११ औं पटक अनशनमा डा. गोविन्द केसी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, २१ श्रावण । नेपालमा हरेक कुरा विचित्रको छ । जो सित लाठी छ उस सित भैंसी छ भनेझैं जो सित जमात छ उसले जे गरेपनि हुने, निहत्ता जनता मरेका छन् ।

आफ्नो छोरा मार्ने माथि कारवाहीको माग राख्दै अनशनमा बसेकै बेला गोर्खा फुजेलका नन्दप्रसाद अधिकारी १२६ दिन सम्म अनशन बसी मृत्यु हुदा न डा.गोविन्द केसी बोले न कुनै वकिल, न कुनै अरु । उनको लास आज डा.गोविन्द केसी बहाल रहेको अस्पतालमा छ । २ वर्ष सम्म लास अस्पतालमा रहदा पनि ११ पटक अनसन गर्दा अधिकारी दम्पत्तिको बारेमा डा.केसीले एक शब्द पनि बोलेनन् । जनतालाई भ्रममा राख्न नेतागिरी गर्न प्रधानमन्त्री भन्दा पनि उच्च हुन खोज्ने मात्र होइन संविधानसभा भन्दा पनि माथि आफुलाई सोच्ने डा.केसीको निर्देशनले आज संसदमा छलफल चल्छ चल्दैन यो प्रतिक्षाको विषय रहेको छ । यो देश नियमले चल्छ वा लाठीले वा अनसन, बन्द, हड्ताल वा चक्कजाम के ले चल्छ प्रतिक्षाको विषय रहेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा ¥याली निकालिएको छ ।

मध्याह्न १२ बजे माइतीघर मण्डला देखि नयाँ वानेश्वरसम्म निकालिएको ¥यालीमा चिकित्सक, कर्मचारी, विद्यार्थी, पेशाकर्मी, कलाकार र सर्वसाधारणको सहभागिता छ ।

यस पटकको जनप्रदर्शनलाई घण्टी ¥यालीको नाम दिइएको छ । निदाएको जस्तो अभिनय गर्ने सांसदहरुलाई घण्टीले झकझक्याउन घण्टी ¥याली निकालिएको आयोजक मध्येको ’सोलिडारिटी फर प्रोफेसर डा. गोविन्द केसी अलायन्स’ ले जनाएको
छ । संसद्मा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयक पास गर्न सांसदहरुको अग्रसरता नदेखिएको प्रति लक्षित गर्दै घण्टी सहित प्रतीकात्मक विरोध प्रदर्शन गरिएको हो ।

संसद्मा पुगेको चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै ¥यालीमा ‘६०१ लाई भत्ता, चिकित्सा ऐन बेपत्ता’ लगायत नारा लगाइयो । ¥यालीमा डा. केसीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, नागरिक समाजका कृष्ण पहाडी, अभिनेता
राजेश हमाल, अभिनेत्री केकी अधिकारी लगायतको सहभागिता छ । डा. केसीको यो ११ औं अनशन हो ।

यी सहभागिता जनाउनेहरु यदि साच्चै यस देशका नागरिक हुन् भने उनीहरुले कानूनी राज्यका लागि कदम उठाउनु पर्छ । कानून बनाउँदा दीर्घकालिन ध्यान दिएर बनाइ सो बमोजिम राज्यले चल्नुपर्छ ।

निरंकुश भनिने पंचायती व्यवस्थामा बनाएका नियम कानूनहरु आज सम्म समय सापेक्ष सर्वाेपरि रहेका छन् । यसबाट के बुझिन्छ भने राजसंस्था रहेको बेला ऐन कानूनको खिलापमा कसैले पनि काम गर्दाे रहेनछ । त्यति बेला कानूनीराज्य रहेछ किनभने कानून विपरित कुनै काम भएको बुझिएन । हुन सक्छ कुनै कानून थियो भने वर्तमानले त्यो कानूनलाई अध्ययन गर्ने विषय पनि हुन सक्छ । तर आज कानूनी राज्य छैन । डा.गोविन्द केसी जस्ताको बोलबाला भएको देशमा कसैले त्यस्तो कदम उठाउन सकेको देखिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *