जीप दुर्घटनामा ९ जनाको मृत्यु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

डोटी, २१ श्रावण । हामी हर कसैलाई हरेक कुराको हतार हुन्छ । सर्वप्रथम यातायातको कुरा गर्दा सडक कहिले पुग्ला भनि प्रतिक्षामा रहन्थे भने जब सडक अन्न सुरु भयो पुरा नहुदै सवारी साधनवालाहरु कति चाडै सर्भिस सुरु गरु भन्ने सोच्छन् । जब कयौं वर्ष पर्खियौं भने वर्षातको १५÷२० दिन पर्खन सकेनन् । वर्षातमा परेको पानीका कारण बाटो चिफ्लो हुने तथा ग्रावील सम्म नभएको सडकमा सवारी चलाउँदा दुर्घटनाहरु निम्तने गरेका उदाहरणहरु छन् । यसअघि पनि यस्ता दुर्घटनाहरु धेरै भइसकेपनि सजकताका उपायहरु दुर्घटना भएको केही दिन सम्म मात्र अपनाइने गरेको पाइन्छ ।

दिपायल राजपुरबाट बोगटान गाउँपालिकाको चबरा चौतारा का लागि छुटेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटनामा ९ जनाको ज्यान गएको छ । शुक्रबार राति भएको दुर्घटनामा ९ जनाको ज्यान गएकोमा चपरतोलाका ८ जनाको ज्यान गएको हो ।

बोगटान गाउँपालिकाको सिमचौर–१ चपरतोलामा बन्दै गरेको बुढिगंगा हाईड्रो पावरको सबस्टेनमा जमिन परेकाले त्यसको मुअब्जा लिएर जिल्ला सदरमुकाम सिलगढीबाट फर्किने क्रममा दुर्घटना भएको हो ।

गाउँका ८ जनाको ज्यान गएपछि अहिले यहाँ रुवाबासी चलेको स्थानीय बासिन्दा तथा एमाले नेता हस्तबहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो ‘जमिनको पैसा लिन गएकाहरु कहिल्यै नर्फिकने गरी गए, गाउँ नै अन्धकार भयो, न जमिन
रह्यो न मान्छे नै, रुनु बाहेक केही
रहेन ।’

शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडाको काटेगाउँको धार भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको होे ।

दुर्घटनामा ज्यान गुमाउनेमा चालक डोटीको शिखर नगरपालिकाका–१ का कृष्ण नेगी, बोगटान गाउँपालिका–१ सिमचौरका ३५ वर्षका विष्णुबहादुर मगर, ५० वर्षका बुढो घर्ती मगर, ४५ वर्षका गोरखबहादुर थापा मगर, ४५ वर्षकी ललितादेवी पुन मगर तथा ४८ वर्षका शशिराम पुन मगर रहेको प्रहरीले जनाएको छ ।

यस्तै सिमचौरकै ४० वर्षका टेकबहादुर पुन मगर, ३० वर्षका चन्द्रबहादुर घर्ती मगर र ५५ वर्षका भीमबहादुर घर्ती मगरको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दिल्लीराज विष्टले बताउनुभयो ।

त्यस्तै दुर्घटनामा परि चार जना गम्भीर घाइते भएका छन् भने तीन जना सामान्य घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते हुनेमा सिमिचौरकै दलबहादुर पुन मगर, हर्कबहादुर घर्ती मगर, वीर बहादुर घर्ती मगर तथा प्रकाश घर्ती मगर
रहेका छन् । घाइतेहरुको दिपायलमा रहेको सुजंङ अस्पतालमा उपचार भइरहेको छ । जीप कच्ची सडकबाट झण्डै साढे चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सडक सही हालमा नभएको बेलामा त्यस ठाउँमा सवारी साधन जान दिनु नपर्ने त्यसमा पनि ओभरलोड । हरेक व्यक्तिले आफ्नो दायित्व पुरा नगर्ने भएकाले यस्तो दुर्घटनाहरु हुन्छन् । आज सम्म हिनेरै गएका थियौं । केही दिन अरु रोक्नुपर्ने थियो । गाउँपालिका, नगरपालिका तथा प्रहरी पक्षको कमजोरीका कारण यस्ता दुर्घटनाहरु हुने गरेका छन् । यस्ता घटनाहरुको न्युनिकरण गर्न प्रहरी तथा सम्बन्धित निकायले सक्रियताका साथै नागरिकहरुले समेत नियमको उल्लङ्घन गर्नु हुदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *