुदा जमदन्गी ऋषिले भगवान विष्णुका चरण कमलबाट उत्पन्न जाह्वी गंगा ल्याइ निकासा गरेका हुन । नदीमा श्रेष्ठ जाह्वी नदी विप्रर्षि जमदन्गीले तपस्या गरेको समय उनकै स्नान हेतु विश्व पर्वतमा थिइन जमदन्गी ऋषिले यो वाह्वी नदीमा स्नान गरि सिद्ध प्राप्त गरि सकेपछि आफ्ना आश्रममा फिर्ता भए । यो जाह्वी नदी मानवकालागी पूण्यदाही भएर यहाँ रहेकी हुन । समस्त पापको नास गर्ने भएकीले यो जाह्वी जमाडी नदीमा स्नान गर्नाले हरिद्धारामा स्नान गरेका समान फल प्राप्त हुन्छ । जाह्वी नदीको मुल विश्व पर्वत हो । त्यसको मुहानमा विश्व नाथको पूजा गरिन्छ ।

सर्व प्रथम जाहवी नदी र धेनुका नदीको संमगम छ । त्यस समगममा साङकरी देवि र भेनुका देविको पूजा गरिन्छ । त्यस समगममा स्नान तर्पण श्राद्ध गर्नाले पितरको मुक्ति हुन्छ । त्याहा पछि विर्छिका नदीको (वागा गाड) जाह्वी नदीमा समागम हुन्छ । त्यस समगममा पवित्र राता शिला छ । त्यहाँ स्नान गरि राता शिलाको पुजनले परम गती पाइन्छ । ती दुबैको मध्य भागमा डधिजा देवि जागरुक छन् । ती दधिजा देविका पुजनले इच्छाएको फल पाइन्छ । त्याँहा पछि शेष सवताल छ । त्यसपछि चाणक्य नामको तालको छ । त्यसपछि पवित्र वालिसर आउछ ।त्यसपछि भद्रा नामकी नदी संगमित हुन्छ । त्यस पछि भमौरा द्रि(मौभेरा) बाट प्रवाहित हुने सत्य दायिनी सतपदा नदी जमाडी नदीमा समाहित हुन्छन् । त्यस मैभेराको पर्वतमा उक्लिएर भ्रामरी, साङकरी शिब शक्तीको पुजन गर्नाले दुःख परनाश हुन्छ । भ्रामरी नदी र नाह्वी जामाडीको समगम मध्य भागमा स्नान गर्नाले सुगाले पनि भ्रामरी शिब शक्तीका प्रभावले सत्यलोग प्राप्त गरेका हुन । त्यसको माथि ह्रद तलाव कुण्ड छ । त्यस तलाव कुण्डमा नाबुक शंकर भगवानको पुजा गर्नाले सास्वत मुक्ति पाइन्छ । त्याहापछि मौभेराको डाडा प्रकट भयो । त्यसको खोलामा प्रवाहित हुने सेजा, बाबावती, कुलिराना नामकी तीन पवित्र नदी छन् । ती नदीपनि जाह्वी नदीमा सङगमिक हुन्छन् त्यस पवित्र संगममा समागम गर्नाले श्यामा स्नानको फल पाइन्छ । त्याहा जाह्वी नदीको दाहिने भागतर्फ पवित्र नाग पर्वत छ । वाया तर्फ मन्दीराद्री पर्वत मौभेराको पवित्र शक्ती पिठ छ । ती दुबैको मध्ये भागबाट अति पवित्र पाप नाशनी जाह्वी प्रवाहीत भएर जान्छन् । ती नदीको चर्म वती चमल्यामा समगम हुन्छ । त्यस महासमगम समसानको खरानी घस्ने जाह्वी शिवजी छन् । ती जाह्वी शिवजी को पुजा गर्ने मानिस शिवलोक जान्छ । त्यसपछि मोभेराबाट नै प्रवाहित भएर आउने धिवरा नामकी नदी जमाडीमा र चमल्याको महासंमगम भई संगमित छन् । धिवराकै समगम समिपमा मेनका र मन्दोदरी नामकी नदीको समगम छ । यसरी हजारौ नदीलाई आफुमा संगमित पार्ने अनेकौ तिर्थस्थलले विभूसित जाह्वी जमाडी) नदी श्रेष्ठ छ । यो नदी मानिसका करोडौ पाप नाश गर्नाका लागी पृथ्वीतलमा अवतरित भएकी हुन भनी स्कन्द पुराण मानस खण्डको १२८ र १२९ अध्यायमा वर्णन गरेको पाइन्छ यसै अध्यायमा पुरचुडा चुडी विभिन्न देब नगरमा श्रेष्ठनगर चुडामणी भनी वर्णन गरेको पाइन्छ ।

पुृर्चौडी गर्खाका देवी देवताहरुको माहातम्य लेखमा जनजिव्रोको आधारमा यसै युगको विगतका सताब्दीमा प्रादुभाव भएका भनि वर्णन गरिएपनि प्रकृती परिवर्तन शिल हुदा कहिले नास्तिक र कहिले आस्तिक हुने गर्दछ । नास्तिक समाजको बेलामा देवता विलाउने र आस्तिकमा प्रादुभाव हुने भएकाले जुन सताब्दी जसरी प्रादुभाव भएको पाइयो त्यसै अनुसारको वर्णन माहातम्यमा गरिएको हो यथार्थमा सबै देवि देवताहरु सृष्टि संरचना कालदेखिका हुन । गाउँ घरमा लाटो भौनेली आदी जुन नामबाट पुकारेपनि यस क्षेत्रका सबै देवता शिबरुपी र देवि पार्वती रुपी हुन । अस्तु ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *