अनेकता बेइमानीको निसानी रहेछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी
अनेकता भित्र स्वार्थ लुकेको र लुकाएको हुन्छ । नेपालको नयाँ व्यवस्थाले जरा गाड्नुपर्नेमा हात्तीले रुख ढाल्न खोला नालाबाट पानी बोकी रुखमा खन्याउँदै हल्लाउँदै गर्छ यदि उसको शत्रु ठहरिने कुनै थोक रुखमा चढेको छ भने अन्तमा एउटा हात्तीले पानी बोक्दै अर्काेले हल्लाउँदै गर्छ जब सम्म रुख ढल्दैन ।

आज नेपाल भित्र विदेशी तत्व त्यसरी नै परिचालित भएको छ । जब सम्म देश पूर्ण छियाछिया हुदैन तब सम्म देशलाई हल्लाई रहेको छ । यो देशमा कोही पनि स्वाभिमानी देखिएका छैनन्, देखिना साथ एकलिन्छन् । २००७ साल पूर्वका शासकहरुले हरेक चलाकी गरी १०४ वर्ष राणा सरकार रह्यो । त्यसपछि देशमा उज्यालो आयो भनी सीमापारीबाट आफ्ना मनपरेका लाई छानेर नेपालमा शासन गर्न पठायो । राजा त्रिभुवनको साथमा परराष्ट्र मन्त्रालयको सहसचिवलाई पि.ए.को रुपमा पठायो । उसले भने बमोजिम नेपालको क्याबिनेटले गर्नुपर्ने तानाशाह लादियो । राजा महेन्द्रलाई मन नपरी वि.पि.कोइरालाको सल्लाह समेत लिई राजा त्रिभुवनका पि.ए.लाई हटाइयो । त्यसबेला नेपाल माथि भएको बौद्धिक आक्रमण तत्कालको लागि हटेपनि नेपालमा एकताको गाठो बलियो नभएकोले त्यो आक्रमण आज अर्थात् २०६२÷६३ मा दिल्ली दरबारबाट नविकरण गरियो विद्रोही विद्रोही बिचको १२ बँुदे द्वारा ।

वर्तमनाको अवस्थामा एकतालाई अनेकतामा बदलिएको छ । अनेकता आफैमा स्वार्थी वस्तु हो । आज प्रमाणको लागि राप्रपालाई लिन सकिन्छ । अथाहा प्रयासबाट एकिकरण भएको राप्रपाले आज भिन्नै रुप लिन तम्सियो र कसैको छाया बन्न गएको छ । विदेशी हस्तक्षेपको पिडा भोगी सकेको राप्रपाले स्वदेशी तथा परदेशीको ठुलो पिडा प्रति प्रचित राप्रपा अझ फुटेको छ । राप्रपा फुट्नु उसको अधिकार हो जुट्नु पनि अधिकार हो । उसले आफ्नो अधिकार प्रयोग गर्दा कति कार्यकर्ता कति स्थानिय नेताहरुलाई पिडा भयो र हुन्छ । त्यसतर्फ उनीहरुको ध्यान छैन ।

आज सम्मका सबै भु.पु. प्रधानमन्त्रीहरु सबैले भन्दै आएका छन् तर प्रचण्डले भने प्रथम पटक प्रधानमन्त्री भएको बेलामा नै भनेका थिए ‘विदेशी प्रभुले नेपाल माथि गरेको खेल थाहा छ, म झुक्ने वाला छैन’ उनी त प्रभुको खेलकै कारण प्रधानमन्त्री बनेका पनि हुन् तर माननिय पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पनि २०५२ चैत्र १३ गतेका दिन विचार आफ्नै केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी केही विचार व्यक्त गरेका थिए जसका केही अंश उनकै पार्टी तेस्रो पटक फुटेको अवस्थामा उल्लेख गरिएको छ ।

नेपालको राजनीतिक इतिहासमा संभवतः पहिलो पटक कुनै पार्टीलाई सरकारको नेतृत्व गर्न प्राप्त भएको अवसरलाई आफ्नै पार्टी भित्रको गुटबन्दी र नियोजित षड्यन्त्र द्वारा अस्वीकृत गर्ने उदाहरण हालसालै प्रस्तुत भएको छ । करिब ६ वर्ष अगाडी स्थापना भएको रा.प्र.पा.लाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुनु निश्चय नै गौरवको विषय हो । यस अवसरको सदुपयोग गरी राष्ट्र निर्माणको अभियानमा अनुकरणिय उपमा प्रस्तुत गर्ने सुनौला मौकालाई जालसाजी द्वारा पराजित तुल्याउनु निसन्देह पार्टीको निमित्त ठूलो दुर्भाग्य हो ।

म यहाँहरुलाई स्मरण गराउन चाहन्छु कि सर्वाेच्च अदालतको ऐतिहासिक फैसला द्वारा संसदको पुर्नस्थापना भएपश्चात् नै नयाँ सरकराको नेतृत्व गर्न पार्टीको संसदीय दलको नेताको रुपमा मलाई अनुरोध प्राप्त भएको हो । तर त्यसबखत रा.प्र.पा.ले नेपाली कांग्रेसलाई वचन दिइसकेको हुदा सो अनुरोधलाई हामीले स्वीकार गरेनौं । यसैबीच अधिराज्यका प्रायः सबै जिल्लाहरुमा पार्टीका कार्यकर्ताहरुबाट कांग्रेसी ज्यादतीको तीब्र विरोधहरु देखा पर्न थाल्यो । सरकार गठन गर्दा भएको समझदारीलाई नेपाली कांग्रेसको तर्फबाट बारम्बार उल्लंघन गरियो । दुबै पार्टीहरु बीच भएको समझदारी विपरित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसको तर्फबाट बढी संख्यामा प्रतिनिधित्व गराइएको मात्र होइन प्रशासनयन्त्रलाई पार्टीकरण गरी निहित राजनैतिक स्वार्थ पूर्ति गर्ने माध्यम समेत बनाउन खोजियो । जिल्लाहरुमा रा.प्र.पा.का कार्यकर्ताहरु माथि अनावश्यक रुपले दुःख दिने, हतोत्साहित गर्ने र उपेक्षा गर्ने कार्यहरु भए । यथार्थमा पार्टी सरकारमा रहेतापनि स्थानिय स्तरमा पार्टी कार्यकर्ताहरुले सरकारमा भएको अनुभुति गर्न पाएनन् ।

यस्तो अवस्थामा त्रुटि र कमजोरीहरु हटाइ सत्तारुढ दलहरुका बीचमा समझदारी र आत्मियता कायम गर्न खोज्नुको सट्टा कांग्रेसका वरिष्ठ एवं जिम्मेवार नेताहरुले नै आफु संगै सत्तामा बसेको राप्रपाका विरुद्ध अनर्गल वक्तव्य दिएबाट स्थिति अझ विकट हुदै गयो ।

यी उद्गार हुन् आफ्नै सरकारलाई ९ महिना नपुग्दै गिराई आफ्नै पार्टीको अर्काे व्यक्ति प्रधानमन्धी बनेपछिका क्रियाकलापबाट त्रसित चन्दले पत्रकारहरु संग केही मौखिक कुराकानीका प्रमुख अंश ।

एमालेले त्यसै हिड्दा हिड्दै प्रधानमन्त्रीको अवसर भिडाएको होइन । म रा.प्र.पा.को पार्टी नेता हुँ । संसदीय दलको नेता पनि भएकाले संसद संग डिल गर्ने अधिकार मेरो हो । तर राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा यसैपाली परम्परा देखि सामञ्जस्यले सर्वसम्मत निर्णय गर्ने परिपार्टीको उल्लंघन पहिलो पटक गरियो । त्यो एकतर्फी र कायरतापूर्ण निर्णय थियो । यस्ता प्रायोजित निर्णयहरु कहाँ कसरी भए भन्ने कुरा मलाई विधिवत जानकारी पनि छैन ।

राष्ट्रिय राजनीतिमा भएको विदेशी खेल प्रति ज्यादै चिन्तित हुनुपर्ने बेला आएको छ । भोली पार्टी भित्रको निर्वाचनमा वा वडा सदस्यको निर्वाचनमा पनि कसैको इसारा पर्खेर बस्ने स्थिति नआवस् ।

देशमा अनेकता आउनु भ्रष्टाचारले र परतन्त्रले बढावा पाउनु हो । कसै मित्रको खेलमा नेपालका पार्टीहरु फुटेको संघारमा छन् र जादैछन् । क्रान्तिकारी माओवादी पार्टीको समयमा पच्चिसौं हजार मरेपनि अन्तमा सबै पार्टीहरुले हर बहाना गरी उस्कै अंग भइसकेका थिए । अन्तमा संविधान बन्यो, पूर्वप्रधानमन्त्री तथा सभासद बाबुराम भट्टराईले पार्टी तथा सभासदबाट समेत
राजीनामा दिई पार्टी परित्याग गरी नयाँ शक्ति नामको पार्टी खोली देशदर्शन गरी रहेका छन् । यी खेल बाुबरामजी खुद नभई विदेशी षड्यन्त्र हो । माओवादी पार्टी एक भए शक्ति सन्चय गर्छ कि भन्ने डर स्वदेशी र विदेशीलाई थियो । त्यस्तै आज राप्रपाको स्थिति पनि भएको छ । यो देशमा राष्ट्रवादी शक्तिलाई कसैले पनि अगाडी बढेको देख्न नसक्नेहरु कै खेल हुन् ।

देशको निर्दलियताका विरुद्धमा उभ्याई प्रजातन्त्र नाम नराखेको बहुदलको पुनर्जन्म भयो । २०४७ मा त्यो संविधानको धज्जी उडाउँदै लोकतन्त्र नामको संविधान आयो । अझै आजै देखि यो गणतन्त्रलाई पनि असफल बनाउन यस माथि पनि षड्यन्त्र हुन लागेको छ । संविधान बन्यो निर्वाचन पनि भयो अझ हुदै पनि छन् जनप्रतिनिधि स्थानिय स्तरमा पाएका छौं तर पनि बीच बीचमा खतराहरु आई रहेका छन् । यदि प्रान्तहरुले वैदेशिक ऋण तथा अनुदान सोझै लिन पाउने अधिकार बनाउने हुन् भने देश कहाँ जान्छ सजिलै अनुमान गर्न सकिन्छ ।

अझैपनि केही पार्टीलाई फुटाउने र केहीलाई जुटाउने काम दुतावासहरुबाट भइरहेका छन् । यी सब खेल भ्रष्टाचार अनैतिकताको लागि हो । देशको एकता खलबल्याई आफ्नो हैकम चलाउन र नेपालको निसानी मेटाउने खेल भइरहेपनि स्वाभिमानी युवाहरु यी खेलहरुको चकनाचुर गर्नेछन् भन्ने विश्वास पनि हामीले लिनै पर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *