निजि विद्यालयहरुले छुट्टै लाइसेन्स लिनुपर्ने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज निजि बोडि· स्कुलहरुलाई बन्द गर्नुपर्छ भन्ने आवाज एकातिर उठिरहेको छ भने ति स्कुलहरुले झन् झन् मनमानीका साथ गर्नै नहुने काम गर्न लागेका छन् । विद्यालयको पठनपाठन र शिक्षकहरुको पढाई माथिको निगरानी भन्दा पनि कसरी बढी आम्दानी हुन्छ त्यता तर्फ जोड दिएको पाइन्छ ।

महेन्द्रनगरका धेरै विद्यालयहरुमा कापी, किताबहरु विक्री गरेर त्यसबाट आउने कमिसन त लिएकै छ फेरी थप अनैतिक कार्य सुरु गरेको देखिन्छ त्यो हो विद्यालयको लागि शुक्रबार मंगलबारको ड्रेस स्कुलले विक्री गर्ने, टि–सर्टको पछाडी विद्यालयको नाम तथा लोगो राखी विद्यार्थीलाई विक्री गर्ने तर प्रचार प्रसार भने स्कुल कै रहने भएकाले एक तीरले दुईवटा सिकार खेल्न विद्यालयले चाहेका छन् ।

निजि विद्यालय भएपनि शिक्षा राष्ट्र कै योजना बमोजिम भएकाले विद्यालय माथि जिल्ला शिक्षा कार्यालयले निरिक्षण गर्नु पर्नेमा निरिक्षण नियन्त्रण केही नगरेकोले शिक्षा कार्यालयलाई नै भोली असजिलो पर्न जाने जनधारणाहरु रहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *