१९५० को सन्धीमा चलखेल








नेपाल भारतको मैत्री सन्धी सन् १९५० मा राणा सरकार प्रधानमन्त्री मोहन शमशेरले आफ्नो खुसी राजीले गरेका नभई भारतीय प्रधानमन्त्री जवाहर लाल नेहरुको षड्यन्त्र ल्याउने बहानाबाजी गरी अल्पज्ञानी अदूरदर्शी तत्कालिन हाम्रो युवा नेताहरु वि.पि. लगायतका महामानवहरुलाई महादानव बनाउन गलत सोच र प्रवृत्तिले मियाको सिर मिया कि जुते भनेझैं गर्ने षड्यन्त्र थियो ।
त्यति बेला हाम्रा नेता तथा नेपालीलाई प्रजातन्त्रको भन्दा आवश्यकता अंग्रेजले लिएको भुमि फिर्ता लिनुपर्ने आवश्यकतालाई राणाहरुले पुरा गरी जस आफुले लिन्छन् कि भन्ने आशंकाले सन् १९५० को सन्धी गर्नकै लागि र नेपालमा प्रजातन्त्र नामको भुत तेर्साउन राणा सरकारको विरुद्धमा आवाज उठाउन आफुले संरक्षण गर्ने प्रतिबद्धताका साथ राजा त्रिभुवन र राणा प्रधानमन्त्रीलाई नेपाली नेताहरुले जवाहर लाल नेहरुको कब्जामा अवश्य पु¥याएका हुन् र सन्धीको मस्यौदामा हाम्रा आन्दोलनकारी नेताहरुको परामर्शमा यी काम भएका थिए ।
सन् १९५० को सन्धिले सुगौली सन्धी पनि खारेज गरेको हुदा भारतिय पक्ष यो सन्धि खारेज गर्नमा रहेपनि सो कुरा आफुले नगरी नेपाली नेताहरुबाट गराई रहेका छन् । त्यो झन् ठूलो गम्भीर षड्यन्त्रको विऊ पुनः रोपिदैछ ।
आज पनि नेपाली नेताहरु कै सहयोगमा नेपाललाई परतन्त्रमा धकेलिने खेल भई रहेका छन् । धर्म संस्कृति माथि साझा हमला भइरहेको भएपनि आजको परिवर्तित विश्वमा विश्वकै सीमानाहरुमा फेरबदल हुने सम्भावनाहरु देखिदै छन् ।







