रुद्राभिषेक सहित शिव पुराण महायज्ञ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

लक्ष्मी प्रसाद भट्ट, महेन्द्रनगर, २१ श्रावण । शिवधाम क्षेत्र विकास समिति महेन्द्रनगर र महर्षी फाउन्डेशन काठमाण्डौंको संयुक्त आयोजनामा महेन्द्रनगर स्थित शिवधाम दिव्य पशुपति नाथको मन्दिरमा यही श्रावण १ गते देखि रुद्राभिषेक सहित शिवपुराण महायज्ञ संचालन छ ।

प्रत्येक दिन बिहान ६ बजे देखि सायंम ९ बजे सम्म शिव पूजन, महारुद्राभिषेक, मुलपाठ, वेदाध्यायन, कथा प्रवचन, सत्संग, भजन आदि आध्यातिमक कार्यक्रमहरुको साथमा संचालन भइ रहेको छ ।

उक्त कार्यक्रमका संयोजक श्रीमहन्त शिवधाम पशुपतिनाथ, मन्दिर आयोजक शिवधाम क्षेत्र विकास समिति, सह–आयोजक श्री शारदा विद्या पीठ र संस्कृत गुरुकुलम रहेका छन् । सो आध्यात्मिक कार्यक्रममा भक्तजनहरुको उल्लेखनिय उपस्थिति भइरहेको र आध्यात्मिक लाभ लिइरहेको अनुभव गर्न सकिन्छ ।

यसरी धार्मिक क्षेत्रमा नित्य आध्यात्मिक रचनात्मक कार्यक्रमहरु नित्य पूजापाठ, ईश्वर प्रतिको आस्था जगाउने किसिमका कार्यक्रमहरु भइरहने हुन् भने सबै सुखी रहने र राष्ट्रमा शान्ति अमनचयन आउने कुरा श्री महन्त जी भन्नु हुन्छ ।

शिवधाम क्षेत्रमा प्रशस्त जमीन रहेको र पशुपति नाथ कञ्चनेश्वरको नवनिर्मित मन्दिर
परिसरमा घेरबारको आवश्यकता रहेकोले सो को प्रबन्धका लागि भिमदत्त नगरपालिका कार्यालयलाई निर्माण गरी दिन अनुरोध गरिने शिवधाम विकास क्षेत्र समितिका पदाधिकारीहरुको भनाई रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *