११ वर्षपछि आरोपी पक्राउ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, २१ श्रावण । हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । खण्डेलाई २०६४ भदौ २५ गते राति १२ बजे भाउजू नाता पर्ने कन्थरी धामीको हत्या गरी फरार रहेको अभियोग लगाइएको छ ।

खण्डे भारतमा रहेको भनी बझाङ प्रहरीले एक महिना अगाडि दार्चुला प्रहरीलाई खबर गरेको थियो । दार्चुला प्रहरीले शुक्रबार भारतीय प्रहरी संगको समन्वयमा भारतको पिथौरागढ जिल्ला को मुन्सियारीबाट पक्राउ गरेको प्रमुख नायव उपरिक्षक खनालले जानकारी दिनुभयो । लुकेर रहेका खण्डेलाई दार्चुला प्रहरीले भारतको मुन्सियारीमा लुकेर बसेको भन्ने विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।

वर्तमानको समयमा यदि सरकारले चाहेमा प्रहरीको सक्रियताले विश्वभरीका अपराधीहरुलाई प्रक्राउ गर्नसकिन्छ । यति ठूलो मेहेनत लगाएर विदेशबाट पक्रेर ल्याएपछि कारवाही गर्नेले कारवाही गरेन भने देशको वातावरण नै विग्रन्छ । तसर्थ यस तर्फ विशेष ध्यान दिनु आवश्यक छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *