पहाडी क्षेत्रमा विशेष सुविधा हुनुपर्ने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जनताले पहाडबाट तराईमा बसोबास किन सार्छन ? यस बारेमा नेपाल सरकारले विशेष अनुसन्धान गरी बरु तराईबाट पहाडमा बसाई सर्ने माहौल बनाउनुपर्ने देखिन्छ । पहाडका किसानहरु भोकमरीको कारणबाट २०१५÷१६ साल देखि तराई झर्न सुरु गरेभने आजको परिवेश र उहिलेको परिवेशमा आकास पातालको फरक छ ।

पहाडी क्षेत्रको विकासको लागि यातायात नै मुल ढोका हो । अब करिब करिब यातायातको क्रान्ति चलेको छ । ग्रामिण भेगमा परस्पर मिलेर आफ्नै खर्चमा सडक बनाउने कामको समेत थालनी भएको देखिन्छ । ७ नं. प्रदेश सु.प.को कुरा गर्दा २०४७ साल देखि श्रीभावर हाट सुरु भएको सडक अनेक राजनीतिक तनावको कारण देखाई २०६७ सम्म पनि हाट पुग्न सकेन । २०७२÷७३ मा कोटिला सम्म कच्ची सडक पुग्यो । त्यो पनि प्राविधिक त्रुटि पूर्ण रहेको र उपभोक्ता समितिहरुले जीवोकोपार्जन कार्यक्रम अन्तर्गत बनाएकोले पनि उनलाई दायित्व बोध पनि भएन । केवल रासन र पैसाको स्वार्थ रह्यो भने प्राविधिकहरुको कमिसन पनि खुलास्त नहुदा सडक बनेपनि उपयोगमा ल्याउन अझै ठूलो सुधार गर्नुपर्ने देखिन्छ ।

जहा“ जहा“ सडक पुगेको छ र पुग्ने सम्भावना छ त्यो क्षेत्रका जनताको लागि नया“ कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । सबै ठाउ“मा बत्तिको र बाटोको व्यवस्था सुधार गरियोस् । त्यसपछि आत्मनिर्भर हुने उत्पादन मुलक कार्यक्रम जनतालाई दिएर जनस्तरलाई माथि उठाउनु पर्ने रहेको छ । युवाहरुलाई स्वदेशमा नै रोजगारी दिन फलफुल खेती, खनिज पदार्थ जस्तो सानो स्केलमा खरी उद्योग परम्परागत नै भएपनि धातु उद्योग, फलफूल प्रशोधन तथा फलफूल उत्पादनको लागि माटोको छनोट, उपचारको व्यवस्था पहाडी भेगमा आवश्यक पर्ने सामाग्रीको खोज गरी आपूर्तिको व्यवस्था गर्ने ग्यारेन्टी सरकारले दिई विद्यालयहरुलाई निरिक्षण गरी समय समयमा जिल्ला शिक्षा कार्यालयले निरिक्षण गरी विद्यालयको स्तर उन्नति गरी पहाडी जिल्लामा पठनपाठन गर्न चाहनेहरुको लागि उतै व्यवस्था हुनुपर्ने तराई तिर आई सरकारी क्याम्पस विश्वविद्यालयमा पढ्न आउने पहाडी विद्यार्थीको लागि स्तरिय छात्रावासको व्यवस्थामा प्राथमिकता दिई पहाडी क्षेत्रको विकासमा सरकारले नया“ नीति बनाउनु पर्ने देखिन्छ ।

यदि पहाडी जिल्लाको विद्यार्थीले पहाडी जिल्लामा नै सेवा गर्ने प्रतिबद्धता जनाउ“छ भने उसले मेडिकल, कृषि, इन्जीनियरि· अर्थात् अन्य कुनै पनि विषय पढ्न नेपाल सरकारले छात्रवृत्तिमा पढाउने तथा अन्य सुविधा पनि दिनुपर्ने ठान्दछौं । सम्बन्धित जिल्लामा पछि काम गर्ने गरी छात्रवृत्तिमा पढ्न चाहनेको लागि सूचना प्रकाशित गर्ने शर्तहरु कम्तीमा पनि १० वर्ष वा बढी सेवा गर्नेलाई फलानो सुविधा थप दिइनेछ भन्ने व्यहोरा समेत उल्लेख गरेर अनेक प्रयास गरेर पहाडी जिल्लालाई माथि उठाउने प्रयास त्यहा“का सभासदहरुले अनिवार्य गर्नुपर्ने ठान्दछौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *